• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

ससुरालीमा माधव नेपालको पहिलो दसैं: भोको पेट उठ्नुपर्‍यो!

64x64
नेपाल लाइभ आइतबार, असोज १९, २०७६  १८:१०
1140x725

काठमाडौं- दसैं अनुभव सुन्न पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुग्दा उनले सधैंझैं फुर्तिलो हाउभाउका साथ स्वागत गरे।

शिरमा ढाका टोपी, पाइन्ट, सर्ट/कोट र कलेजी रङको टाईमा देखिएका उनी एउटा कार्यक्रममा जाने तयारीमा रहेछन्। 

व्यस्त तालिका रहेकाले कुनै भूमिका नबाँधी हामी दसैंमै प्रवेश गर्‍यौं।

विशेषगरी उनका व्यक्तिगत अनुभूति, दसैंका अविस्मरणीय क्षणहरु, भूमिगत रहँदाका स्मृति खोतल्नु थियो। जसले तत्कालीन समाज, समय र संस्कृतिको कडी जोड्न मद्दत गर्नेछ।

सुरुमै उनी उत्साहित हुँदै आफ्नो बाल्यकालीन दसैं सम्झनातिर डोहोरिए। र, स्मृतिपत्रहरु पल्टाउँदै गए।

जीवित हुँदासम्म उनले बाबुआमाको हातबाट दसैंको टीकाको क्रम कहिल्यै टुटाएनन्। दुई वर्षबाहेक। त्यो दुई वर्ष यस्तो जटिल समय थियो, जतिबेला उनी जेलको अँध्यारो कोठामा थिए। 

२०३२ सालदेखि २०३९ सालसम्म भूमिगत जीवन बिताएका नेता नेपाल भूमिगत अवस्थामै पनि दसैंको टीका थाप्न सुटुक्क घरमा पुग्थे। नेपाल बैंकको जागिर छोडेर राजनीतिमा होमिएका उनी ३०३२ देखि २०३४ फागुनसम्म जेल परे। तिनै दुई वर्ष उनको निधार खाली भयो। बुबाआमाको आशीर्वाद लिन पाएनन्।

जेल परेको दुई वर्षबाहेक भूमिगत जीवनका हरेक दसैं उत्तिकै महत्वपूर्ण भए उनका लागि। टीका मात्रै लगाउन भए पनि रातिको समय उनी घर पुग्थे। टीका लगाउँथे र हिँडिहाल्थे।

Ncell 2
Ncell 2
nimb
nimb

दुई वर्ष बुबाआमाको हातबाट टीका लगाउन नपाए पनि जेलभित्रै दसैं मनाएको सुनाउँछन् उनी। 'कारागारमा समेत भव्य हुन्थ्यो दसैं। मासु पाक्थ्यो। मिठाई लगायतका परिकार तयार हुन्थे। नाचगान चल्थ्यो,' उनी सम्झन्छन्, 'साथीहरुका आफन्तले ल्याइदिएको खानेकुरा समेत बाँडीचुँडी खाइन्थ्यो।' 

त्यतिबेला नेपाली कांग्रेसका हरिहर विरही, महेन्द्रनारायण निधि, विमलेन्द्र निधि, रामचन्द्र तिवारी, महावीरप्रसाद सिंह, पाण्डवराज घिमिरे, विनोद घिमिरे लगायत थुनामै थिए। सुरुमा नेपाललाई कमन जेलमा राखिए पनि पछि राजनीतिक सेक्सनमा रखियो।

त्यसपछि, उनका लागि राजनीतिक क्षेत्रका व्यक्तिहरुसँगको परिवेश नै बेग्लै बन्न पुग्यो।  बुवाआमाको टीका र आशीर्वादबाट अलग्गिए पनि जेलभित्रको दसैंले उनको मन अमिलो हुन दिए। अविस्मरणीय नै बन्न पुग्यो।

पेसाले शिक्षक उनका बुबा रौतहटको गौरमै बस्थे। त्यतिबेला राजनीतिमा लागेको मानिस भनेपछि सबै डराउथेँ। परिवारका मानिसको पनि सातो जान्थ्यो। त्यसैले राजनीतिमा संलग्न व्यक्तिका नजिक जान नचाहने प्रवृत्ति थियो। ‘राजनीतिको नशा भनेको बडो बेग्लै नशा हुन्छ। राजनीतिको नशाले नछोएसम्म बेग्लै हो, छोएपछि त्यो नशामा लठ्ठ परिन्छ,’ नेपाल प्रफुल्ल मुद्रामा सुनाउँछन्, ‘राजनीतिमा भए पनि घरलाई भने कहिल्यै बिर्सिनँ। दसैं तिहारको समयमा बुबाआमा र परिवारको मायाले तानिहाल्थ्यो।’

उनले दिदी/बहिनीसँगको तिहार पनि प्रायः छुटाएनन्। सधैंजसो दसैं–तिहारमा घर पुगिहाल्ने भएकाले चाडपर्व सम्झेर दुस्खी हुनुपर्ने परिस्थित भने कहिल्यै बनाएनन् उनले।

भारतको सीमा नजिक गौरमा बस्थे नेपाल। त्यहाँ मधेसी समुदायका मानिसको बाहुल्य थियो। पहाडियाको संख्या निकै  कम। तर, दसैं आउँदा गाउँघरमा दसैंको रौनक नै बेग्लै हुने नेपाल सम्झन्छन्। 

गौरको दोस्तिया भन्ने ठाउँमा पहाडियाहरुको बाक्लो बस्ती भएकाले पहाडिया टोल नै थियो। त्यही टोलमा दुर्गाको मूर्ति स्थापना गरेर पूजाआजा गरिन्थ्यो। मिठा परिकार खाने र नयाँ लुगा लगाउन पाइने क्षणको प्रतीक्षा बाल्यकालमा बेग्लै हुने गरेको स्मरण ताजै छ, उनको मस्तिष्कमा। 

घरमा रहेको तुलसीको मठ र पूजाकोठामा दिनहुँ पूजा हुन्थ्यो। अहिले कोटेश्वरमा बसोबास गरिरहेका नेता नेपालको घरमा श्रीमती र माहिली बुहारीले बिहान सधैं पूजा गर्छन्।

दसैं भन्नेबित्तिकै मासु पनि जोडिएर आउने गरेको छ। तर उनी मासु खासै रुचाउँदैनन्। एसएलसीसम्म त कहिल्यै मासु खाएनन्। ब्राह्मण परिवार त्यसमाथि सबै साकाहारी भएकाले सुरुदेखि नै खानपान र जीवनचर्या बढी नै नियन्त्रित थियो। एसएलसीपछि थोरै खान सुरु गरे पनि उनको मनले त्यति रुचाएन। यद्यपि मासु विनाको दसैं पनि उस्तै रमाइलो हुने उनको अनुभव छ।

गौरमा रहँदा परिवारको सबैभन्दा ज्येष्ठ व्यक्तिको पहिलो टीका लगाउने गर्थ्यो नेपाल परिवार। त्यहाँ टीका लगाइसकेपछि मात्रै अन्य आफन्तहरुकहाँ गइन्थ्यो। निधारभरि रातो टीका र पहेँलो जमरा लगाएर चंगा उडाएको, पीङ खेल्न झगडा गरेको बाल्यकालीन सम्झनाले उनलाई अझै स्फुर्ति दिन्छ।

नेता नेपाल राजनीतिमा परिचित बनेपछि बुबाआमा समेत काठमाडौं आए। दाजुभाइहरु पनि छोराछोरी पढाउन काठमाडौं आए। मधेस आन्दोलनका कारण परिवार नै त्यहाँबाट विस्थापित हुनुपरेको तितो यथार्थ पनि  छ उनीसँग। त्यसपछिका दसैं उनी काठमाडौंमै मनाउँदै आएका छन्। 

बिहे भइसकेपछि भने दसैंमा थोरै फेरबदल भयो। घरमा टीका लगाएर झापा ससुरालीमा पनि पुग्न थाले। 'मेरो ससुराली सबैभन्दा पूर्व झापा, माइलो भाइको मध्य भैरहवा, कान्छोको सुदूरपश्चिमको महाकाली नजिक,' उनी भन्छन्, 'झन्डै सिंगो देश नै परिवारले ओगटेकाले अनुकूलता हेरेर दसैं मनाउन ससुराली जाने गरेका छौं।'

ससुरालीमा पहिलो दसैं
बिहेपछिको पहिलो दसैंमा ससुराली जाँदाको अनुभव निकै रमाइलो छ। उनी कलेज पढ्दा पहिले धेरै खाना खान्थे। साथीहरु विजय सिलवाल, सुनिलकुमार श्रीवास्तव मिलेर कलेज पढ्दाका दिनमा ६० रुपैयाँ तिरेर बिहानबेलुका मारवाडी बासामा खाना खाने गर्दथे। 

‘पहिलो पटक ससुराली गएको, थोरै खाँदा रहेछन्। भात दिन्छन् यत्ति ९पाँच औंलाका टुप्पालाई एकै ठाउँ बनाएर उँभोतिर फर्काउँदै०। भात थप्न भन्छु( यत्ति थप्छन्,' हाँसोको खित्का छाड्दै उनी भन्छन्, 'आधा के भन्नु, एक चौथाइ पेट भोको राखेर उठेँ।’ 

'त्यसपछि म्याडमलाई भन्नुभयो कि क्या हो?'

जिज्ञासा मेट्न नपाउँदै नेपालले सुनाए, ‘पहिलो पटक त्यस्तो भएपछि म्याडमलाई के गरेको, भातै खान नदिने हो भन्दै मजाक गरेको थिएँ।’

त्यो किसिमको अनुभव पहिले पनि उनले गरिसकेका थिए। भूमिगत समयताका साथी मुकुन्द न्यौपानेसँगै उनी बनारस थिए। भारतका प्रसिद्ध वामपन्थी कवि, साहित्यकार कञ्चनकुमारको घरमा बस्थे मुकुन्द। कवि कञ्चनकुमारको घरमा दुई छोरा र आमा बस्थे। 'त्यहाँ पनि यति थोरै भात दिए कि पेटको एक कुना पनि भरिएन,' उनी फेरि हाँसे, 'भात थप्न भनेपछि कञ्चनकुमारकी आमाले चम्चाले भात थपिन्। कसौंडी नै निकै सानो रहेछ। कसौंडीको पूरै भात खान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। तर, आउँछ चम्चामा।'

भूमिगत समयमा पार्टीभित्रको दसैं 
भूमिगत समयमा नेपाल संलग्न कम्युनिस्ट पार्टीमा दसैं मनाउने चलन थिएन। व्यक्तिले मनाउनु आफ्नो कुरा भयो। पार्टीभित्र दसैं, तिहार लगायत चाडपर्वको कुनै महत्व हुँदैनथ्यो। पार्टीमा धर्म नमान्ने कतिपयले त कर्म (धार्मिक कर्म) पनि नमान्ने थिए। पार्टीभित्र केही उग्र क्रान्तिकारी साथी थिए, उनीहरुले चाडपर्व मनाउने कुरै थिएन।

नेपालभित्र पनि उग्र–क्रान्तिकारीपनका केही पक्ष त थिए नै। विचारको क्षेत्रमा पछिसम्मै पनि रह्यो। तर कतिपय कुरामा उनी उग्रताको विरोधी थिए। जस्तो, अतिक्रान्तिकारी व्यक्तिहरुले बुर्जुवा शिक्षा पढ्नु हुँदैन। मोटरकारमा चढ्नु हुँदैन। फाइनान्स जस्तो ठाउँमा जागिर गर्नु हुँदैन भन्ने मान्यता राख्थे। नेपाल यसको ठिकविपरीत।

उनका बुबाले पनि नपढेर राजनीतिमा हाम नफाल्नु भनेका थिए। 'व्यक्तित्व र करिअर बनाउन, आफ्नो खुट्टामा उभिन, पढ्न आवश्यक छ। त्यसपछि जिन्दगी जसरी बिताउनुछ बिताऊ' भनेर सल्लाह दिइराख्थे।

नेपाललाई लाग्थ्यो, म सामाजिक प्राणी हुँ। समाज र परिवारलाई जोड्ने चाडपर्वसँग पनि जोडिनुपर्छ। यसै कारण पनि परिवार र समाजसँगको सम्बन्ध कायम राख्न सांस्कृतिक चाडपर्व मनाउन छाडेका छैनन्।

हिन्दुले प्राथमिकता पाउनु स्वाभाविक 
धर्म निरपेक्ष राष्ट्र घोषित देशमा दसैंलाई बढी महत्व दिइएको भन्दै अरु धर्म र सम्प्रदायबाट विरोधका स्वरहरु बेलाबेला उठ्ने गरेका छन्। यसमा नेता नेपालको फरक मत छ। 

'क्रिश्चियन बाहुल्य देशमा अन्य धर्म मान्ने मानिसहरु पनि छन्। तर, अन्य धर्मलाई त्यति प्राथमिकता दिइँदैन। बाइबलमै हात राखेर सपथ ग्रहण गर्नुपर्छ,' उनको बुझाइ छ, 'हामीकहाँ गीतामा हात राखेर सपथ खाने चलन छैन। त्यसैले हिन्दु धर्मावलम्बीको जनसंख्या ठूलो छ भने हिन्दुले प्राथमिकता पाउनु अस्वाभाविक होइन। तर, हामीले अरु धर्मलाई मास्ने, दबाउने, अपमान गर्ने भने होइन।'

हिन्दु धर्मकाले दसैंमा धेरै बिदा पाए, हामीले पाएनौं भन्ने तर्क उचित भएको उनको तर्क छ। तर, सबैको सम्मान हुने केही न केही उपायको अबलम्बन गर्न उनी सुझाउँछन्।

दसैंलाई छोट्याउनुपर्छ
दसैंका कैयौं रमाइला किस्साले उनको जीवनमा हिस्सा जमाएर बसेका छन्। तर, अहिले दसैं अलि लामो लाग्न थालेको छ उनलाई। यसलाई छोट्याउनुपर्ने उनको सुझाव छ। 

'मानिसको दिनचर्या निकै व्यस्त बनिसकेको छ। काममा जुट्नुपर्ने पनि मानिसका बाध्यता छन्,' उनको तर्क छ, 'अब भने दुई दिन, नभए तीन दिनभित्र दसैंलाई सक्न पाए हुन्छ।'

मृत्यु संस्कारदेखि अन्य संस्कारको अवधि पनि छोट्याउनुपर्ने देख्छन् उनी। 

गौरमा मुसलमानहरुको झन्डा भन्ने पर्व हुन्छ। त्यसमा पनि नेता नेपाल सधैं रमाइलो गर्थे। दसैं–तिहारमा मुसलमानहरु पनि रमाउँथे। छठमा पहाडिया समुदाय पनि संलग्न हुन्छन्। एकले अर्को धर्म–संस्कारलाई सम्मान गर्न सक्यो भने समाज पनि सभ्य र सुसंस्कृत हुने नेपाल बताउँछन्।

प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्