काठमाडौं- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएराति टेलिफोन गरी बधाई दिएका छन्। राति साढे १० बजे फोन गरेर उनले ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन्।
मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिँदै आफू स्वागतका लागि आतुर रहेको बताए । यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गरेका छन्। टेलिफोनमा कुरा गर्दै मोदीले प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न आतुर रहेको समेत बताएका छन्। साथै उनले नेपालको विकास समृद्धिका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए।
भारतीय विदेशमन्त्री सुष्का स्वराजले भने प्रधानमन्त्री नियुक्त भएको केहीबेरमै ओलीलाई टेलिफोन गरी बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।