अद्दिस अबाबा- इथियोपियाका प्रधानमन्त्री हैलेमारिअम डेसालेग्नले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्।
सन् २०१२ को अगष्टमा पूर्वप्रधानमन्त्री मेलेस जेनावीको निधन पछि ५२ वर्षीय डेसालेग्न प्रधानमन्त्री बनेका थिए।
उनी सत्तरुढ दल इथोपीयन पिपल्स रेभोलुस्नरी डेमोक्र्याटीक फ्रन्ट (इपीआरडीएफ)को अध्यक्ष पनि हुुन्।
अबको नयाँ प्रधानमन्त्री को हुन्छ भन्ने बारेमा अहिलेसम्म केही स्पष्ट संकेत नदेखिएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्।
इथियोपियामा सन् २०१६ देखि देशको धेरै ठाँउलाई प्रभावित पार्नेगरी हिंसात्मक घटनाहरू भइरहेका छन्। ती घटनाहरूमा परी सयौँको मृत्यु भएको छ।
अत्यधिक धेरै जनसंख्या भएका तीन क्षेत्र अम्हारा, ओरोमिआ र दक्षिणी क्षेत्रीय राज्यमा यस्ता घटना बढी भएका छन्। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।