काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएकामा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छिन्।
प्रधानमन्त्री ओलीलाई बंगलादेशका प्रधानमन्त्रीले बधाई सन्देश पठाउँदै नेपाल र नेपाली जनताको कल्याणका निम्ति नेता ओलीले निर्वाह गरेको भूमिकाको नेपाली नागरिकले उच्च मूल्यांकन गरेको उल्लेख गरेकी छिन्।
बंगलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालको राजनीतिक नेतृत्वबाट प्राप्त सहयोग र समर्थनको स्मरण गर्दै प्रधानमन्त्री हसिनाले दक्षिण एशियाको शान्ति र समृद्धिका लागि प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएकी छिन्। उनले प्रधानमन्त्री ओलीलाई यथाशक्य चाँडै बंगलादेश भ्रमण गर्न पनि निम्ता गरेकी छिन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।