काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ पदभार ग्रहण गरेका छन्।
प्रधानमन्त्री ओलीले सिंहदरबार पुगेर ७ बजेर ५५ मिनेटमा पदभार सम्हालेका हुन्।

प्रधानमन्त्री ओली यसअघि आजै अपराह्न राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका थिए।
सपथ लिए लगत्तै प्रधानमन्त्री ओलीले सहिद उद्यान लैनचौरमा पुगेर सहिदप्रति पुष्पगुच्छा अर्पण गरेका थिए। यसपछि कीर्तिपुरस्थित चम्पादेवीमा पुगेर ओलीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सालिकमा माल्यार्पण गरेका थिए।
प्रधानमन्त्री बनेकै दिन ओलीले तीन सदस्यीय मन्त्रीमण्डल गठन समेत गरेका छन्।
राष्ट्रपति भवनमा प्रधानमन्त्रीको सपथ लिएलगत्तै ओलीले एमालेका दुई नेताहरु लालबाबु पण्डित र थममाया थापालाई सपथ गराएका हुन्। पण्डितले जनसंख्या तथा वातावरण र थापाले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।