धनगढी- प्रदेश नं ७ को मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता त्रिलोचन भट्ट आज नियुक्त भएका छन्।
प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
मुख्य मन्त्रीको सपथ ग्रहण भने फागुन ५ गते गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्य मन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए। ४८ वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्।
प्रदेश नं ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।