बुटवल-सपथ ग्रहणलगत्तै आजै प्रदेश ५ का मुख्यमन्त्री एमाले नेता शंकर पोखरेलले ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। उनले एमाले र माओवादीका एकएक जना मन्त्रीलाई पनि सपथ खुवाएका छन्।
एमालेका बैजनाथ थारुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै माओवादीका कुलप्रसाद केसीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।