इलाम- प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जनताको आस्था नै प्रहरीको मुलधन भएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय इलामको नवनिर्मित भवनको आज उद्घाटन गर्दे उनले भने, ‘शान्ति सुरक्षा केवल चियापसल र चोकमा नागरिक चर्चा र सरोकारको विषय मात्र नभई नागरिक सहभागिता र संघीयताको विषय पनि बन्नुपर्छ।'
उनले प्रहरी कर्मचारीले समय समयमा गर्ने गैरव्यfवसायिक क्रियाकलापले संगठनको शाख र जनताको विश्वासमा धक्का लागेकाले यस्ता कर्मचारी र प्रहरीलाई कारबाही गर्न कुनै कसर बाँकी नराखिने बताए।
७२ हजारको प्रहरी संगठनमा रहेका नराम्रा कुराहरुलाई हेरेर मूल्यांकन नगर्न भन्दै उनले थपे, 'नागरिकको हक प्रत्याभूत गर्न सदैव प्रहरी संगठन जनमुखी र कटिबद्ध रहेकाले नराम्रा पक्षलाई हेरेर प्रहरीको मूल्यांकन नगरिदिनुहोस।’
२०७२/७३ देखि पहिलो चरणमा निर्माण कार्य सुरु गरिएको भवनको उद्घाटन भएको हो भने दोस्रो चरणमा पुनः अर्को भवन निर्माण भइरहेको छ।
पहिलो चरण अन्तर्गत निर्मित भवनमा सानाठूला गरी २२ कोठा रहेका छन्। जसको अनुमानित लागत ४ करोड ५१ लाख ४७ हजार ६ सय १८ रुपैयाँ रहेको इलामका प्रहरी प्रमुख विपीनकुमार कर्माचार्यले जानकारी दिए। दोस्रो चरणमा ४ करोड ५ लाख ९० हजार ८ सय ३९ रुपैयाँको लागतमा भवन निर्माण हुनेछ।
पुराना भवन साना तथा साँघुरा भएको र भूकम्पका कारण क्षति पुगेपछि नयाँ भवननिर्माण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।