काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गरेका छन्।
आज माओवादीका नेतासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर दाबी पेश गरेका हुन्।
शीतल निवासमा एमाले नेताहरु माधवकुमार नेपाल, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल नेताहरु पुगेका थिए। सँगै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।
निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको अन्तिम मत परिणाम राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ।
ओली संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री हुँदैछन्। उनले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ। प्रतिनिधिसभामा एमालेको १ सय २१ र माओवादीको ५३ सिट छ। यो सरकार बनाउनको लागि सुविधाजनक बहुमत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।