बुटवल– प्रदेश ५ मा नियुक्त मुख्यमन्त्री शंकर पोखरेलले आज सपथ ग्रहण गर्दैछन्।
प्रदेश प्रमुख उमाकान्त झा ले संविधानको धारा १६८ को उपधारा २ बमोजिम वाम गठबन्धनबाट प्रस्ताव गरिएका पोखरेललाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
प्रदेश प्रमुखको कार्यालयका सचिव सनदकुमार दवाडीका अनुसार पोखरेलको सपथ ग्रहण भने आज दिउँसो ३ बजे हुनेछ। मुख्यमन्त्रीको सपथकै दिन अरु २ मन्त्रीले पनि सपथ लिनेछन्। एमाले र माओवादी केन्द्रबाट १/१ जनाले सपथ लिने टुंगो लागेको छ।
८७ सदस्यीय यो प्रदेशसभामा एमालेका ४१ र माओवादीका २० सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।