मोरङ- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन्।
दिउँसो ३ बजे विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा शपथग्रहणको तयारी भइरहेको १ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले राईलाई हिजो मुख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए।
राई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। मुख्यमन्त्री राईले शपथग्रहण गरेलगत्तै आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।