काठमाडौं- नवनियुक्त दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
वन राज्यमन्त्री कमला शर्मा र विज्ञान तथा प्रविधि राज्मन्त्री विराज विष्टलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ ग्रहण गराएका हुन्। मन्त्रीद्वय राप्रपा (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा सहभागी भएका हुन्।
दुई मन्त्री थपिएपछि मन्त्रिपरिषद्को संख्या ५६ पुगेको छ। संविधान संशोधनका बेला दिएको आश्वासनअनुरुप उनले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै मन्त्रिपरिषद् विस्तार गरेपछि चौतर्फी आलोचना भएको थियो। देउवाले यसअघि जम्बो ५४ सदस्यीय मन्त्रिमण्डल बनाइसके पनि ‘मन्त्रिमण्डलको संख्या अझै बढ्न सक्ने' बताउँदै आएका थिए। सरकारमा मन्त्रीको संख्या थपिँदै जाँदा राज्यलाई आर्थिक भार थपिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।