काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्दै वाम गठबन्धनका शीर्ष नेताहरुले केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने भएका छन्।
कम्युनिस्ट गठबन्धनले सरकार गठनका स्पष्ट बहुमत भएको दाबी गर्दै गठबन्धनमा रहेका नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका केही शीर्ष नेता शीतल निवास जाने भएका हुन्।
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा बुधबार साँझ अबेर राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको बाटो सहज बनेको हो। राष्ट्रपतिल भण्डारीलाई आजै ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने तयारी भएको स्रोतले जनाएको छ।
प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेता अथवा दुई वा त्योभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।