सिअाेल- दक्षिण कोरियामा गत वर्ष बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ।
जनवरीको तथ्यांकअनुसार बेरोजगारहरुको सङ्ख्या यहाँको कुल जनसंख्याको ३.७ प्रतिशत रहेको सरकारी प्रतिवेदनले देखाएको छ।
यो सङ्ख्या गत वर्ष सोही समयको तुलनामा १२ हजारले बढेको दक्षिण कोरियाको तथ्याङ्क विभागले बुधबार जानकारी दिएको छ।
जनवरी महिनामा रहेको ३.७ प्रतिशत बेरोजगारीको दर गएको वर्षको सुरुदेखि नै परिवर्तन भएको थिएन। तर १५ देखि १७ वर्षको उमेरका व्यक्तिमा ८.७ प्रतिशत रहेको यो अनुपात जनवरीमा भने ०.१ प्रतिशतमा झरेको छ।
अघिल्लो वर्षको मे महिनामा आफ्नो कार्यालय सम्हालेका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले विशेषगरी युवायुवतीको बेरोजगारी दरलाई घटाउने प्रण गरेका थिए।
यसै अनुसार नै देशमा युवा बेरोजगारहरुको सङ्ख्यामा उल्लेखनीय रुपमा नै कमी आएको सरकारले दाबी गर्ने गरेको छ। रासस/सिन्हवा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।