मुम्बई (एजेन्सी)– टेलिभिजन र फिल्मी क्षेत्रमा चर्चा पाएका अभिनेता राम कपुर नयाँ कमेडी सो लिएर पुनः स्क्रिनमा फर्किएका छन्। उनी नयाँ सार्वजनिक हुन लागेको ‘कमेडी हाई स्कुल’ सोमा स्कुलको प्रधानाध्यापकको भूमिकामा देखा पर्दैछन्। यसको प्रोमो केही दिनदेखि भारतीय टेलिभिजनमा बजिरहेको छ।
प्रोमोमा सलमान खान समावेश छन्। उनले आफ्नै तरिकाले प्रोमोमा रमाइलो गर्दै गरेको देख्न सकिन्छ। भारतीय अखबारले कमेडी सोको ग्रान्ड प्रिमियरको सुटिङमा सलमान नै भएको बताएको छ। अझ, ‘स्पोटव्वाइ’ पत्रिकामा छापिएको रिपोर्टलाई आधार मान्ने हो भने,सलमानले नन फिक्सन सोका लागि एउटै एपिसोडमा ४ करोड रुपैयाँ पारिश्रमिक लिएका छन्।
सलमानलाई खर्चिएको रकम जुटाउन सोका निर्माताले ठूलो लञ्चिङ कार्यक्रमको आयोजना गर्ने भएका छन्। सोमा हरेक साता चर्चित सेलिब्रिटी देखा पर्दैछन्। राम कपुरबाहेक यसमा गोपाल दत्त, परितोष त्रिपाठी, कृष्णा भट्ट, जसमीत भाटिया र दीपक दत्ताजस्ता नामुद कलाकार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।