• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सक्षम न्यायपालिकाबाट भएका फैसला वा आदेशको विधिपूर्वक परीक्षण हुन सक्छ : प्रधानन्यायाधीश [सम्बोधनको पूर्णपाठ]

64x64
नेपाल लाइभ शुक्रबार, असोज १०, २०७६  १५:२८
1140x725

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट न्याय सम्पादनको रोहमा भएका फैसला वा आदेशहरुको विधिपूर्वक परीक्षण हुन सक्ने बताएका छन्। विजया दशमीको पूर्वसन्ध्यामा सर्वोच्च अदालतले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले असम्बद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट परीक्षण गर्ने कार्य भने स्वतन्त्र न्यायपालिकाको अवधारणा र मूल्य मान्यताविपरीत हुने प्रस्ट्याए।

'नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका हामी सबैको चाहना हो। त्यसबाट मात्रै संविधानवाद्, लोकतन्त्र, विधिको शासन तथा मानव अधिकारको प्रत्याभूति हुन सक्दछ,' उनले भने, 'स्वतन्त्रता र स्वायत्तता संविधान र कानूनमा उल्लेख गर्दैमा स्वतः कायम हुने विषय नभई सम्बन्धित सबैको त्यसप्रतिको सम्मान र सोअनुरुपको व्यवहारबाट मात्रै आकार प्राप्त गर्न सक्दछ।'

उनले राखेको मन्तव्यको सम्पादित अंश
१.
सर्वप्रथम, नेपालीहरुको महान चाड शुभ–विजयादशमी, दिपावली, नेपाल संवत् तथा छठपर्वको पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित माननीय मन्त्रीज्यू, हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी पाल्नुहुने हाम्रा अग्रज पूर्व प्रधान न्यायाधीशज्यूहरु, सर्वोच्च अदालतका माननीय न्यायाधीशज्यूहरु, माननीय महान्यायाधीवक्ताज्यू लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। साथै, यहाँहरुमार्फत परिबारका सम्पूर्ण सदस्यहरुमा समेत यस महान चाडको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।

Ncell 2
Ncell 2

२. मुलुकको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताबीचको एकता, सहिष्णुता र आपसी सद्भावको प्रवर्द्धन गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता कायम गर्न यसप्रकारका  चाडपर्वहरुको भुमिका अत्यन्त महत्वपूर्ण रहदै आएको कुरा समेत यस अवसरमा स्मरण  गर्न चाहन्छु। साथै, यस वर्षको वडादशैं, दिपावली, नेपाल संवत् तथा छठपर्वले मुलूकको विकास र समृद्धि तथा सुशासन र न्यायपूर्ण समाजको स्थापनाका लागि आ–आफ्नो ठाँउबाट योगदान गर्ने क्षमता, उर्जा र प्रेरणा सबैमा प्रदान गरुन् भन्ने कामना समेत गर्दछु।
 

३. न्यायपालिकाको स्वतन्त्रता र स्वायत्तताको सुनिश्चितता र समुचित अभ्यास गर्ने विषय सर्वोपरी, सर्वकालीन र महत्वपूर्ण हुन्छ। नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका हामी सबैको चाहना हो। त्यसबाट मात्रै संविधानवाद्, लोकतन्त्र, विधिको शासन तथा मानव अधिकारको प्रत्याभुति हुन सक्दछ। स्वतन्त्रता र स्वायत्तता संविधान र कानूनमा उल्लेख गर्दैमा स्वतः कायम हुने विषय नभई सम्बन्धित सबैको त्यसप्रतिको सम्मान र सोअनुरुपको व्यवहारबाट मात्रै आकार प्राप्त गर्न सक्दछ। स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट न्याय सम्पादनको रोहमा भएका फैसला वा आदेशहरुको विधिपूर्वक परीक्षण हुन सक्दछ तर, असम्वद्ध व्यक्ति, निकाय वा प्रकृयाबाट परीक्षण गर्ने कार्य आफैमा स्वतन्त्र न्यायपालिकाको अवधारणा र मूल्य मान्यता विपरित हुन जान्छ भन्ने मलाई लाग्दछ। 

यसले न्यायपालिकाप्रतिको विश्वसनीयतामा प्रश्न उठ्न जाने र नेपालको संविधानले परिकल्पना गरेको सक्षम र सुदृढ न्यायपालिकाको स्थापनामा सहयोग पुग्छ जस्तो मलाई लाग्दैन। न्याय र कानूनको क्षेत्रमा विशिष्ट ज्ञान र अनुभव रहेको यसप्रकारको विद्धत्त उपस्थितिमा यस विषयमा थप कुरा राख्न म आवश्यक देख्दिन। सत्य र विजयको अन्तरसम्बन्ध र त्यसको प्रतिकको रुपमा रहेको विजयादशमीको पावन अवसरमा आयोजित यस विशेष समारोहमा स्वतन्त्र न्यायपालिका, लोकतन्त्र एवम् विधिको शासनवीचको अन्तरसम्बन्धको प्रसंगसम्म उल्लेख गर्न चाहेको कुरा म सादर निवेदन गर्दछु। 

४. संविधान तथा कानूनले अपेक्षा गरेअनुरुपको भुमिका र जिम्मेवारी निर्वहन गर्न न्यायपालिका सदैव क्रियाशील हुँदै आएको छ। योजनावद्ध व्यवस्थापनको माध्यमबाट न्यायिक सुधारका प्रकृयाहरुलाई अगाडि बढाउने उद्देश्यकासाथ पन्ध्रवर्ष पहिलेदेखि शुरु भएको न्यायपालिकाको रणनीतिक योजनालाई निरन्तरता दिँदै यस आर्थिक वर्षदेखि चौथो पञ्चवर्षीय रणनीतिक योजना लागू गरिएको कुरा यहांहरु सबैमा अवगत नै छ। नेपालको संविधान जारी भएको परिप्रेच्छमा संविधानले अपेक्षा गरेअनुरुपको सुदृढ न्यायपालिकाको उद्देश्य र रणनीतिसहित लागू भएको प्रस्तुत योजनाको कार्यान्वयनमा यहाँहरु सबैको साथ, सहयोग र सहकार्यका लागि समेत यस अवसरमा म पूनः आह्वान गर्न चाहन्छु।

५. अन्तमा, हाम्रो आमन्त्रणलाई सहर्ष स्वीकार गरी कार्यक्रममा महत्वपूर्ण उपस्थितिका लागि माननीय मन्त्रीज्यू, आदरणीय अग्रज पूर्व प्रधान न्यायाधीशज्यूहरु, सम्पूर्ण न्यायकर्मी मित्रहरु लगायत उपस्थित सबैमा हार्दिक आभार व्यक्त गर्दछु। शुभ–विजयादशमी, दिपावली, नेपाल संवत् तथा छठपर्वको पावन अवसरमा यहाँहरु सबैमा सुस्वाथ्य, दीर्घायू तथा सफलताको पूनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। साथै, देश र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुुभाई तथा दिदीबहिनीहरुमा समेत हार्दिक शुभकामना व्यक्त गर्दछु। 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६  १५:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु
संसद्‌मा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन, के भनिन् ? (पूर्णपाठ)
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
संसद्‌मा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन, के भनिन् ? (पूर्णपाठ) सोमबार, माघ १९, २०८२
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार सोमबार, माघ १९, २०८२
राष्ट्रिय सभाको बैठकमा दुई प्रतिवेदन पेस सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्