Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

'सी' विचारधारा नेकपाले मान्नुपर्छ भन्ने छैन, छलफल पनि भएको छैन : सूर्य थापा [भिडियो वार्ता]

64x64
नेपाल लाइभ बुधबार, असोज ८, २०७६  १८:००
1140x725

नेकपाले केही समयअघि विभिन्न विभागहरुको नेतृत्व टुंगो लगायो। तीमध्ये केही विभागले काम गरिरहेको देखिन्छ भने केहीको नामै सुनिँदैन। विभागहरु गठन हुने बेलामा चर्चितमध्येको एउटा थियो, प्रचार विभाग। सोही विभागका उपप्रमुख सूर्य थापासँग सो विभागका काम, पार्टीका पछिल्ला गतिविधि, भर्खरै सम्पन्न सी विचारधारामाथिको बहससँगै अन्य समसामयिक विषयमा नेपाल लाइभकी पुष्पा केसीले गरेको संवाद :  

– प्रचार विभागले के गरिरहेको छ?
पार्टी सञ्चालनसँग सम्बन्धित केही विभाग छन्। विगतको अभ्यासदेखि नै जति विभाग छन्, त्यसमा पनि दिनहुँजसो जोडिने विभागका रुपमा प्रचार विभाग रहेको छ। यसले समग्र प्रचार क्षेत्रको काममा संयोजन गर्ने, नीति निर्माणको तहमा सल्लाह सुझाव दिने, सञ्चारमैत्री वातावरण निर्माणमा गर्ने र समग्रमा पार्टीलाई जनताको बीचमा लैजाने कामको संयोजन गर्दै आएको छ।

भर्खर यस विभागको प्रमुख र उप–प्रमुखको जिम्मेवारी दिइएको छ। हामीले जिम्मेवारी ग्रहण गरेका छौं। अब, पार्टीको नियमावलीले निर्दिष्ट गरेका ९ वटा कामहरुमा आधारित भएर योजनाबद्ध रुपमा अघि बढ्ने भनेका छौं।

विगतमा यो विभाग सम्हालिसक्नु भएका साथीहरुसँग पनि अनुभव लिने र व्यवस्थित छलफल गर्दै उहाँहरुका सुझाव लिएका छौं। त्यसै आधारमा हामी योजना पनि बनाउँदैछौं। त्यसलाई पार्टीको सम्बन्धित निकायले अनुमोदन गरिसकेपछि कामलाई व्यवस्थित गर्छौं।

– अहिलेसम्म जिम्मेवारी लिने काम मात्रै भएको छ?
जिम्मेवारी ग्रहण र त्यससँग दिनहुँ ठोक्किने र जोडिने कामका सन्दर्भमा सक्रिय नै छौं। त्यसलाई योजनाबद्ध रुपमा लैजान बाँकी छ। 

– विभागलाई पूर्णता दिनेबारे छलफल भइरहेको छ कि छैन? 
विभाग जम्मा ३५ सदस्यीय हुने व्यवस्था छ। त्यसमा भागबण्डा र हिस्सा बाँडफाँटको कुरा पनि छ। त्यसमा पूर्ववर्ती एमालेका तर्फबाट २० र माओवादी केन्द्रबाट १५ जना रहनेगरी विभाग बनाउने कुरा छ। 

हामीले सबै क्षेत्रमा क्रियाशील सबै विधामा अभ्यास र अनुभव दुवै हासिल गरेका, प्रचार क्षेत्रको काममा प्रत्यक्ष जोडिएका र पार्टीलाई अप्ठ्यारो पर्दा जनतामा राम्रो छवि प्रस्तुत गर्न सक्ने नीतिगत तहमा योग्य व्यक्तिका बारेमा छलफल गर्ने क्रम अगाडि बढ्दैछ। यसमा प्रचार विभागको मात्र नभई अन्य विभागको काम सँगसँगै यो काम पनि अगाडि बढ्छ।

– पार्टीले गरेका राम्रा काम जनतासम्म पुर्‍याइएन, भ्रम फैलाइयो भनेर प्रधानमन्त्रीले भनिरहनुभएको छ। यसलाई चिर्न प्रचार विभागको रणनीति के हुन सक्छ? कि, विभाग पूर्ण भएपछि मात्रै रणनीति तय हुन्छ?
विभागको पूर्णतापछि नै रणनीति र कार्यक्रमका बारेमा छलफल गरौंला भनेका छौं। सरकारका कामलाई जनताका बीचमा पुर्‍याउन पार्टीले समग्र योजना बनाइसकेपछि प्रचार विभागले अन्य पूरक योजना बनाउन आवश्यक भए बनाउने हो।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारका कामलाई एकीकृत रुपमा पार्टीले बोक्नुपर्छ। सरकारका कामलाई जनताबीच लैजान प्रचार विभागको योजनाले मात्र पुग्दैन। सिंगो पार्टीको योजना चाहिन्छ। केन्द्रदेखि स्थानीय तहसम्मले सरकारका कामलाई काँधमा बोकेर हिँड्ने परिस्थिति सिर्जना गर्नुपर्छ।

पार्टी एकताको काम ९९ प्रतिशत काम सके पनि १ प्रतिशत काम बाँकी छ। एकताको काम सम्पन्न भइसकेपछि पार्टीको केन्द्रीय कमिटी बैठकबाट साझा निष्कर्ष निकाल्दै सरकारका कामलाई जनताको बीचमा स्थापित गर्न अभियान सञ्चालन गर्नुपर्छ। 

– प्रधानमन्त्रीले भनेजस्तो सजिलो छैन र सरकारका कामलाई जनस्तरमा लैजान?
प्रधानमन्त्रीले सरकारले गरेका काम जनस्तरमा लैजान सकिएको छैन भनेर गर्नुभएको स्विकारोक्ति ठिक छ। प्रधानमन्त्रीले सबै नेता कार्यकर्तालाई भन्ने भाषा त त्यही हो। तर, पार्टीको संस्थागत र कमिटीगत प्रणालीबाट भनिने भाषाले सिंगो पार्टीको संरचनालाई एक ढिक्का पार्दछ।  प्रधानमन्त्रीज्युको निर्देशन त्यो प्रणालीबाट आउँछ भन्ने विश्वास छ।

– प्रधानमन्त्रीसँगै अध्यक्षद्वयले नचाहेसम्म सरकारका कामलाई जनस्तरमा पुर्‍याउन सकिँदैन त?
जनताको बीचमा लैजाने हो र लैजानुपर्छ भन्ने दुवैले चाहनुभएको छ। तर, केन्द्रीय कमिटीको बैठक बस्न पनि समय लाग्छ। त्यतिबेलासम्म एकताका सबै काम सक्ने र तल्लो तहमा भएका बैठकका निष्कर्ष केन्द्रीय कमिटीसम्म आइपुगेपछि समस्या समाधान होला भन्ने लाग्छ। बितेका १५/१६ महिना अलि संक्रमणकालमा गुज्रियो।

Xtrem

Xtrem

– लामो समयदेखि पार्टीको स्थायी समिति र केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन। पार्टीभित्र बैठकबारे के भइरहेको छ? 
केन्द्रीय कमिटी बैठकको योजनामा सचिवालय पनि छ जस्तो लाग्छ। तर, ठोस प्रस्ताव बेगर र एकताको सम्पूर्ण काम सकिएपछि बैठक बस्ने भन्ने मनोदशाले काम गरेको होला।

– ९९ प्रतिशतसम्म पार्टी एकताको काम सम्पन्न भइसक्दा पार्टी पंक्तिमा कस्तो खालको प्रभाव परेको देख्नुहुन्छ? 
संक्रमणकाल लम्बिएकाले चुनावी गठबन्धनदेखि पार्टी एकताको बेलासम्म जुन राप, ताप र ऊर्जा थियो त्यो सेलाए जस्तो अनुभूति भएकै छ। स्थानीय तहले कसरी काम गरिरहेका छन्, बेखबर जस्तो छ। प्रदेश कमिटी बनेका छन्। बैठक बस्न थालेपछि काम पनि व्यवस्थित हुँदै जान थालेका छन्। एक वर्ष जति प्रदेशका काम पनि बेखबर जस्तै भए। केन्द्रीय तहमा पनि विभागले आफ्नो क्षेत्रसँग सम्बन्धित काम गर्न पाएनन्। त्यो रिक्तता रह्यो। त्यो रिक्तताले खाली ठाउँमा सानो आवाजको पनि ठूलो स्वर सुनिए जस्तो भयो। त्यही रिक्तताले आलोचनाको स्वर कही ठूलो भए जस्तो अनुभूति भएको छ।

पार्टी कमिटी र नेताहरुको जिम्मेवारी व्यवस्थित हुँदै अगाडि बढेका छन्। रिक्तता, संक्रमण र शून्यताको लाभ उठाएर प्रहार गर्नेहरुको प्रतिवाद र व्यवस्थित गर्ने काम हुन्छ। 

– पार्टी एकता टुंगिनुअघि नै गुट विभाजन चर्को देखिन्छ। यसले एकतालाई कुन हदसम्म प्रभावित पार्ला?
नेताहरुको तहमा आ–आफ्ना लाइक र डिसलाइक का विषय छन्। तिनले गुटगत अभ्यासको स्वरुप हासिल गर्ने कोसिस पनि गरेका छन्। नेतापिच्छे गुटगत अभ्यास र शक्ति निर्माणको प्रयास पनि हुन खोजेका छन्। 

यति ठूलो पार्टीमा बैठक नबसेका कारण लाइक डिसलाइक, सोचाइका भिन्नता हुन्छन्। भिन्नताले छुट्टाछुट्टै आकार लिन पनि खोज्छन्। समूहबन्दी, मोर्चाबन्दी पनि हुन खोजेका छन्। यति ठूलो पार्टीमा वर्चस्वको मनसाय, मनोदशा कसैकसैमा नहोला भन्न पनि सकिँदैन। तर, हामी जन्मिनुअघि नै दुई धारमा अगाडि बढेका पार्टी कुन विश्लेषणले एकै ठाउँमा आए, यो मुख्य कुरा हो।  एकिकृत पार्टीमा पनि आफ्ना पूर्ववर्ती अभ्यास र बानीअनुसार छुट्टै समूह बनाएर चल्नुपर्ने जरुरी छैन। 

– अर्का अध्यक्ष प्रचण्डप्रति तपाईंका अभिव्यक्ति सकारात्मक देखिँदैनन् भन्ने आरोप छ नि? 
अतीततर्फ फर्किएर अगाडि बढ्न सक्दैनौं। अतीतका महिमागान आवश्यक छैन। मैले पनि र नेताहरुले पनि। अतित जे भयो त्यसको मूल्यांकन गर्न जरुरी छ भने औपचारिक प्रस्ताव ल्याउँदा पनि भयो। 

म नेताहरुको सम्मान, सार्वजनिक शिष्टता उहाँहरुको भूमिकाप्रति सचेत र संवेदनशील मान्छे हुँ। नेताहरु पनि यही समाजको प्रतिनिधि पात्र हो। उहाँहरु तरंगित हुनुहुन्छ बेलाबेला। 

– अर्को आन्दोलनको आवश्यकता छ भनेर अध्यक्ष दाहालले भन्नु पनि भयो नि?
मैले भन्न खोजेको दुई तिहाई बहुमतको सरकार छ। प्रदेश र स्थानीय तहमा पनि उत्तिकै बलियो उपश्थिति छ। यस्तो अवस्थामा अर्को आन्दोलनको के जरुरत छ? भोलि आन्दोलन, क्रान्ति गरे पनि राज्यसत्ता चलाउने योग्यता यही नेतृत्वले देखाउने हो नि। त्यसैले सही ढंगले देशको नेतृत्व गर्नुपर्छ। तरंगित कुरा गर्नु हुँदैन भन्ने हो। 

उहाँहरुलाई धेरै तरंगमा, प्रचार, आरोप प्रत्यारोप रमाउने स्थितिबाट पनि टाढा राख्नुपर्छ। दिनहुँ समाचारको शीर्षक बन्नु आवश्यक छैन। 

हाम्रा नेताले थोरै बोल्ने, तरंग दिने गरी नभई प्रभाव दिने गरी बोल्नुपर्छ भन्ने मेरो सुझाव हो। बोली अन्तर्गत देशलाई अगाडि बढाउने। त्यो काममा लाग्नुपर्छ। नेताहरुलाई अहिलेको स्थितिमा जताततै छाउन पाए हुन्थ्यो भन्ने मोह छ जस्तो पनि लाग्दैन। तर, बोलिएको कुराको प्रभाव हुनुपर्‍यो।

म त हाम्रा नेताहरुलाई गिरिजाप्रसाद कोइरालाबाट सिके हुन्छ भन्छु। दिनहुँ अन्तर्वार्ताबाट टाढा बस्ने, प्रचारका काममा नलाग्ने, एक पटक बोलिसकेपछि त्यसमा अडिग रहने। अझ उहाँ केही बोल्नुपर्‍यो भने विराटनगर गएर बोल्ने अनि काठमाडौं आउने गर्नुहुन्थ्यो। त्यसैले हाम्रा नेताहरु बढीभन्दा बढी प्रचारमुखीभन्दा पनि समाधानमुखी हुनुपर्छ। 

यो सरकारले राम्रोसँग काम गरेन, अहिलेका मन्त्रीहरु प्रचारमुखी मात्रै भए, सरकारले ठिक ढंगले रिजल्ट दिएन भने अहिलेका पदहरु सबै अस्थायी हुन्। अहिलेको हाम्रो हैसियत पनि अस्थायी हुन्छ। यसबाहेक कोही नेतासँग पनि मेरो व्यक्तिगत रुपमा न राम्रो नराम्रो, त्यतातिर त्यति मतलब गर्दिनँ।

– तपाईं आम मानिसको कुरा सुन्नुहुन्छ। नेकपाको सदस्य हुँ भन्ने बिर्सेर भनिदिनुस् न सरकारको कामप्रति आम मानिसको बुझाइ कस्तो छ?
वाम गठबन्धनले अघि सारेको घोषणापत्र दीर्घकालीन, मध्यकालीन, अल्पकालीन कार्यक्रम सहितको थियो। सरकारले भत्ता बढाएर पाँच हजार पुर्‍याउछौं भन्यो, आएकै वर्ष पुर्‍याउछौं त भनेको थिएन। पाँच वर्षभित्रमा पुर्‍याउछौं भनेको थियो। पार्टीको घोषणापत्रमा पनि त्यो भनिएको थिएन। 

दीर्घकालीन, मध्यकालीन, अल्पकालीन कार्यक्रमको जुन प्रतिवद्धता सार्वजनिक गरिएको थियो, त्यसको अन्तर गर्न नसक्दा पनि समस्या भयो। प्रधानमन्त्रीले सपना देखाउने कुरा ठिक गर्नुभएको छ। रेल त प्रधानमन्त्रीको यो कार्यकालमा आइपुग्दैन नि। अध्ययन गर्ने हो। त्यसको प्रारम्भिक अध्ययन सकिएको छ। डिपिआर निर्माणको काम होला। 

त्यसैले वस्तुगत विषयमा आलोचना हुनुपर्‍यो। यो सरकारले बिगारिहाल्यो भन्ने जनतामा केही छैन। बिगारेको केही छैन। तर, दुई तिहाइ बहुमतको सरकारले पनि पूर्ववर्ती गठबन्धन सरकारले जस्तो गरिरहेको छ। यसको गति केले रोकेको छ? कसले हिड्न दिइरहेको छैन् भन्ने जनताको गुनासो छ ।

नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारको विचारले अहिलेसम्म जति समय गुज्रियो त्यो समय नीतिगत र कानुनी आधार तयार गर्न बितेको छ। अब, कानुनको अभावमा काम गर्न रोकियो भन्ने स्थिति छैन।

धेरै कानुन बन्ने, संशोधन गर्ने, एकीकृत गर्ने कामहरु भएका छन। र, त्यो क्रम जारी पनि छ। जनताका गुनासा ठिक ढंगले भेन्टिलेट नहुँदा कहिलेकाहीँ भड्किने अवस्था पनि छ। कहिले मार्सी धानले, कहिले आचारसंहिताले, कहिले गुठी विधेयकले कहिले केले। यो बाहिरी तत्व र व्यक्तिले सरकारका कामलाई अनावश्यक गिजोल्ने र भड्काउन आवश्यक छैन। संसदलाई संसदको काम गर्न दिनुपर्‍यो, समितिहरुले कानुन निर्माणको ठिक काम गर्नुपर्‍यो, सरकारले समन्वय गर्नुपर्‍यो। अहिले जनताले गति ताल नमिलेको अनुभूति गरेका छन्।

– प्रधानमन्त्रीज्युले जुन सपनाका कुरा गर्नुहुन्छ, त्यसै अनुसारको महत्त्वाकांक्षा जनतामा हुनु पनि स्वाभाविकै होला नि?
प्रधानमन्त्रीको सपना दीर्घकालीन हो। त्यतातिर मुख फर्काएर अगाडि बढ्ने उहाँको उद्घोष हो। बाँकी काम कार्यान्वयन गर्न कानुन बनाउनुपर्‍यो। संयन्त्र बन्नुपर्‍यो। पूर्व–पश्चिम रेलमार्गको अध्ययन नै भएको छैन। 

– प्रधानमन्त्रीले पनि कुरा गर्दा, हतार गर्दा, त्यस्तो प्रवाह भएको हो कि!
उहाँका अनुसार त आफ्नो राष्ट्रिय झन्डा फहराउँदै पानीजहाज हिन्द महासागरसम्म पनि पुग्नुपर्छ।

– पुस १५ मै टिकट काट्न पाउनुहुन्छ पनि भन्नुभएको थियो। त्यसले पनि प्रभाव पार्छ कि?
पुस १५ उहाँले मिति भन्नुभएको छैन। उहाँले रेलमा चढिसकेपछि पनि आलोचना गर्नुहुन्छ। रेलमा चढ्न आह्वान गर्छु। यस्तै भन्नुभएको छ।

उहाँले रेल कति अवधिमा बन्छ, नजानी बोल्ने व्यक्तित्व हो र उहाँ? त्यो जानेर बुझेरै बोल्नुभएको छ। तर, जनताले अहिले नै तत्क्षण बजेट ल्याए जस्तो नीति कार्यक्रम ल्याए जस्तो होइन के रेल बन्ने। केरुङ, काठमाडौं, लुम्बिनी, पोखराको जुन भौगोलिक विकटता छ, त्यसका लागि अध्ययनकै काम अगाडि बढेको छ भने पूरा गर्न त समय लाग्छ। अर्को हाम्रो सामर्थ्यको विषय पनि जोडिन्छ। मेलम्चीको कुरा हुन थालेको ३५ वर्ष हुन थाल्यो। 

– सामान्य जनता रेलको पछाडि कुदेको जस्तो त लाग्दैन। जनताको माग आधारभूत आवश्यकताको सहजता होला, सायद!
प्रधानमन्त्रीले पनि आजको आजै रेलका पछाडि तपाईंहरु कुद्नुहोस् भन्नुभएको छैन। त्यो सपना हो। उहाँले युरोप, अमेरिका लगायत विकसित देशमा ग्यासको सिलिन्डर काँधमा बोकेर हिँड्नुपर्दैन। घरघरमा पाइपबाट ग्यास सप्लाई हुन्छ भन्नुभएको छ। म सप्लाई गरिदिन्छु भन्नुभए जसरी प्रचार गरिएको छ।

कुनै राष्ट्रिय गौरवको योजना, मेगा प्रोजेक्ट कार्यान्वयन गर्न पनि हाम्रो सामर्थ्यसँग यसको लिंक गर्नुपर्छ। अहिलेको सामर्थ्यले प्रधानमन्त्रीको जीवनकालमा होइन, हाम्रै जीवनकालमा पनि रेल आउला कि नआउला भन्ने हो। तर, रेलका पछि कुद अरु सबै छोड होइन। जनताका आधारभूत आवश्यकता काममा सरकार संवेदनशील छ भनेर प्रधानमन्त्रीले भन्नुभयो भने त्यो कुनै हेडलाइन बन्दैन। प्रधानमन्त्रीले रेलका कुरा गर्नुभयो भने मिडियाले हेडलाइन बनाउँछ। उहाँले दुवै कुरासँग सँगै बोलिरहनुभएको छ।

– चिनियाँ सी विचारधाराको नेकपाभित्र बहस भइरहेको छ, त्यसैलाई अपनाउने खालको संकेतहरु पनि देखिएको चर्चा छ। यो अनुमान सत्यको कति नजिक छ?
अहिले ‘सी’ विचारधारा नेकपाको विचारधारा भन्ने कुनै छर्‍याकछुरुक पनि छैन। तर, नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका बीचमा नेपाल कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि नै भाइचारा सम्बन्ध रहिआएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा जाने प्रतिनिधिमण्डलदेखि अहिले १९औं महाधिवेशनसम्मको लामो अवधि नेपाल कम्युनिस्ट पार्टीले नजिकबाट हेरिरहेको छ।

चिनियाँ नेता खासगरी क्रान्तिको सफल नेतृत्वको हिसाबले माओ त्से तुङ, पछौटे, गरिब अविकसित देशलाई समृद्ध र सुखी विकसित चीनका रुपमा रुपान्तरण गर्ने नेतृत्वका निम्ति देङ सिआओपिङलाई र बाह्य देशभित्र प्रभाव दिने कामका लागि सी चिनफिङको नेतृत्वको उत्कृष्ट छ।

अहिले हामी मार्क्सवाद, लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्छौं। अरु संसारका सबै सफलताका असफलताका अनुभवहरु वैचारिक मार्गदर्शन हुन्। सी विचारधारा पनि समृद्ध र विकसित चीन निर्माणको मेहनत, सपना महत्त्वपूर्ण छ। तर, सी चिनफिङ विचारधारा नै नेकपाले मान्नुपर्छ भन्ने जरुरत छैन। छलफल पनि भएको छैन। 

सी विचारधाराका विशेषताहरुलाई चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट आफ्ना विचार आदान प्रदान गर्ने काम भएको छ। पहिलो पटक नेतृत्व तहको ठूलो संख्यासहित नेकपाले यो कार्यक्रम सम्पन्न गरेको छ। पहिले विभिन्न प्रशिक्षण लिने र भ्रमणका कार्यक्रम हुँदै आएका हुन्, अहिले विचार आदानप्रदानको अलि महत्त्वपूर्ण आयोजना भएको हो। चीनका महामहिम राष्ट्रपतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सी विचारधाराको विचार नेपालका कमरेडहरुबीच राख्नुभएको हो।

– चीन आफैंमा बन्द समाज हो। एक हिसाबले एकतन्त्रीय शासन प्रणाली हो। नेकपाले पनि त्यसको अभ्यास गर्नका लागि सी विचारधाराको बहस चलाएको हो कि भन्ने आशंका गर्न थालिएको छ? चीनका राष्ट्रपतिलाई केन्द्रमा राखेर यो कार्यक्रम तय गरिएको हो कि यस्तो बहसको औचित्य अरु पनि छ?
राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्व सन्ध्यामा आयोजित, त्यसलाई केन्द्रमा राखेर र दुई पार्टीको भविष्यको सम्बन्धलाई पनि मध्यनजर गरेर यो आयोजना भएको हो। चीन र नेपालका अनुभव फरकफरक छन्। हामी स्थापनाकालदेखि नै नागरिक स्वतन्त्रताको आवाज बुलन्द गर्दै राणातन्त्र, पञ्चायती, राजाको निरंकुशताविरुद्ध, नेपाली कांग्रेसको एकतन्त्रीय ज्यादतीविरुद्ध संघर्ष गरेर स्थापित गरेको पद्धतीलाई अझ विस्तार गर्ने हाम्रो बाटो हो। 

चीनको विशेषता फरक हो। एक अर्ब ४० करोड जनसंख्यालाई खुसी, सुखी र विकसित बनाउनु चीनको उदेश्य हो। हाम्रो र चीनको बाटो आ–आफ्नो विशिष्टतामा आधारित छ।

विस्तृत अन्तर्वार्ताका लागि यो भिडियो हेर्न सक्नुहुनेछ-

 

प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोले रसुवा, मनाङ र म्याग्दीका तीन सडकखण्ड पूर्ण अवरुद्ध
मतदाता सूची विवादविरुद्ध प्रदर्शन गर्दा राहुल गान्धी पक्राउ
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोले रसुवा, मनाङ र म्याग्दीका तीन सडकखण्ड पूर्ण अवरुद्ध बिहीबार, असोज २२, २०८३
मतदाता सूची विवादविरुद्ध प्रदर्शन गर्दा राहुल गान्धी पक्राउ बिहीबार, असोज २२, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दै २९७ सदस्यीय कार्यसमिति बिहीबार, असोज २२, २०८३
कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगनले भने– अब पार्टीको रेल अगाडि बढ्यो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्