काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई हटाउने ठाडो प्रस्ताव पेश गरेका छन् । मन्त्रिपरिषदको जारी बैठकमा प्रधानमन्त्रीको ठाडो प्रस्ताव आएपछि छलफल चलिरहेको छ।
डेढ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोग लागेका खड्कालाई हटाउन विभिन्न संसदीय समितिहरुले निर्देशन दिए पनि माओवादी केन्द्रका आपूर्ति मन्त्री शिवकुमार मण्डलले आलटाल गर्दै आएका छन्।
‘उनी सीधै अदालत जान्छन् र पुनर्वहाली भएर आउँछन् । हामीले मात्र चाहेर केही हुँदैन । थप प्रमाण जुटाएर मात्र अघि बढ्नु राम्रो हुन्छ’, जारी बैठकमा मन्त्री मण्डलले भने।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दबावमा मन्त्री मण्डलले खड्कालाई जोगाउने अधिकतम प्रयास गर्दै आएका छन् । तर, प्रधानमन्त्री देउवाले एउटा कर्मचारीका कारण सरकार बदनाम हुन नसक्ने भन्दै उनलाई हटाउने माइन्युटिङ गर्न आदेश दिएको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए।
‘यसबारे केहीबेरमै औपचारिक जानकारी आउनेछ’, ती सदस्यले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।