वीरगञ्ज- आज हुने स्थानीय तहको निर्वाचनमा पर्सा, सर्लाही र बारामा सबैको ध्यान गएको छ।
तेस्रो चरणको निर्वाचन अन्तर्गत आज प्रदेश २ का ८ जिल्लामा मतदान हुँदै छ । पर्सामा रहेको औद्योगिक नगरी वीरगञ्ज महानगरपालिका, बाराको जितपुर सिमरा नगरपालिका र राजपाका अध्यक्ष मण्डलका तीन अध्यक्षको गृहजिल्ला रहेका कारण यहाँका तीन जिल्लामा मुख्य सबै दलको ध्यान केन्द्रित भएको छ । यी तीन जिल्लामा दलहरुबाट निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सबै हतखण्डाको भरपूर प्रयोग भइरहेको छ।
राजपाका ३ अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गृह जिल्ला रहेका कारण सर्लाहीको निर्वाचन परिणामका लागि दलहरुले बलबुताले भ्याएसम्म शक्ति खर्चिरहेका छन्।
यस्तै प्रादेशिक शक्ति सन्तुलनको केन्द्र मानिएको जितपुर सिमरा नगरपालिका र नेपालको लाईफ लाइन मानिएको वीरगञ्ज महानगरपालिकाको चुनावी भिडन्त मत्रपत्रमा बाहेक सडक, मतदान स्थल र मतगणना स्थलमा हुन सक्ने अनुमान सुरक्षा निकायले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।