• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'दहेज नदिए छोरी कसले लान्छ?'

64x64
नेपाल लाइभ शनिबार, असोज ४, २०७६  ११:०५
1140x725

इटहरी– इटहरीको मुख्य बजारदेखि ३ किलोमिटर दक्षिणमा पर्छ मुस्लिम टोल। बहुसंख्यक मुस्लिम समुदायको बसोबास भएकाले उक्त टोलको नाम नै मुस्लिम टोल रहेको स्थानीय बताउँछन्। इटहरी उपमहानगरपालिका १४ मा पर्ने उक्त टोलको खास पहिचान बस्ती आफै हो। 

भर्खरै ग्राभेल गरेको धुलाम्मे सडक। त्यही सडकबीचमा केटोकेटी खेल्ने खैलमैदान। गाईबस्तु बाध्ने ठाउँ। सडकमै विश्रामस्थल।

टोलको बीचमा देखिन्छ एउटा किराना दोकान। दोकान सामुन्ने ‘खुस इदमुबारक’ लेखिएको घर नजिक भेटिए, ३ युवा। सबिर, जम्सेद र अरमान महम्मद। उनीहरु गफिँदै थिए। मलेसिया रोजगारी खुलेपछि अबको वैदेशिक यात्राबारे उनीहरु योजना बनाइरहेका रहेछन्।

कुराकानीको बीचमै दहेज (दाइजो) को विषय उप्कियो।

दहेजप्रति तीनै युवाको असहमति छ तर यो अनिवार्य जस्तै बनिसकेकाले तत्काल हट्नेमा उनीहरु विश्वस्त छैनन्। 

त्यसमध्येका जम्सेद महम्मद अलि टाठोबाठो जस्तो देखिन्थे। कक्षा ११ पढ्दापढ्दै उनले पढाइ छाडेका रहेछन्। दुई वर्षअघि नै विवाह गरिसकेका उनले आफूले दहेज नमागेको बताए। तर पनि बाबुआमाले गर्दा दहेज लिएको उनको भनाइ छ। ‘मलाई दहेज लिनेदिने मन पर्दैन,’ उनी भन्छन्, ‘तर दहेज नलिई छोराको बिहे नै गर्दिदैनन्। फेरि उमेर पुगेर पनि छोरीको बिहे भएन भने झन् नराम्रो हुन्छ। के भन्ने अब। दहेज बाध्यता हो, दिनैपर्छ।’  

जम्सेद बोल्दै गर्दा बीचमै सबिरले थपे, ‘पहिलाभन्दा अहिले झनै दहेज बढेको छ। पहिला २० हजार दिँदा हुने थियो भने अहिले २ लाख दिनुपर्ने भएको छ। बाइक नभए त बिहे गर्नै मान्दैनन्। केटाभन्दा पनि उसमा बाबुआमाले माग्छन् दहेज।’

Ncell 2
Ncell 2
nimb
nimb

दहेजविरुद्धमा युवाहरुको मत एक छ। गरिब परिवारको छोरीको बिहे नै गर्न नसकिने अवस्थाप्रति उनीले चिन्ता व्यक्त गरे। मुस्लिम टोलमा रहेको मस्जिदबाटै दहेज माग्यो भने कारबाही गर्ने निर्णय भएको उनीहरुले सुनाए। तर बिहेको टुंगो लागेपछि लुकीछिपी दहेजको बार्गेनिङ हुने गरेको उनीहरु बताउँछन्।

तीन युवाभन्दा केही पूर्वपट्टि गाउँका महिलाहरु सियाँलमा बसिरहेका छन्। रातो साडीले टाउको छोपेका महिलाहरु गफिँदैछन्। उनीहरु नेपाली खासै बुझ्दैनन्। बजारको नजिकै बसेका भए पनि नयाँ मान्छेसँग बोल्न अलिक हिचकिचाउँछन्।

त्यसमध्येकी फैजु मोहम्मद नेपाली बुझ्न र बोल्न जान्ने रहिछन्। पत्रकारको परिचय पाउनासाथ उनी डराइन्। प्रहरी र पत्रकार एउटै हो भन्दै निकै संयमित भइन्। उनीसँगै छेउमा बसेका महिलाहरु फोटो खिचेको देखेर खुब लजाए। साडीले मुख छोपेर घोप्टो पर्न थाले। सबै परिचय पाएपछि भने बिस्तारै खुल्न थाले।

गाउँमा समस्या बुझ्ने नेताहरु धेरै आएको तर पनि केही नभएको उनीहरुको गुनासो थियो। बत्ती नबले पनि सडक बत्तीको मासिक एक सय रुपैयाँ तिर्नुपरेको भन्दै रोष प्रकट गरे।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लहरै बसेका नशिरा खातुन, रोजत खातुन, जमिला खातुन र रबुना खातुन आफ्नो परिचय दिन पनि लजाउँछन्। रबुना खातुनको भर्खरै बिहे भएको रहेछ। उनी अहिले माइतीमै छिन्। 

घर किन नबसेको भन्ने प्रश्नको उत्तर दिन सकिनन् उनले। केही बोल्न नपाउँदै उनका आँखा रसाए। अकमकाउँदै केही भन्न खोज्दै थिइन्। तर सँगै बसेका अरु महिलाले उनको प्रतिवाद गरिहाले। माइतको न्यास्रो लागेर आएकी भन्दै सोझो जवाफ दिए। 

दहेजको कुरा निकाल्नेबित्तिकै उनले मुख छोपिन्। आँसु पुछ्दै घरभित्र छिरिन्।

रबुनाको बारेमा ६० वर्षीया मलाया खातुनले कुरा खोलिन्। घरमा समस्या भएकाले उनी माइतमा बसेकी रहिछन्। भनेजति दहेज नदिएर उनको घरमा समस्या भएको उनले बताइन्। 

त्यतिकैमा उनले आफ्नो कहानी पनि सुनाइहालिन्। दुई छोरी र एक नातिनीको बिहे गरिसकेकी रहिछन् मलायाले। आफूले पनि दहेज दिएरै बिहे गरिदिएको उनको भनाइ छ। 'अबको जमानामा ज्वाइँ किन्नै गाह्रो छ,' उनी भन्छिन्।

तर छोराको बिहेमा दहेज नमागेको उनले बताइन्। पहिला थोरै दहेजमा हुने बिहे अहिले महँगो भएको उनको बुझाइ छ। मुस्लिम संस्कारमा दहेज लिनु नभने पनि लुकीछिपी त्यो जारी रहेको उनी बताउँछिन्। 

‘छोरी जन्मियो भने मान्छेको घरमा दु:ख आए जस्तो हुन थालेको छ,’ उनी भन्छिन्, ‘तर के गर्नु, दु:ख-सुख बिहे गर्नैपर्‍यो। ज्वाइँलाई जति दिए पनि भयो भन्दैन। दहेज मागेर छोरालाई बिक्री गर्छन् मान्छेहरु।’

उनको बोली टुंगिन नपाउँदै छेवैमा उभिएका सलमान खान कराउँछन्, ‘हामीजतिको केटालाई बाइक भएन भने कसरी बिहे गर्नु? मैले पनि दहेज लिएरै बिहे गरेको हो। केटा मान्छेलाई हिँडिरहनुपर्छ, बाइक त चाहिहाल्यो नि!’ 

मस्जिदले दहेज लिनेदिने दुवैलाई जरिवाना लगाउने निर्णय गरेको छ। मस्जिदमै बसेर निर्णय लागू भने हुन सकेको छैन। 

‘दहेज लिने कसैले भन्दैनन् तर नलिई बिहे गर्दैनन्। दहेज नदिए छोरी कसले लाने?’ सोही टोलका जमिम महम्मदले भने, ‘एक पटक कुरा छिनिसकेपछि बिहे नगर्दा समाजमा बदनाम हुने डरले छोरीको बाउआमा दहेज दिन बाध्य छन्।’ 

दहेज दिएन भने विभिन्न बहाना बनाएर बिहे नगर्ने गरेको उनी सुनाउँछन्। अहिलेको अवस्थामा छोरीको बिहे गर्न गाह्रो हुँदै गएको उनको भनाइ छ। मुस्लिम धर्ममा छोरीलाई पैसा र गहना दिनुपर्ने व्यवस्था भए पनि यो उल्टो संस्कार बढिरहेको उनले बताए।

प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  ११:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्