• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मल्होत्रा अर्थात् मोबाइल म्यान

64x64
नेपाल लाइभ मंगलबार, भदौ ३१, २०७६  १७:३५
1140x725

काठमाडौं- नेपालमा मोबाइल फोन कहिले भित्रियो होला?

हरेकको जीवनको अनन्य भइसकेको यो 'जिनिस'को नेपाली इतिहास धेरैलाई थाहा नहुन पनि सक्छ।

नेपालमा मोबाइल प्रविधि पहिले भित्रियो होला, त्यसपछि मात्रै मोबाइल सेट ल्याइएको पनि अनुमान धेरैले गर्लान्। तर, नेपालमा मोबाइल सेटको बिक्रीवितरण मोबाइल प्रविधि भित्रिनु दुई वर्षअघिदेखि हुन थालेको थियो। 

नेपालमा पहिलोपल्ट मोबाइल सेट ल्याएर बिक्रीवितरण गर्ने व्यक्ति थिए, दीपक मल्होत्रा। मल्होत्रालाई मोबाइलप्रतिको चाखले मोबाइल व्यसायी बनायो। हाल प्रचलित मोबाइल ब्रान्ड सामसुङका आधिकारिक नेपाल बिक्रेतासमेत रहेका उनले २३ वर्षअघि हङकङमा पहिलोपल्ट मोबाइल सेट देखेका थिए। 

‘मान्छेहरु फोन कानमा लगाएर निर्धक्क आफ्नो गन्तव्य नापिरहेका छन्। अहँ, रोकिने छाटकाँट छैन। कर्डलेस भए त रोकिनुपर्ने!’ व्यावसायिक कामका सिलसिलमा हङकङ पुगेका बेला मल्होत्राको दिमागमा यस्तो जिज्ञासा नसलबलाएको होइन। 

जिज्ञासा मेट्ने क्रममा थाहा पाए, ती मान्छेहरु कर्डलेस फोन नभएर मोबाइल फोनमा बात मारिरहेका रहेछन्। तब न उनीहरु फोन कानमा लगाएर निर्धक्क हिँडिरहेका थिए। किनकि कर्डलेसमा अधिकतम दुरी निर्धारित हुन्थ्यो।

त्यही बेला उनको मोबाइलप्रति आकर्षण बढ्यो। व्यवसायमै दिलदिमाग लगाइरहेका उनलाई आफूले मोबाइल चलाउनेभन्दा पनि अरुलाई बेच्ने रहरले कुतकुत्यायो। २०५१ सालमा उनले मोबाइल बेच्ने सपना देखिरहँदा नेपाल दुरसञ्चार प्राधिकरणले उक्त प्रणाली नेपालमा भित्र्याउने सुरसार गरेकै थिएन। 

गाँस, बास र कपास अनिवार्य आवश्यकता हुन्। अहिलेको अर्को जोडिएको मोबाइल नै ठान्छन् मल्होत्रा। ‘त्यसमा पनि गाँस र कपासपछि आफ्नै हुने मोबाइल हो। कतिपसँग मोबाइल हुन्छ तर बासको टुंगो हुँदैन,’ मल्होत्रा भन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कर्डलेसकै प्रयोगमा रमाइरहेको थियो हुनेखाने नेपाली समाज। मल्होत्राले मोबाइल बेच्ने सपना ‘सेनायो’ नामको त्यो बेलाको आधुनिक कर्डलेसतर्फ रुपान्तरण गरे। २५ किलोमिटरसम्म टिप्ने फोन असाध्यै शक्तिशाली मानिन्थ्यो। एक वर्ष उक्त फोन बेचे र चलाए। 

नेपालमा मोबाइल प्रविधिअघि मोबाइल सेट भित्रिए। अर्थात् मल्होत्राले मोबाइल सेट बिक्री गर्ने चाहना नेपालमा मोबाइल प्रविधि भित्रिनु दुई वर्षअघि नै पूरा गरिसकेका थिए। यसको कारण भने भारत थियो। 

भारतले २०५३ सालमा मोबाइल प्रविधि भित्र्यायो। विदेशबाट इलेक्ट्रोनिक्स सामान ल्याउँदा भारत सरकारले धेरै कर लिन्थ्यो। जसले त्यहाँ किन्दा महँगो पर्थ्यो। भारतीय पर्यटकले नेपालबाट व्यक्तिगत प्रयोजनका लागि इलेक्ट्रिक सामग्री किनेर लैजान्थे। इलेक्ट्रिक सामग्रीको समेत व्यापार गरिरहेका मल्होत्राले भारतीयलाई लक्ष्य गरेर २०५३ सालमै मोबाइल सेट ल्याए। दुई वर्ष यसरी मोबाइल बेचेपछि २०५५ सालमा नेपालमा मोबाइल प्रविधिको सुरुवात भयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुरसञ्चारले मोबाइल प्रविधिसँगै सेट पनि सँगै बेच्थ्यो। त्यो मोबाइलसेट हेर्दा आकर्षक थिएन। हेर्दै भ्यात्त परेजस्तो! धेरैले त्यो रुचाएनन्। उनीकहाँ मोबाइल किन्न ग्राहकहरु आए। ‘त्यो बेलाका लागि चिटिक्कको फोन सामसुङ कम्पनीले बनाएको थियो। फोल्डिङवाला उक्त फोन धेरैको रोजाइ बन्यो। त्योभन्दा सानो मोटोरोलाले बनायो,’ मल्होत्रा सुरुवाती समय सम्झिन्छन्। 

सुरुवातमा दुरसञ्चारले १० हजार लाइन खोल्यो। ती लाइन पुर्‍याउन एक वर्ष लाग्यो। त्यसको कारण मोबाइल फोन गर्दा लाग्ने शुल्क थियो। त्यो समय फोन गर्नेले होइन, उठाउनेले दुईपल्ट सोच्नुपर्थ्यो। ‘अहिले इनकमिङ (फोन उठाएको) लाग्दैन तर त्यो समय आउटगोइङ (फोन गरेको) भन्दा फोन उठाइको धेरै शुल्क लाथ्यो,’ अहिलेको पुस्ताले पत्याउन मुस्किल पर्ने इतिहास उनले उप्काए, ‘फोन उठाउँदा १६ रुपैयाँ र गर्दा ८ रुपैयाँ लाग्थ्यो।’ अहिले त फोन उठाएको शुल्क लाग्दैन। 

सन् २००१ तिर सामसुङको मोबाइल सेट हेर्दा आकर्षक नै थियो। बजार विस्तार गर्न सकिन्छ भन्ने लागेर उनले सिंगापुर पुगेर नेपालका लागि आधिकारिक बिक्रेता बन्ने चाहना व्यक्त गरे। सामसुङले उनको प्रस्ताव स्विकार्‍यो।

उनले सबै कम्पनीका मोबाइल सेट ल्याउँथे र बेच्थे। भारतीयहरुले पनि किन्ने भएकाले मोबाइल बिक्री ठिकै थियो। फोन लाइन खुला गरेको समय नेपालीहरुको मोबाइल पसलमा भिड लाग्थ्यो, अरु बेला सुक्खा। अरु इलेक्ट्रोनिक सामग्रीको पनि व्यवसाय गर्ने भएकाले उनले मोबाइल बेच्नुलाई व्यावसायिक सोख पूरा गर्ने मेलो मात्र बनाइरहे लामो समयसम्म। 

सन् २००१ तिर विश्व मोबाइल प्रविधिको पञ्जाभित्र पस्दै थियो। नयाँनयाँ मोबाइल कम्पनीहरु बजारमा आकर्षक मोबाइल बजारमा ल्याउँदै थिए। सबै मोबाइलमा हुने सुविधा त उस्तै थिए, कल, एसएमएस र फोनबुक। अझ अघि बढ्दा अलार्म, घडी र सामान्य खेलहरु। गुण होइन, रुप हेरेर मोबाइलको मूल्य पर्थ्यो। सुरुमा ती ब्ल्याक एन्ड ह्वाइट मोबाइलको न्युनतम मूल्य २० हजार थियो। सर्वसाधारणले त कल्पना गर्नै मुस्किल।

त्यो फोनसँग जोडिएका केही किस्सा सुनाउँछन् मल्होत्रा, ‘मान्छेहरु रमाइलाको लागि एसएमएस गर्थे। आफूसँग मोबाइल भएको सान दर्शाउन कुरा सुरु गर्नुअघि ‘मैले मोबाइलबाट फोन गरेको’ भन्थे।’

उनले पहिलो फोन ब्ल्याक एन्ड ह्वाइट नै हो तर मूल्य ४० हजार। मोटोरोला कम्पनीको उक्त पहिलो फोनप्रति उनको गहिरो प्रेम बस्यो तर प्रशस्त चलाउन नपाउँदै बिग्रियो। उनले त्यही मोडेलको अर्को फोन किने, मूल्य भने घटेर २० हजार पुगेको थियो। त्यो पनि चलाएको एक वर्षमा भएजति सिस्टम उडेर बिग्रियो र फेरि १० हजारमा त्यस्तै फोन किने। उनले मोबाइल चलाउन थालेदेखि हालसम्म ५८ वटा मोबाइल चलाइसके। त्यसमा पनि ४० वटा भने सामसुङ ब्रान्डका चलाए।

नेपालमा पहिलोपल्ट मोबाइल हातमा पर्नेमध्ये उनी एक हुन्। उनको पहिलो फोनको नम्बरक्रम २१ थियो। 

सन् २००१ तिर सामसुङको मोबाइल सेट हेर्दा आकर्षक नै थियो। बजार विस्तार गर्न सकिन्छ भन्ने लागेर उनले सिंगापुर पुगेर नेपालका लागि आधिकारिक बिक्रेता बन्ने चाहना व्यक्त गरे। सामसुङले उनको प्रस्ताव स्विकार्‍यो। नेपालमा कुनै ब्रान्डको मोबाइलको आधिकारिक बिक्रेता पहिलो कम्पनीसमेत भयो उनको कम्पनी आइएमएस।

सञ्चारविनाको जीवन परिकल्पना गर्न नसकिने वर्तमानमा बेलाबेला उनलाई विगतका केही यादहरुले झस्काउँछ । मोबाइलविनाको त्यो समय घुम्न जाँदा साथीहरुसँग छुटेर पाकिस्तान घुमेको प्रसंगले रोमाञ्चक बनाउँछ।

त्यो बेला सामसुङ अहिलेजस्तो रोज्जाको ब्रान्ड थिएन। मोबाइल बजारमा कसैको अधिपत्य थियो भने त्यो नोकियाको थियो। सन् १९९८ देखि सन् २०११ सम्म विश्वबजारमै नोकिया एक नम्बर मोबाइल बिक्रेता रह्यो। तर, नेपालमा मल्होत्राकै कारण नोकियाले मात्रै बजार कब्जा गर्न पाएन। सामसुङको बजार ५० प्रतिशत नोकिया आतंकमा समेत बनाउन सफल भएको उनी सुनाउँछन्। 

जब २०११ मा मोबाइलको रुप होइन, गुण हेर्नुपर्ने समय अर्थात् स्मार्ट फोन युगको थालनी भयो। त्यसपछि नोकियाले साम्राज्य गुमाउँदै गएको हो।

पहिलो आधिकारिक बिक्रेता मात्रै होइन, मोबाइल शोरुम समेत उनैले खोले डिल्लीबजारमा। पछि विस्तार गर्दै पशुपति प्लाजामा समेत मोबाइल शोरुम सुरु गरे।

सामसुङले नयाँ युगको सहयात्री हुन प्रविधिमा कन्जुस्याइँ गरेन। स्मार्ट फोनको जमानामा स्मार्ट भएर आएपछि नेपालमा मोबाइल बिक्रेताको साम्राज्य स्थापित गरिरहेका मल्होत्रा सामसुङ देशभर पुर्‍याउन कस्सिए। अहिले २५ वटा जिल्लामा यसको शोरुम नै छ। त्यति नै संख्यामा सेवाकेन्द्रहरु पनि छन्। सेवा केन्द्र, फोन हराउँदाको इन्स्योरेन्स पोलिसी, वारेन्टीजस्ता स्किम र विज्ञापनले सामसुङ नेपालमा धेरै बिक्ने मोबाइल सेट ठहरियो।

उनले व्यावसायिक जीवनमा अनेक व्यवसाय गरे। रिदम मिलाएर भन्दा नुनको, ऊनको, सुनको, धुनको, चुनकोदेखि फुनकोसम्म। तर, उनलाई नाफा दिने र नाम चम्काउने व्यवसाय ‘फुन’को भयो। 

गाँस, बास र कपास अनिवार्य आवश्यकता हुन्। अहिलेको अर्को जोडिएको मोबाइल नै ठान्छन् मल्होत्रा। ‘त्यसमा पनि गाँस र कपासपछि आफ्नै हुने मोबाइल हो। कतिपसँग मोबाइल हुन्छ तर बासको टुंगो हुँदैन,’ मल्होत्रा भन्छन्। 

उनलाई लाग्छ– त्यो समय मोबाइल भइदिएको भए साथीहरुसँग सजिलै भेट हुन्थ्यो। त्यसपछि लाग्छ– मोबाइल भएको भए यस्तो रोमाञ्चक यात्रका सम्झना कहाँ हुन्थ्यो र!  मोबाइल गोजीबाट झिक्दै उनले भने, ‘कसले फोन गर्ला र मोबाइलबाट कुरा गर्न पाइएला भन्ने दिन पनि थिए ती।’

सञ्चारविनाको जीवन परिकल्पना गर्न नसकिने वर्तमानमा बेलाबेला उनलाई विगतका केही यादहरुले झस्काउँछ । मोबाइलविनाको त्यो समय घुम्न जाँदा साथीहरुसँग छुटेर पाकिस्तान घुमेको प्रसंगले रोमाञ्चक बनाउँछ। सत्रवर्षे उमेरमा उनीसहित प्रसिद्ध व्यापारिक घराना गोल्छा परिवारका तीन दाजुभाइ राजु, सुरेन्द्र र शेखर गोल्छा, टोलका एक साथीले काश्मीर घुम्ने योजना बनाए। प्रतिव्यक्ति पाँच सयका दरले जम्मा गरेर उनीहरु घुम्न हिँडेका थिए। 

अमृतसर पुगेपछि मल्होत्रा आफ्नी दिदीको घरमा बास बस्न पुगे भने अरु साथीहरु होटेलमै बसे। बिहान उठेर रेल स्टेसन पुग्दा त रेल मात्रै होइन, रेलसँगै साथीहरु समेत छुटिसकेका रहेछन्। जम्मा गरेको पैसा साथीहरुसँग थियो। त्यसैले दिदीसँग एक सय रुपैयाँ मागेर उनी पनि काश्मीर पुगे। आशा थियो– साथीहरु भेटिनेछन्। तर, काश्मीरका महत्वपूर्ण ठाउँ घुमिसक्दा पनि साथी भेटिएनन्। फर्केर उनी अमृतसर दिदीकै घरमा पुगे। उनका साथीहरु पनि उनलाई खोज्दै त्यहीँ आइपुगे। पछि उनीहरुले कुराकानी गर्दा पो थाहा भयो– उनीहरु कहीँ एक मिनेटले र कहीँ थोरै दुरीले नभेटिएका रहेछन्। 

उनलाई लाग्छ– त्यो समय मोबाइल भइदिएको भए साथीहरुसँग सजिलै भेट हुन्थ्यो।  

त्यसपछि लाग्छ– मोबाइल भएको भए यस्तो रोमाञ्चक यात्रका सम्झना कहाँ हुन्थ्यो र!

यति भनिरहँदा नजिकै भाइब्रेट गरिरहेको मोबाइल उठाए र फोन काटे। उनले फोन काटेको नवौंपल्ट थियो। 

अर्को मोबाइल गोजीबाट झिक्दै भने, ‘कसले फोन गर्ला र मोबाइलबाट कुरा गर्न पाइएला भन्ने दिन पनि थिए ती।’

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्