• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१७ पासपोर्टसहित समातिएका गाम्बियनको अपराधस्थल नेपाल

काठमाडौं ट्रान्जिट बनाएर विदेशी नागरिक तस्करी
64x64
नेपाल लाइभ मंगलबार, भदौ ३१, २०७६  १७:००
1140x725

काठमाडौं– लट्टा पारेको लामो कपाल। पातलो शरीर। कालो वर्ण। हल्का दाह्रीजुँगा। केही फुकेका नाकका पोरा। 

यही हुलिया भएका विदेशी मुलको जस्तो देखिने एक युवा करिब दुई महिनाअघि साउन ४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्छन्। त्यसबेला दिनको साढे ३ बजेको हुन्छ।

एयर इन्डियाको उडान नम्बर एआई २१६ मार्फत दिल्ली हुँदै जापान जाने जहाजको टिकट हातमा लिएर ती युवा विमानस्थलको प्रस्थान बिन्दुमा लामबद्ध भए। आफ्नो लगेज बी साइडको एक्स–रे मेसिनमा जाँच गराए। 'द नर्थ फेस' लेखिएको कालो, खैरो र निलो रङ मिसिएको पछाडि भिरेर बोक्ने झोलामा केही शंकास्पद वस्तु भएको मेसिनले डिटेक्ट (पहिचान) गर्‍यो।

त्यही झोलामा फेला परेका थिए, ससानो प्याकेट बनाएर राखिएका केही शंकास्पद वस्तु। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको शाखा कार्यालय विमानस्थलमा खटिएका सादा पोसाकका प्रहरीले ती शंकास्पद वस्तु झोलाबाट निकालेर नियाले। पत्ता लागिहाल्यो, त्यहाँ त एम्फेटामाइन अर्थात् आइस ड्रग्स पो रहेछ!

४ किलो २ सय ग्राम हाराहारीमा बरामद भएको आइस ड्रग्सको बजार मूल्य ४ करोडभन्दा बढी हुन्छ।

यसरी नेपालको विमानस्थल प्रयोग गरी आइस ड्रग्स लिएर जापान जान लागेका ती युवा थिए, २५ वर्षीय पोर्चुगिज नागरिक टियागो मेन्डस पेरेरा। राहदानी नम्बर- सिए ७०१२९२।

२७ वटा कागजका बक्सहरुमा माथि रुमाल, टाई र त्यसमुनि फल्स बटम बनाएर आइस ड्रग्स लुकाइएको थियो। जसको गन्तव्य थियो, जापान।

पेरेरालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरीले नयाँनयाँ तथ्य पत्ता लगाउँदै गएको छ। उनी पक्राउ परेपछि उनकै सूचनाका आधारमा थप २ जना पक्राउ परेका छन्। तर प्रहरीले यो कुरा गोप्य रुपमा राखेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पेरेरा पक्राउ परेको ४ दिनपछि साउन ११ गते गाम्बियाका नागरिक आजासी स्टान आरेमोस पक्राउ परे। ३१ वर्षीय आरेमोसलाई प्रहरीले पकनाजोलस्थित एक होटलबाट पक्राउ गरेको थियो। 

काम झोला बोक्ने, रै'छ ४ करोडको कोकिन 
पक्राउ परेका पोर्चुगिज नागरिक पेरेरा पहिलो पटक नेपाल आएका हुन्। उनको सम्पर्क इमेल र सामाजिक सञ्जालमार्फत गाम्बियन नागरिक आरेमोससँग भएको थियो। आरेमोसले निश्चित रकम दिने  र आफ्नो लगेज नेपालबाट जापान लगिदिनुपर्ने प्रस्ताव पेरेरालाई गरेका थिए।

सोही अनुसार आफू नेपाल आएको पेरेराले प्रहरीसमक्ष बताएका छन्। काठमाडौं आएलगत्तै आरेमोसले उनलाई कालो, खैरो र निलो रङ मिसिएको नर्थ फेसको झोला थमाएका थिए। उक्त झोला जापान लैजानुपर्ने जिम्मा थियो पेरेराको। अन्तत: जापान जान नपाउँदै पेरेरा पक्राउ परे। पक्राउ परेपछि उक्त झोला आफूलाई आरेमोसले दिएको बताएपछि त्यही सूचनाका आधारमा आरेमोस पनि पक्राउ परे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कहाँबाट भित्रियो ४ करोडको आइस ड्रग्स?
पोर्चुगिज नागरिक पेरेरालाई प्रहरीले काठमाडौं भित्रिँदै गर्दा नभई काठमाडौंबाट बाहिर जान लाग्दा पक्राउ गरेको थियो। काठमाडौंबाट जापान जान लागेको उक्त आइस ड्रग्स नेपालमा उत्पादन हुँदैन। नेपालमै उत्पादन हुने भएदेखि बाहिर जान लागेको बेला पक्राउ पर्नु स्वाभाविकै थियो। 

आइस ड्रग्स नेपाल भित्रने बेला कुनै सुइँको नपाउनु तर बाहिरिने बेला पक्राउ पर्नुले नेपाल भित्रियो चाहिँ कसरी? यो प्रश्न निकै पेचिलो बनको छ। 

ब्युरोका एक अनुसन्धान अधिकृत भन्छन्, ‘आइस ड्रग्स बर्मा, लाओस लगायतका देशमा उत्पादन हुन्छ। ती देशबाट पक्राउ परेका दुवै जना आएको पनि देखिँदैन। भित्रियो कसरी भन्ने कुरा अझै अन्योलमा छ।’

स्रोतका अनुसार उक्त ड्रग्स दिल्लीबाट स्थलमार्ग हुँदै नेपाल आएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। पक्राउ परेका गाम्बियन नागरिक आरेमोस ३ वर्षदेखि दिल्लीमा कम्प्युटर इन्जिनियर अध्ययनरत छन्। उनी पटकपटक नेपाल आवतजावत  गरिरहन्थे। जसकारण उनले बर्मा, लाओस हुँदै दिल्लीमा ड्रग्स भित्र्याएर भारतबाट स्थलमार्ग हुँदै नेपाल ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ।

ड्रग्सको अनुसन्धानले खुल्यो मानव तस्करको पोल
पेरेराको सूचनाका आधारमा गाम्बियन नागरिक आरेमोसलाई पक्राउ गर्दा प्रहरी अधिकारी नै तीनछक परेका थिए। उनको साथबाट प्रहरीले नेपाली र विदेशी नागरिकको गरी १७ थान पासपोर्ट बरामद गरेको थियो। सँगै अध्यागमन कार्यालयदेखि परराष्ट्रसम्मका सरकारी छापहरु पनि फेला पारेको थियो।

यसरी विदेशी र नेपालीको पासपोर्ट बरामद भएपछि प्रहरीले यस सम्बन्धमा पनि अनुसन्धान बढाएको छ। ब्युरोका एक अधिकारी भन्छन्, ‘लागुऔषध मात्रै होइन उनीहरुले नेपाललाई प्रयोग गरेर विदेशी नागरिकसमेत तस्करी गर्ने गरेको देखिन्छ।’

विभिन्न देशका नागरिकलाई युरोप पठाउने बहानामा उनीहरुले राहदानी जम्मा गरेर नेपाललाई ट्रान्जिट बनाएर मानव तस्करी गर्ने गरेको पाइएपछि यसबारेको अनुसन्धान मानव बेचबिखन नियन्त्रण ब्युरोले सुरु गरेको छ। उनीहरु पक्राउ परेपछि लागुऔषध मात्रै नभएर अन्तर्राष्ट्रिय मानव तस्करको ट्रान्जिटको जोखिममा नेपाल रहेको देखिन्छ। 

एक भारतीयसहित ७ जनाबाट लाखौं ठगी
बरामद १७ वटा पासपोर्टमध्ये ६ वटा नेपाली, १ भारतीय थिए भने बाँकी अन्य देशका थिए। ६ नेपाली र १ भारतीय नागरिक दीपु जैसवालबाट उनीहरुले ४/५ लाख रुपैयाँका दरले ३५ ठगी गरेको पाइएको छ।

यसरी ठगी गरेको रकम गाम्बियन नागरिकले गुनबहादुर घर्ती क्षेत्रीको बैंक खातामा राख्ने गरेको पाइएपछि प्रहरीले उनलाई साउन ११ पक्राउ गरेको थियो। ३५ वर्षीय गुनबहादुर म्याग्दीको मंगला गाउँपालिका–२ का स्थानीय हुन्। गाम्बियन नागरिकको नेपालका बैंकमा खाता नहुने अवस्था आएपछि घर्तीलाई प्रयोग गरेर ठगेको रकम राख्ने गरेको पाइएको ब्युरोका एसएसपी वसन्त लामा बताउँछन्। 

केही रकम पाउने भएपछि घर्तीले पनि नेपाली नागरिकलाई युरोप पठाउने भन्दै जम्मा गरेका थिए। 

इन्टरपोललाई पत्राचार
पक्राउ परेका पोर्चुगिज र गाम्बियन नागरिकका बारेमा थप बुझ्न लागुऔषध नियन्त्रण ब्युरोको आग्रहमा नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) ले इन्टरपोललाई पत्राचार गरेको छ।

ठूलो मात्रामा लागुऔषध बरामद हुनु र मानव तस्करीमा संलग्न देखिएपछि नेपाल प्रहरीले यसबारे थप बुझ्न इन्टरपोललाई पत्राचार गरेको हो। इन्टरपोलमा पत्राचार भएसँगै यसभन्दा अघि उनी अपराधमा संलग्न थिए/थिएनन्, यसमा अन्य व्यक्तिको संलग्नता छ/छैन जस्ता कुरा इन्टरपोलमार्फत खोजी गरिनेछ। 

मानव तस्करीमा समेत अनुसन्धान
लागुऔषधबाट अनुसन्धान सुरु गरेको प्रहरीले तीनैजना विरुद्ध ठगी, लागुऔषध, सरकारी कागजात कीर्ते र मानव तस्करीमा समेत अनुसन्धान अघि बढाएको छ। 

ठगीमा लागुऔषध नियन्त्रण ब्युरोले अनुसन्धान गरिरहेको छ। मानव बेचबिखनमा पनि संलग्नता देखिएपछि यसबारे अनुसन्धान गर्न मानव बेचबिखन नियन्त्रण ब्युरोलाई पत्राचार गरेर अनुसन्धान सुरु गरिएको ब्युरोका डिएसपी प्रेम शाहीले बताए। 

त्यसैगरी नेपालका सरकारी कागजात समेत कीर्ते  गरेको र विदेश पठाउने नाममा ठगी गरेको पाएपछि यस सम्बन्धीको अनुसन्धान महानगरीय प्रहरी परिसर काठमाडौंले गरेको छ।

यसरी दिल्लीमा अध्ययनका लागि बसेका गाम्बियन नागरिक आरेमोसले ड्रग्सदेखि मानव तस्करसम्मको ट्रान्जिट नेपाललाई बनाएको पाइएको छ। उनीहरु तीनै जनामाथि अनुसन्धान अन्तिम चरणमा पुगेकाले प्रहरी मुद्दा दर्ताको तयारीमा छ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्