काठमाडौं- अदालतमा पेश गर्नका लागि आवश्यक प्रमाण पुगेपछि प्युठानस्थित गौमुखी गाँउपालिकाका अध्यक्ष विष्णुकुमार गिरी रिहा भएका छन्।
अंशबण्डा फैसला भइसकेर छुट्टै बसेकी सीता केसीले बहुविवाहको आरोप लगाई प्रहरीमा उजुरी दिएकी थिइन्।
१० दिन अघि प्रहरीले हिरासतमा लिएका गिरी निर्दोष सावित भई रिहा भएको जनाइएको छ।
२०५६ मा प्रेम विवाह गरेका गिरीसँग २०६६ पछि श्रीमती केसीको सम्वन्ध विग्रेको थियो।
तत्पश्चात् उनीहरु छुट्टाछुट्टै बस्दै आएका थिए। सम्बन्ध विच्छेदका लागि गिरीले विगतमा दिएको मुद्धामा केसीले सहमति नदिएपछि अदालतले केसीकै पक्षमा फैसला गरेको थियो।
२०७३ सालमा गिरीले अंशबण्डाको मुद्धा दर्ता गरेपछि अदालतले दुई छोरी सहित चार जनाको नाममा अंशवण्डा गरिदिएको थियो। तथापि कार्यान्वयन भने हुन सकेको थिएन।
छुट्टै बस्दै आएकी केसीले परस्त्रीसँग विवाह गरेको उजुरी प्रहरीमा दिएपछि गिरी १० दिन अघि देखि हिरासतमा थिए।
श्रीमती सीता केसीले बहुविवाहको आरोप लगाए पनि गिरीले भने अस्वीकार गर्दै आएका थिए।
यो पनि
गौमुखी गाउँपालिका अध्यक्षलाई किन पुर्याइयो प्रहरी हिरासत?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।