• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

गौमुखी गाउँपालिका अध्यक्षलाई किन पुर्‍याइयो प्रहरी हिरासत?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २७, २०७६  १७:१३
1140x725

काठमाडौं- प्युठानमा नेपाली कांग्रेसका ‘उदीयमान’ नेताका रुपमा चिनिएका गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी प्रहरीको हिरासतमा पुगेका छन्।

कांग्रेसका लागि जिल्लामा सशक्त भुमिका खेलेकै कारण गिरीलाई फसाउन लागिएको स्थानीय नेता तथा कार्यकर्ताले आरोप लगाएका छन्। श्रीमतीसँगको पारिवारिक बेमेलका कारण गिरी प्रहरी हिरासत पुगेका छन्। २०५६ सालमा प्रेम विवाह गरेका गिरी र सीता केसीको दाम्पत्य जीवनमा २०६६ सालदेखि असहजता उत्पन्न हुन थालेको थियो। बेमेल उत्पन्न भएपछि दुवै फरक फरक स्थानमा बस्दै आएका थिए। तथापि सम्बन्ध विच्छेद भने भएको थिएन।

गिरीले अर्कै महिलासँग विवाह गरेको उजुरी केसीले जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेपछि बेमेलले उत्कर्षको रुप लिएको छ। गिरीले अर्को महिलासँग बिहे गरेको स्वीकारेका छैनन्। उजुरीमा गिरीले परस्त्रीसँग फेसबुकमा वार्ता गर्दाको सन्दर्भ र अर्धनग्न तस्बिर पनि पेस गरिएको बताइएको छ। उजुरी परेपछि गत आइतबार गिरी र आरोपित महिलालाई प्युठान प्रहरीले हिरासतमा लिएको हो। 

विद्यार्थीकालमा प्रेम सम्बन्धमा रहेका गिरीले केसीसँग विवाह गरेका थिए। गिरी र केसीको प्रेम विवाह २०५६ मा दश कक्षा पढ्दै गर्दा भएको थियो। केसीलाई विवाह गर्न गिरीको परिवारले स्वीकृति दिएन। परिवारले साथ नदिएपछि उनीहरू परिवारबाट छुट्टिएर बसेका थिए। २०६६ सालसम्ममा उनीहरुका दुई छोरी जन्म भइसकेको थियो। दुई छोरी जन्मिएपछि गिरिले भ्यासेक्टोमी गराएका थिए।

प्युठानको बाग्दुलामा ठुली छोरी पढाउन गिरी बस्दै आएका थिए। श्रीमती सीता तत्कालीन पूजा गाविसको एक विद्यालयमा शिक्षिका थिइन्। श्रीमान–श्रीमतीबीचको दुरी टाढा भएपछि गिरीले बाग्दुला नजिकै रहेको अर्को विद्यालयमा श्रीमतीको सरुवा मिलाए। 

Ncell 2
Ncell 2
nimb
nimb

केही समयपछि गिरीको दाम्पत्य जीवनले अर्कै मोड लियो। श्रीमती भेट्न भनी गएका गिरीले आफ्नी श्रीमती परपुरुषसँग अनैतिक सम्बन्ध भइरहेको अवस्थामा भेटे। श्रीमतीसहित परपुरुषलाई प्रहरीको जिम्मा लगाइयो। तीन दिन उनीहरू प्रहरी हिरासतमै रहे। यसपछि केसीले ससुरा र श्रीमानविरुद्ध जालसाजी मुद्दा हालिन्। श्रीमान र ससुरालाई हालेको मुद्दामा जालसाजी नभएको अदालतले ठहर गर्‍यो। दुवैले अलगअलग बस्ने निधो गरे।

वि.स. २०७० सालमा गिरीले सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालतमा दायर गरे। तर, श्रीमती तयार नभएको जनाउँदै अदालतले सम्बन्ध विच्छेदलाई स्वीकृति दिएन। गिरी सोही मुद्दालाई लिएर पुनरावेदन अदालत पुगे। पुनरावेदनले जिल्ला अदालतकै फैसलालाई सदर गरिदियो। २०७४ मा अंशबण्डाको मुद्दा परेपछि अदालतले श्रीमानश्रीमती र २ छोरीका नाममा चार भागमा अंशबण्डा हुने गरी फैसला सुनायो। तर, श्रीमतीले अंशबण्डाको प्रक्रियालाई पूरा गर्न आनाकानी गर्दै आएकी थिइन्। पछिल्लो समय अंशबण्डा कार्यान्वयन हुने क्रममा छ। 

गौमुखी गाँउपालिका अध्यक्ष गिरी पदीय जिम्मेवारी अनुसार गाउँपालिका कार्यमा केन्द्रित थिए। केसी बिजुवारमा बस्दै आएकी छन्। दम्पतिबीच प्रगाढ सम्बन्ध नभएपनि कहिलकाहीँ भेट हुन्थ्यो। बुवालाई भेट्न प्रायः छोरीहरु जाने गर्थे। फेसबुकमा लग आउट नगरेका गिरीको एकाउन्टबाट अर्कै स्त्रीसँग अर्धनग्न फोटो पठाइएको केसीले भेटिन्। 

Xtrem
Xtrem

त्यसै फोटोको आधारमा उनले प्रहरीमा उजुरी गरिन्। बहुविवाहको उजुरी त्यसै फोटोलाई मानेर गरिएको बताइएको छ। आरोपित दुबै जनाले प्रहरीसमक्ष विवाहलाई स्वीकारेका छैनन्। बहुविवाहको मुद्दा कपोलकल्पित भएको उनको दाबी छ। गिरीले १० वर्ष लामो घरायसी समस्याको मसिनो गरी लेखाजोखा गरिदिन आग्रह गरेका छन्। नीजि जीवनको पाटोमा सफल नदेखिए पनि सामाजिक पाटोमा सधैं समर्पित रहने उनले प्रतिबद्धता व्यक्ति गरेका छन्। कांग्रेस प्युठानका जिल्ला सभापति अमर भण्डारीले अदृश्य शक्ति लागेर गिरीलाई फसाउन लागेको बताए। उनले भने, ‘सम्भावना भएको जिल्ला नेता हो। बहुविवाह प्रमाणित गर्न जबरजस्ती खोजिरहेका छन्।’

हिरासतमा भएका गिरीलाई प्रहरीले अनुसन्धान गरिरहेको छ। जिल्ला अदालतमा उनलाई उपस्थित गराइएको छैन। प्युठान प्रहरी प्रमुख नरेन्द्र कार्कीले भने, ‘फाइल अन्तिम चरणमा पुगेको छ। छिट्टै अदालतमा पेस गर्छौ।’ प्रहरीले बहुविवाहको जाहेरीलाई अनुसन्धान गरिरहेको छ। प्युठानकै कानुन व्यवसायी निमा गिरीले भनिन्, ‘सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहकै थियो। अंशबण्डाको फैसला पनि भएको हो। बहुविवाह भएको कतैबाट पुष्टि हुन्न।’

मुलुकी अपराध संहिताको दफा १७५ को उपदफा ३ मा ‘पति वा पत्नीले कानुन बमोजिम अंशबण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ' भनी उल्लेख गरिएको छ। बहुविवाह गरेको ठहरिएमा ५ वर्ष कैद वा पचास हजार जरिवाना वा दुबै हुन सक्ने व्यवस्था संहितामा छ।

अध्यक्ष गिरीले गौमुखी गाउँपालिकासहित प्युठान जिल्लामा पर्यटन प्रवर्द्धन गर्न गौमुखी मिडिया सम्मेलन पनि गरेका थिए। लोकसेवाको तयारी कक्षा उनले गाउँपालिकामार्फत सञ्चालन गराएका थिए। विगतमा नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्ष हुँदै जिल्ला अध्यक्ष भएका गिरीले विद्यार्थी संघलाई जिल्लामा प्रभावकारी बनाएका थिए।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६  १७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्