• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

महिला सिडिओ बन्ने भएपछि पुरुषहरू गिज्याउँथे- अब हामीले फ्रक लगाए भयो

64x64
नेपाल लाइभ बुधबार, भदौ २५, २०७६  १३:०५
1140x725

काठमाडौं- नेपालको प्रथम महिला प्रमुख जिल्ला अधिकारी को हो?

सामान्य ज्ञानको यो प्रश्नको जवाफ सायद धेरैलाई थाहा हुनुपर्छ– उषा नेपाल।

पहिलोपटक प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुँदा धेरै पुरुषले उनलाई गिज्याउँदै भनेका थिए, 'अब हामीले पनि फ्रक लगाएर हिँड्नुपर्ने होला।'

के उनी सहजै सिडिओ बनेकी थिइन् त? 

पक्कै होइन। सफलताको कथा पढ्नुअघि उनको विगतको संघर्ष कोट्याउनु जरुरी छ। त्यही अभाव, अडान र संघर्षका कारण नै उषाले यो सफलता चुमेकी हुन्।

पढाइको भोक
महोत्तरीको एक सामान्य गाउँमा जन्मिएकी उषाको अक्षरयात्रा घरबाटै सुरु भएको थियो। बुवाले शिक्षकको व्यवस्था घरैमा गरिदिएपछि उनले चाँडै शिक्षा हासिल गर्न पाइन्। 

हजुरआमा बिरामी भएपछि उषाका परिवार भारतको बनारस गए। उनले त्यहीँ स्कुल जान थालिन्। हजुरआमा उतै बितेपछि भने नेपाल परिवार पुनः यतै फर्कियो। त्यसपछि जनकपुरमा उषाले आठ कक्षासम्म पढिन्। 

सानै उमेरमा बिहे गर्ने त्यो बेलाको चलन जस्तै थियो। उषाका लागि पनि विवाहको कुरा चल्यो। जबकि उनी १२/१३ वर्षकी मात्रै थिइन्। बनारसमा रहँदा उनमा एउटा छाप परेको थियो, जसरी हुन्छ पढ्नुपर्छ। उनले पढाइ नसकी बिहे नगर्ने अड्डी लिइन्। तर परिस्थिति बिहे गर्नैपर्ने खालको बनेपछि उनले सर्त राखिन्, बिहेपछि पनि पढ्ने। ससुराले बिएसम्म पढाउने वचन दिए।

Ncell 2
Ncell 2
nimb
nimb

बिहेपछि उषा विराटनगर आइन्। त्यहीँ प्राइभेटबाट थप पढाइ जारी रह्यो। बालिका माध्यमिक विद्यालयबाट एसएलसी पास गरिन्।

एसएलसी सफलताको केही महिनामै उषाको जीवनमा ठूलो बज्रपात आइपर्‍यो। डुंगा दुर्घटनामा श्रीमान्‌को निधन भयो। निराशापूर्ण रंगहीन एक वर्ष जसोतसो कटाइन्। त्यसपछि बिस्तारै उनमा पढाइको भोक सुरु भयो। विराटनगरमा रात्रिकालीन कलेज भए पनि बुहारी भएकै कारण उनले पढ्न पाइनन्। बरु बनारसबाट प्राइभेटमा आइए पास गरिन्।

उनकी 'किताबको किरो' थिइन्। जुनसुकै अवस्थामा पनि नपढी नहुने। आइएपछि उनी बनारसमै होस्टेल बसिन्। त्यहीँ बसेर बनारस हिन्दु विश्वविद्यालयबाट बिए उत्तीर्ण गरिन्। बल्ल उनले बिहेअघि राखेको सर्त पूरा भएको थियो।

बिए सकेर विराटनगर फर्किएकी उषाले पढाउन सुरु गरिन्। 'जुन विद्यालयबाट एसएलसी दिएकी थिएँ, त्यहीँ शिक्षण सुरु गरेँ,' उनलाई सम्झना छ, 'त्यहाँ लगभग एक वर्ष पढाएँ।'

Xtrem

Xtrem

उनको घरमा पाहुना टुट्दैनथे। जसले पनि पढाइबारे चासो राख्ने भएकाले उनलाई थप हौसला मिलेको थियो। 

'परिवारको अन्य सदस्यले मलाई पढाउन त्यति रुचि देखाएका थिएनन्,' उनी भन्छिन्, 'तर, त्यहाँको वातावरणले काम गर्‍यो। मैले बिए पास गरेपछि त सबैले मेरो ससुरालाई 'तपाईंले राम्रो काम गर्नुभयो' भनेर प्रशंसा गर्थे।'

ससुराले उनको सर्त त पूरा गरिदिएका थिए। तर उषालाई एमए पढ्ने हुटहुटी जाग्यो। पढाएर मात्रै समय कटाउन मन थिएन।  एउटै प्रश्नले लखेटिरहन्थ्यो उनलाई– मैले कसरी एमए गर्ने?

पत्रिकामा आँखा डुलाउँदै गर्दा भारतबाट दिइने छात्रावृत्तिका लागि गोरखापत्रमा सूचना छापिएको देखिन्। 'ढुंगा खोज्दा देउता मिल्यो' भनेझैं तत्कालै उनले फाराम भर्ने निर्णय गरिन्। तर, घरमा कसैलाई थाहा दिइनन्।

परीक्षा दिन काठमाडौं जानुपर्ने थियो। घरबाट नागरिकता झिक्नसमेत उनलाई निकै अफ्ठेरो भयो। 'स्कुलको टिफिन टाइममा साहस जुटाएर घर गएँ। र, नागरिकता झिकेर ल्याएँ,' उनी भन्छिन्। 

ससुरालाई सबैले चिन्ने भएकाले त्यो खबर उनको कानसम्म पुगिहाल्यो। त्यसपछि उषालाई केरकार गरियो। 

परिवारलाई झुक्याएर फाराम भरेकी उनले नागरिकता झिक्न पनि चुक्ली लगाउनुपर्‍यो। अब बाँकी थियो काठमाडौं कसरी जाने भन्ने चुनौती। धन्न, सासूको गोलीगाँठोमा देखिएको समस्याले उनका लागि माध्यम बन्यो। सासूलाई उपचारका लागि काठमाडौं लानुपर्ने भयो। साथमा रेखदेखका लागि भन्दै उनी नै अघि सरिन्। सासूको उपचार चलिरहेको थियो। फुत्त निस्किएर सरस्वती सदन पुगेकी उनले परीक्षा दिएर फर्किइन्।

मेहनत र संघर्षको प्रतिफल, उनको नाम निस्कियो। कन्फर्नमेसन लेटर र टिकट घरमै पुग्यो। तबमात्रै उनले भूमिगत शैलीमा गरेको कामको पोल खुल्यो। घरमा उनलाई रोक्ने प्रयासमा थिए, सबै सदस्य। किनकि घरबाट टाढा जान नदिने पक्षमा थिए उनीहरु।

तर शान्ता घिमिरेले दिएको सल्लाहले उषामा आँट भरियो। नातामा शान्ता उनकी दिदी थिइन्। 'उहाँले नै बोल्ड डिसिजनका लागि साहस भरिदिनुभयो,' उनी भन्छिन्, 'अहिले चुकिस् भने घरको भान्से बाहुनी हुन्छेस् भन्नुभयो। उहाँको कुराले छोएपछि जिद्दी गरेरै काठमाडौं आएँ।'

सुशीला कोइराला (बिपीपत्नी) काठमाडौंमा थिइन्। बनारसमा बिए पढ्दा सुशीलासँग उषाको भेट भइरहन्थ्यो। छात्रवृत्तिका लागि पढ्न पटना जानुअघि उषाले सुशीलालाई भेटिन्, न्युरोडमा। त्यहीबेला कुरा हुँदा उनले सबै कुरा बताइन्। त्यही दिन ३ बजेको फ्लाइट भएकाले राति पुग्दा समस्या हुने पनि सुनाइन्।

त्यसपछि सुशीलाले एउटा खाम थमाइन्। त्यो चिठी रहेछ बिपीका साथी देवेन्द्रबाबुको। पटना पुगेपछि देवेन्द्र नै उषाको अभिभावक बने। त्यतिबेला उनी उषा पढ्ने पटना विश्वविद्यालय कमिसनको हेड रहेछन्। 

भोलिपल्ट बिहान भर्नाको काम सकेपछि उषा होस्टेल सरिन्। 

पहिलेदेखि नै पढाइमा रुचि राख्ने उनको सर्त ससुराले बिएसम्म पूरा गरिदिए। त्यसपछि आफ्नै आँट र लगावले एमए पूरा गरिन्। पढाइको भोक सकेपछि उनी पुन: विराटनगर नै फर्किइन्। 

जागिरका उतारचढाव
त्यसबेला विराटनगरमा अंग्रेजी माध्यमबाट पढाइ हुने स्कुल थिएनन्। यही अभाव महसुस गरेकी उषाले साझेदारीमा अंग्रेजी माध्यमबाट पढाइ हुने स्कुल स्थापना गरिन्। तर, एक–डेढ वर्षमा नै किचलो हुन थाल्यो। उनलाई कसरी फुत्किऊँ भइरहेका बेला काठमाडौंको त्रिचन्द्र क्याम्पसमा मनोविज्ञानको शिक्षक आवश्यक रहेको थाहा पाइन्। छात्रवृत्तिबाट एमए गरेकाले सरकारले पठाएको ठाउँमा खट्नुपर्थ्यो। उषालाई काठमाडौं ल्याउन मन्त्रालयबाट उनका शुभचिन्तकले अञ्चलाधीशलाई पत्र पठाएछन्। घरपरिवारले नकार्दा समेत आफ्नै जिद्दीले उनी काठमाडौं आइन् र, त्रिचन्द्र पढाउन थालिन्।

यहीबीच उपचारका क्रममा ससुराको निधन भयो। त्यसपछि परिवारको अभिभावकत्व उनको काँधमा आइलाग्यो। त्रिचन्दको कमाइले मात्र नपुग्ने भएपछि रत्न राज्यलक्ष्मी क्याम्पसमा पार्ट टाइम पढाउन थालिन्। लगभग चार वर्षपछि उनको यात्रा महिला प्रशिक्षण केन्द्रतर्फ मोडियो। केन्द्रमा जानु पनि उषाको जीवनमा एक संयोग थियो। 

साथी उषा ढुंगानासँग एकदिन गृह तथा पञ्चायत मन्त्रालय जाँदा उनको विषय (मनोविज्ञान) पढेको मानिस चाहिएको रहेछ। यत्तिकैमा उनले निवेदन दिएर आइन्। लगत्तै केही दिनमै जागिर मिलिहाल्यो।

यसरी तीन वर्ष ललितपुरका रहेको केन्द्रमा काम गरिन्। त्यसपछि उनको सरुवा धनकुटाको प्रशिक्षण केन्द्रमा भयो। 

प्रशिक्षण केन्द्र पञ्चायतको अखडा थियो। त्यसैले उनका शुभेच्छुकले त्यता गएको मन पराएनन्। क्षेत्रीय प्रशिक्षण केन्द्र धनकुटाका प्रिन्सिपल पिएचडी गर्न हिँडेपछि उनको ठाउँ रिक्त भएको रहेछ। राजा सवारी हुने अड्डामा मान्छे नभएपछि उषालाई नै त्यो जिम्मेवारी दिएर बोलाइयो।

त्यहाँ पुगेपछि हरेक काम गर्दा आफैले निर्णय लिन सजिलो भयो उनलाई। काम राम्रो हुन थाल्यो। उनकै पहलमा नयाँनयाँ कार्यक्रम पनि सुरु भए। त्यहीँ हुदाँ उनी छात्रवृत्तिमा पढ्न बेलायत पनि गइन्। 

आठ वर्ष प्रशिक्षण केन्द्रमा काम गरेपछि उनलाई त्यहाँ बसिरहन मन लागेन। आपूर्ति मन्त्रालयमा सरुवा मागिन्। त्यसबेला अमेरिकाको हबर्ट एच हम्फ्रे फेलोसिपका लागि आवेदन खुलेको थियो। मन्त्रालयका सचिव सन्तबहादुर राईबाट अनुमति पाएपछि उनले छात्रवृत्तिका लागि परीक्षा दिइन्। नाम पनि निस्कियो। राईको अर्को मन्त्रालयमा सरुवा भएपछि भने उषालाई पढ्न जानका लागि रोक्न खोजियो। 

'अमेरिका उड्ने मिति नजिकिँदै थियो। मेरा केही विरोधीले सचिवलाई उचालेर बिदा नै काटिदिएछन्,' उनी सम्झिन्छिन्, 'त्यसको परवाह नगरी म अमेरिका उडेँ। तर, मन्त्रालयले बिदा रद्द भएको पत्र अमेरिका नै पठाएछ।' 

अध्ययन बिदा लिएको मन्त्रालयले तलब काट्ने गरी पत्र पठाएको रहेछ। मन्त्रालयभित्रै उषाको लडाइँ जारी थियो। २०४६ सालको आन्दोलन भयो। मार्सल जुलुम शाक्य मन्त्री भएर आए। मन्त्रीले नै प्रवक्ता बन्न आग्रह गरेपछि उषा आपूर्तिको प्रवक्ता समेत भइन्।

मन्त्रीलाई अनुरोध गरेपछि बिदा पनि अध्ययन बिदामै गाभियो। उनले पैसा र बिदा दुवै पाइन्। काम गर्दा चौतर्फी अप्ठ्यारो सामना गर्नुपरे पनि उषाले कहिल्यै हार मानिनन्। डटेरै लागिरहिन्। 

गृह मन्त्रालयको विपद् व्यवस्थापन र लागुऔषध सम्बन्धी महशाखा हेर्ने मुरारीराज शर्मा त्यहाँबाट सरुवा भए। उनैले आफ्नो ठाउँमा जान सुझाव दिएछन्। आपूर्तिमा सबैको तारो हुन थालेपछि उषालाई शर्माको सुझाव सही लाग्यो। 

त्यो थाहा पाएपछि उनी तत्कालीन गृहमन्त्री योगप्रसाद उपाध्यायलाई भेट्न गइन्। र, आफ्नो सरुवा त्यहाँ मागिन्। व्यक्तिगत चिनजान नभए पनि गृहमन्त्री शान्ता दिदीको नातेदार रहेछन्। उषाले सरुवा माग्दा 'सोचौंला, हेरौंला' भनेका गृहमन्त्रीले विराटनगर गएका बेला सोधेपछि उषाको दिदी शान्ताबाटै सबै जानकारी पाएछन्।

उषालाई गृहसचिवले बोलाएको खबर लिएर एकदिन आपूर्तिमै एक जना गृह-सहसचिव आए। अरु कर्मचारीले उषालाई जिस्क्याए, 'आपूर्तिको उपसचिवलाई बोलाउन गृह-सहसचिव आउने रहेछन्।'

त्यसपछि उषा गृहसचिव भक्तबहादुर कोइरालाकहाँ पुगिन्। उनलाई त्यहाँ नसोचेको प्रस्ताव आयो। प्रमुख जिल्ला अधिकारी लागि। 'गृहसचिवले हुन्छ/हुँदैन यहीँ भन्दिनुस् भन्नुभयो। मैले हुन्छ भनेँ,’ उषा त्यो दिन सम्झिन्छिन्।  

आपूर्ति र सामान्य प्रशासन मन्त्रालयको एउटै भवन थियो। खाजा खाने समय कर्मचारीहरु तल झर्थे। एक जना पुरुषले उषालाई जिस्क्याउँदै भनेछन्, 'अब हामीले फ्रक लगाए भइहाल्यो नि।'

उषाले सुरुमा बुझ्न सकिनन्। उनलाई प्रमुख जिल्ला अधिकारी बनाउन पहिले नै आपूर्तिबाट गृह मन्त्रालय सार्न चिठ्ठी सामान्य प्रशासनमा पुगिसकेको रहेछ। 

पछि उनले थाहा पाइन्, 'महिला नै सिडिओ हुन थालेपछि पुरुषले फ्रक लगाउनु परेन त' भनेर उनलाई गिज्याएका रहेछन्।

२०४६ सालको अन्त्यतिर जनकपुरमा सिडिओहरुको सम्मेलन हुँदै थियो। उनलाई सार्वजनिक गर्न त्यहाँ बोलाइएको रहेछ। किनकि उनले चिठ्ठी नै पाएकी थिइनन्। 

बेलुकासम्ममा टिभी र रेडियोबाट उनी सिडिओ भएको खबर भुसको आगोसरि फैलिइसकेको रहेछ। 'मलाई यति धेरै फोन आयो, सायद कोही प्रधानमन्त्रीलाई पनि त्यति फोन आउँदैन होला,' उनी त्यो ऐतिहासिक क्षणलाई स्मरण गर्छिन्, 'महिला सिडिओमा नियुक्ति भएको नयाँ विषय भएरै होला, मलाई त्यति धेरै फोन आएको।' 

उनलाई मानसिक रुपमा बागलुङका लागि तयार हुन भनियो। उनका लागि नयाँ अनुभव, नयाँ ठाउँ थियो। निर्वाचन नजिकिइरहेको हुनाले मन्त्रालयले आफू नजिक राखेर काममा सहयोग गर्ने योजना बनाएछ। त्यसपछि उनलाई भक्तपुर पठाइयो। 

यसरी उनले नेपालकै पहिलो महिला सिडिओको रुपमा भक्तपुरमा कार्यभार सम्हालिन्। 

गृहमन्त्री योगप्रसाद उपाध्यायसँग आफ्नो कतैबाट साइनो नलाग्ने उषा बताउँछिन्। तर, पत्रपत्रिकाले उनको र गृहमन्त्रीको साइनो मामा-भान्जी भनेर लेखिदिए। पछि उषा उनलाई मामा नै भन्न थालिन्। 'उहाँ (योगप्रसाद) ले आफ्ना भान्जा-भान्जीसँग भेट्दा मलाई 'मेरी सरकारी भान्जी' भन्दै मजाक गर्नुहुन्छ,' उषा सुनाउँछिन्।

भक्तपुरपछि उनको सरुवा बाँके भयो। विविध जाति समुदायको बसोबास भएकाले काम गर्न केही असहज थियो। 'महिला सिडिओ छ भनेर नचाहिने काम पनि लिएर आउँथे,' उनलाई सम्झना छ, 'अरु नै पठाउन सक्ने भिआइपीहरु भने खै किन हो आफैं आउँथे।'

बाँकेपछि उनी ललितपुरको जिम्मेवारी लिएर आइन्।

२०५१ सालमा कम्युनिस्टको सरकार आयो। त्यो बेला अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री थिए। उषाले सरुवा गर्ने हो भने म दुर्गम क्षेत्र जान्छु भन्ने प्रस्ताव सचिवसँग राखेकी रहिछन्। 

'एक मात्र महिला सिडिओलाई दुर्गम पठाए भर्खरै आएको सरकारको आलोचना हुने डर गृहमन्त्री ओलीलाई लागेछ, उहाँले मलाई कन्भिन्स गर्न धेरै कोसिस गर्नुभयो,' उनी भन्छिन्। 

दुर्गम नै जाने अठोट बनाएकी उषालाई त्यो पूरा गर्नु थियो। 'मेरो मन्त्रालयले मलाई नसोधी पठायो भने, जागिर खानुछ भने पक्कै जान्छु,' उनले गृहमन्त्री ओलीसँग भनेकी थिइन्, 'सुट गरेन भने जागिर नै छोडिदिन्छु। तर, सोध्छ भने म दुर्गम नै जाने हो।'

अन्ततः उनलाई सोलुखुम्बु पठाइयो। त्यसपछि मुस्ताङ र पर्सा पुगिन्। त्यहाँ करिब तीन महिना मात्रै बसिन् उनी। कमल थापा गृहमन्त्री भएपछि उनी दिल्लीको कार्यक्रममा गएका बेला सिरहा सरुवा भइसकेको रहेछ। 

त्यो प्रवृत्ति उनलाई ठिक लागेन। जागिर नै छोडिदिने मनसाय बनाइन्। दुई–तीन महिना त मन्त्रालयमै हाजिरी लगाएर बसिन्। उनी सिरहा नगएपछि काठमाडौंकै लागि सोधियो। काठमाडौं सिडिओ कार्यालयलाई कालेबाजेको सिट भनिएको थियो। उनी भन्छिन्, 'त्यही सम्झेर हुन्छ भनेँ।'

रिटायर्ड हुन केही महिना बाँकी थियो। भुटानी शरणार्थीको समस्या विकराल भएका बेला प्रमाणीकरणका लागि उनलाई टिमको नेतृत्व गर्दै झापा पठाइयो।

त्यहाँ काम गर्न थालेको सात दिन मात्रै भएको थियो, उनको जागिर गयो भनेर 'फ्याक्स'मार्फत सूचना आयो।

भएको के रहेछ भने एउटा पत्रिकाले उनले उमेर सच्याएको लेखेछ। त्यो समाचारलाई उनले वास्ता गरिनन् किनभने उनले उमेर छलेकी थिइन्। उनको फाइल अख्तियार पुगेपछि उनी त्यहीँ गइन्। न्याय मिल्ला जस्तो नभएपछि उनी कागजात लिएर वकिलकहाँ गइन्। र, अदालतमा निर्दोष भएको प्रमाणित गर्न फाइल पेस गरिन्।

'अन्ततः मुद्दा जितेँ। सर्वोच्चले सचिवलाई एक रुपैयाँ जरिवाना तिराउने फैसला सुनायो,' उनी भन्छिन्, 'सचिवज्यु कहिले अख्तियारको आयुक्त त कहिले कहाँको प्रमुख हुने भनेर खबर आउँथ्यो। त्यही जरिवानाका कारण उहाँ आयुक्त हुन पाउनुभएन।'

सरकारी सेवाबाट रिटायर्डपश्चात् पनि २०६४ को निर्वाचनमा निर्वाचन आयोगको आयुक्तमा नियुक्त भइन्। आयुक्त हुने पहिलो महिला पनि उनी नै बनिन्। 'आत्मसम्मान र इमानदारितामा अडिग रह्यो भने कति कुरामा गाह्रो पनि हुने रहेछ। तर, लामो समयपछि त्यसको प्रतिफल देखिँदो रहेछ,' उनको अनुभव छ।

उनलाई लाग्छ, ठाउँले पनि धेरै प्रभाव पार्दो रहेछ। कहिलेकाहीँ सोच्छिन्– विराटनगरमा नभएर जनकपुर वा अन्य कुनै ठाउँमा हुन्थेँ भने के हुन्थ्यो होला? अहिलेसम्म जति गरेँ, जहाँ पुगेँ, त्यत्तिका सफलता पाउँदिन थिएँ कि!

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्रीले संसद्मा जवाफ दिने दिन कहिले ?: सांसद राई मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्