• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

महिला सिडिओ बन्ने भएपछि पुरुषहरू गिज्याउँथे- अब हामीले फ्रक लगाए भयो

64x64
नेपाल लाइभ बुधबार, भदौ २५, २०७६  १३:०५
1140x725

काठमाडौं- नेपालको प्रथम महिला प्रमुख जिल्ला अधिकारी को हो?

सामान्य ज्ञानको यो प्रश्नको जवाफ सायद धेरैलाई थाहा हुनुपर्छ– उषा नेपाल।

पहिलोपटक प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुँदा धेरै पुरुषले उनलाई गिज्याउँदै भनेका थिए, 'अब हामीले पनि फ्रक लगाएर हिँड्नुपर्ने होला।'

के उनी सहजै सिडिओ बनेकी थिइन् त? 

पक्कै होइन। सफलताको कथा पढ्नुअघि उनको विगतको संघर्ष कोट्याउनु जरुरी छ। त्यही अभाव, अडान र संघर्षका कारण नै उषाले यो सफलता चुमेकी हुन्।

पढाइको भोक
महोत्तरीको एक सामान्य गाउँमा जन्मिएकी उषाको अक्षरयात्रा घरबाटै सुरु भएको थियो। बुवाले शिक्षकको व्यवस्था घरैमा गरिदिएपछि उनले चाँडै शिक्षा हासिल गर्न पाइन्। 

हजुरआमा बिरामी भएपछि उषाका परिवार भारतको बनारस गए। उनले त्यहीँ स्कुल जान थालिन्। हजुरआमा उतै बितेपछि भने नेपाल परिवार पुनः यतै फर्कियो। त्यसपछि जनकपुरमा उषाले आठ कक्षासम्म पढिन्। 

सानै उमेरमा बिहे गर्ने त्यो बेलाको चलन जस्तै थियो। उषाका लागि पनि विवाहको कुरा चल्यो। जबकि उनी १२/१३ वर्षकी मात्रै थिइन्। बनारसमा रहँदा उनमा एउटा छाप परेको थियो, जसरी हुन्छ पढ्नुपर्छ। उनले पढाइ नसकी बिहे नगर्ने अड्डी लिइन्। तर परिस्थिति बिहे गर्नैपर्ने खालको बनेपछि उनले सर्त राखिन्, बिहेपछि पनि पढ्ने। ससुराले बिएसम्म पढाउने वचन दिए।

Ncell 2
Ncell 2

बिहेपछि उषा विराटनगर आइन्। त्यहीँ प्राइभेटबाट थप पढाइ जारी रह्यो। बालिका माध्यमिक विद्यालयबाट एसएलसी पास गरिन्।

एसएलसी सफलताको केही महिनामै उषाको जीवनमा ठूलो बज्रपात आइपर्‍यो। डुंगा दुर्घटनामा श्रीमान्‌को निधन भयो। निराशापूर्ण रंगहीन एक वर्ष जसोतसो कटाइन्। त्यसपछि बिस्तारै उनमा पढाइको भोक सुरु भयो। विराटनगरमा रात्रिकालीन कलेज भए पनि बुहारी भएकै कारण उनले पढ्न पाइनन्। बरु बनारसबाट प्राइभेटमा आइए पास गरिन्।

उनकी 'किताबको किरो' थिइन्। जुनसुकै अवस्थामा पनि नपढी नहुने। आइएपछि उनी बनारसमै होस्टेल बसिन्। त्यहीँ बसेर बनारस हिन्दु विश्वविद्यालयबाट बिए उत्तीर्ण गरिन्। बल्ल उनले बिहेअघि राखेको सर्त पूरा भएको थियो।

बिए सकेर विराटनगर फर्किएकी उषाले पढाउन सुरु गरिन्। 'जुन विद्यालयबाट एसएलसी दिएकी थिएँ, त्यहीँ शिक्षण सुरु गरेँ,' उनलाई सम्झना छ, 'त्यहाँ लगभग एक वर्ष पढाएँ।'

उनको घरमा पाहुना टुट्दैनथे। जसले पनि पढाइबारे चासो राख्ने भएकाले उनलाई थप हौसला मिलेको थियो। 

'परिवारको अन्य सदस्यले मलाई पढाउन त्यति रुचि देखाएका थिएनन्,' उनी भन्छिन्, 'तर, त्यहाँको वातावरणले काम गर्‍यो। मैले बिए पास गरेपछि त सबैले मेरो ससुरालाई 'तपाईंले राम्रो काम गर्नुभयो' भनेर प्रशंसा गर्थे।'

ससुराले उनको सर्त त पूरा गरिदिएका थिए। तर उषालाई एमए पढ्ने हुटहुटी जाग्यो। पढाएर मात्रै समय कटाउन मन थिएन।  एउटै प्रश्नले लखेटिरहन्थ्यो उनलाई– मैले कसरी एमए गर्ने?

पत्रिकामा आँखा डुलाउँदै गर्दा भारतबाट दिइने छात्रावृत्तिका लागि गोरखापत्रमा सूचना छापिएको देखिन्। 'ढुंगा खोज्दा देउता मिल्यो' भनेझैं तत्कालै उनले फाराम भर्ने निर्णय गरिन्। तर, घरमा कसैलाई थाहा दिइनन्।

परीक्षा दिन काठमाडौं जानुपर्ने थियो। घरबाट नागरिकता झिक्नसमेत उनलाई निकै अफ्ठेरो भयो। 'स्कुलको टिफिन टाइममा साहस जुटाएर घर गएँ। र, नागरिकता झिकेर ल्याएँ,' उनी भन्छिन्। 

ससुरालाई सबैले चिन्ने भएकाले त्यो खबर उनको कानसम्म पुगिहाल्यो। त्यसपछि उषालाई केरकार गरियो। 

परिवारलाई झुक्याएर फाराम भरेकी उनले नागरिकता झिक्न पनि चुक्ली लगाउनुपर्‍यो। अब बाँकी थियो काठमाडौं कसरी जाने भन्ने चुनौती। धन्न, सासूको गोलीगाँठोमा देखिएको समस्याले उनका लागि माध्यम बन्यो। सासूलाई उपचारका लागि काठमाडौं लानुपर्ने भयो। साथमा रेखदेखका लागि भन्दै उनी नै अघि सरिन्। सासूको उपचार चलिरहेको थियो। फुत्त निस्किएर सरस्वती सदन पुगेकी उनले परीक्षा दिएर फर्किइन्।

मेहनत र संघर्षको प्रतिफल, उनको नाम निस्कियो। कन्फर्नमेसन लेटर र टिकट घरमै पुग्यो। तबमात्रै उनले भूमिगत शैलीमा गरेको कामको पोल खुल्यो। घरमा उनलाई रोक्ने प्रयासमा थिए, सबै सदस्य। किनकि घरबाट टाढा जान नदिने पक्षमा थिए उनीहरु।

तर शान्ता घिमिरेले दिएको सल्लाहले उषामा आँट भरियो। नातामा शान्ता उनकी दिदी थिइन्। 'उहाँले नै बोल्ड डिसिजनका लागि साहस भरिदिनुभयो,' उनी भन्छिन्, 'अहिले चुकिस् भने घरको भान्से बाहुनी हुन्छेस् भन्नुभयो। उहाँको कुराले छोएपछि जिद्दी गरेरै काठमाडौं आएँ।'

सुशीला कोइराला (बिपीपत्नी) काठमाडौंमा थिइन्। बनारसमा बिए पढ्दा सुशीलासँग उषाको भेट भइरहन्थ्यो। छात्रवृत्तिका लागि पढ्न पटना जानुअघि उषाले सुशीलालाई भेटिन्, न्युरोडमा। त्यहीबेला कुरा हुँदा उनले सबै कुरा बताइन्। त्यही दिन ३ बजेको फ्लाइट भएकाले राति पुग्दा समस्या हुने पनि सुनाइन्।

त्यसपछि सुशीलाले एउटा खाम थमाइन्। त्यो चिठी रहेछ बिपीका साथी देवेन्द्रबाबुको। पटना पुगेपछि देवेन्द्र नै उषाको अभिभावक बने। त्यतिबेला उनी उषा पढ्ने पटना विश्वविद्यालय कमिसनको हेड रहेछन्। 

भोलिपल्ट बिहान भर्नाको काम सकेपछि उषा होस्टेल सरिन्। 

पहिलेदेखि नै पढाइमा रुचि राख्ने उनको सर्त ससुराले बिएसम्म पूरा गरिदिए। त्यसपछि आफ्नै आँट र लगावले एमए पूरा गरिन्। पढाइको भोक सकेपछि उनी पुन: विराटनगर नै फर्किइन्। 

जागिरका उतारचढाव
त्यसबेला विराटनगरमा अंग्रेजी माध्यमबाट पढाइ हुने स्कुल थिएनन्। यही अभाव महसुस गरेकी उषाले साझेदारीमा अंग्रेजी माध्यमबाट पढाइ हुने स्कुल स्थापना गरिन्। तर, एक–डेढ वर्षमा नै किचलो हुन थाल्यो। उनलाई कसरी फुत्किऊँ भइरहेका बेला काठमाडौंको त्रिचन्द्र क्याम्पसमा मनोविज्ञानको शिक्षक आवश्यक रहेको थाहा पाइन्। छात्रवृत्तिबाट एमए गरेकाले सरकारले पठाएको ठाउँमा खट्नुपर्थ्यो। उषालाई काठमाडौं ल्याउन मन्त्रालयबाट उनका शुभचिन्तकले अञ्चलाधीशलाई पत्र पठाएछन्। घरपरिवारले नकार्दा समेत आफ्नै जिद्दीले उनी काठमाडौं आइन् र, त्रिचन्द्र पढाउन थालिन्।

यहीबीच उपचारका क्रममा ससुराको निधन भयो। त्यसपछि परिवारको अभिभावकत्व उनको काँधमा आइलाग्यो। त्रिचन्दको कमाइले मात्र नपुग्ने भएपछि रत्न राज्यलक्ष्मी क्याम्पसमा पार्ट टाइम पढाउन थालिन्। लगभग चार वर्षपछि उनको यात्रा महिला प्रशिक्षण केन्द्रतर्फ मोडियो। केन्द्रमा जानु पनि उषाको जीवनमा एक संयोग थियो। 

साथी उषा ढुंगानासँग एकदिन गृह तथा पञ्चायत मन्त्रालय जाँदा उनको विषय (मनोविज्ञान) पढेको मानिस चाहिएको रहेछ। यत्तिकैमा उनले निवेदन दिएर आइन्। लगत्तै केही दिनमै जागिर मिलिहाल्यो।

यसरी तीन वर्ष ललितपुरका रहेको केन्द्रमा काम गरिन्। त्यसपछि उनको सरुवा धनकुटाको प्रशिक्षण केन्द्रमा भयो। 

प्रशिक्षण केन्द्र पञ्चायतको अखडा थियो। त्यसैले उनका शुभेच्छुकले त्यता गएको मन पराएनन्। क्षेत्रीय प्रशिक्षण केन्द्र धनकुटाका प्रिन्सिपल पिएचडी गर्न हिँडेपछि उनको ठाउँ रिक्त भएको रहेछ। राजा सवारी हुने अड्डामा मान्छे नभएपछि उषालाई नै त्यो जिम्मेवारी दिएर बोलाइयो।

त्यहाँ पुगेपछि हरेक काम गर्दा आफैले निर्णय लिन सजिलो भयो उनलाई। काम राम्रो हुन थाल्यो। उनकै पहलमा नयाँनयाँ कार्यक्रम पनि सुरु भए। त्यहीँ हुदाँ उनी छात्रवृत्तिमा पढ्न बेलायत पनि गइन्। 

आठ वर्ष प्रशिक्षण केन्द्रमा काम गरेपछि उनलाई त्यहाँ बसिरहन मन लागेन। आपूर्ति मन्त्रालयमा सरुवा मागिन्। त्यसबेला अमेरिकाको हबर्ट एच हम्फ्रे फेलोसिपका लागि आवेदन खुलेको थियो। मन्त्रालयका सचिव सन्तबहादुर राईबाट अनुमति पाएपछि उनले छात्रवृत्तिका लागि परीक्षा दिइन्। नाम पनि निस्कियो। राईको अर्को मन्त्रालयमा सरुवा भएपछि भने उषालाई पढ्न जानका लागि रोक्न खोजियो। 

'अमेरिका उड्ने मिति नजिकिँदै थियो। मेरा केही विरोधीले सचिवलाई उचालेर बिदा नै काटिदिएछन्,' उनी सम्झिन्छिन्, 'त्यसको परवाह नगरी म अमेरिका उडेँ। तर, मन्त्रालयले बिदा रद्द भएको पत्र अमेरिका नै पठाएछ।' 

अध्ययन बिदा लिएको मन्त्रालयले तलब काट्ने गरी पत्र पठाएको रहेछ। मन्त्रालयभित्रै उषाको लडाइँ जारी थियो। २०४६ सालको आन्दोलन भयो। मार्सल जुलुम शाक्य मन्त्री भएर आए। मन्त्रीले नै प्रवक्ता बन्न आग्रह गरेपछि उषा आपूर्तिको प्रवक्ता समेत भइन्।

मन्त्रीलाई अनुरोध गरेपछि बिदा पनि अध्ययन बिदामै गाभियो। उनले पैसा र बिदा दुवै पाइन्। काम गर्दा चौतर्फी अप्ठ्यारो सामना गर्नुपरे पनि उषाले कहिल्यै हार मानिनन्। डटेरै लागिरहिन्। 

गृह मन्त्रालयको विपद् व्यवस्थापन र लागुऔषध सम्बन्धी महशाखा हेर्ने मुरारीराज शर्मा त्यहाँबाट सरुवा भए। उनैले आफ्नो ठाउँमा जान सुझाव दिएछन्। आपूर्तिमा सबैको तारो हुन थालेपछि उषालाई शर्माको सुझाव सही लाग्यो। 

त्यो थाहा पाएपछि उनी तत्कालीन गृहमन्त्री योगप्रसाद उपाध्यायलाई भेट्न गइन्। र, आफ्नो सरुवा त्यहाँ मागिन्। व्यक्तिगत चिनजान नभए पनि गृहमन्त्री शान्ता दिदीको नातेदार रहेछन्। उषाले सरुवा माग्दा 'सोचौंला, हेरौंला' भनेका गृहमन्त्रीले विराटनगर गएका बेला सोधेपछि उषाको दिदी शान्ताबाटै सबै जानकारी पाएछन्।

उषालाई गृहसचिवले बोलाएको खबर लिएर एकदिन आपूर्तिमै एक जना गृह-सहसचिव आए। अरु कर्मचारीले उषालाई जिस्क्याए, 'आपूर्तिको उपसचिवलाई बोलाउन गृह-सहसचिव आउने रहेछन्।'

त्यसपछि उषा गृहसचिव भक्तबहादुर कोइरालाकहाँ पुगिन्। उनलाई त्यहाँ नसोचेको प्रस्ताव आयो। प्रमुख जिल्ला अधिकारी लागि। 'गृहसचिवले हुन्छ/हुँदैन यहीँ भन्दिनुस् भन्नुभयो। मैले हुन्छ भनेँ,’ उषा त्यो दिन सम्झिन्छिन्।  

आपूर्ति र सामान्य प्रशासन मन्त्रालयको एउटै भवन थियो। खाजा खाने समय कर्मचारीहरु तल झर्थे। एक जना पुरुषले उषालाई जिस्क्याउँदै भनेछन्, 'अब हामीले फ्रक लगाए भइहाल्यो नि।'

उषाले सुरुमा बुझ्न सकिनन्। उनलाई प्रमुख जिल्ला अधिकारी बनाउन पहिले नै आपूर्तिबाट गृह मन्त्रालय सार्न चिठ्ठी सामान्य प्रशासनमा पुगिसकेको रहेछ। 

पछि उनले थाहा पाइन्, 'महिला नै सिडिओ हुन थालेपछि पुरुषले फ्रक लगाउनु परेन त' भनेर उनलाई गिज्याएका रहेछन्।

२०४६ सालको अन्त्यतिर जनकपुरमा सिडिओहरुको सम्मेलन हुँदै थियो। उनलाई सार्वजनिक गर्न त्यहाँ बोलाइएको रहेछ। किनकि उनले चिठ्ठी नै पाएकी थिइनन्। 

बेलुकासम्ममा टिभी र रेडियोबाट उनी सिडिओ भएको खबर भुसको आगोसरि फैलिइसकेको रहेछ। 'मलाई यति धेरै फोन आयो, सायद कोही प्रधानमन्त्रीलाई पनि त्यति फोन आउँदैन होला,' उनी त्यो ऐतिहासिक क्षणलाई स्मरण गर्छिन्, 'महिला सिडिओमा नियुक्ति भएको नयाँ विषय भएरै होला, मलाई त्यति धेरै फोन आएको।' 

उनलाई मानसिक रुपमा बागलुङका लागि तयार हुन भनियो। उनका लागि नयाँ अनुभव, नयाँ ठाउँ थियो। निर्वाचन नजिकिइरहेको हुनाले मन्त्रालयले आफू नजिक राखेर काममा सहयोग गर्ने योजना बनाएछ। त्यसपछि उनलाई भक्तपुर पठाइयो। 

यसरी उनले नेपालकै पहिलो महिला सिडिओको रुपमा भक्तपुरमा कार्यभार सम्हालिन्। 

गृहमन्त्री योगप्रसाद उपाध्यायसँग आफ्नो कतैबाट साइनो नलाग्ने उषा बताउँछिन्। तर, पत्रपत्रिकाले उनको र गृहमन्त्रीको साइनो मामा-भान्जी भनेर लेखिदिए। पछि उषा उनलाई मामा नै भन्न थालिन्। 'उहाँ (योगप्रसाद) ले आफ्ना भान्जा-भान्जीसँग भेट्दा मलाई 'मेरी सरकारी भान्जी' भन्दै मजाक गर्नुहुन्छ,' उषा सुनाउँछिन्।

भक्तपुरपछि उनको सरुवा बाँके भयो। विविध जाति समुदायको बसोबास भएकाले काम गर्न केही असहज थियो। 'महिला सिडिओ छ भनेर नचाहिने काम पनि लिएर आउँथे,' उनलाई सम्झना छ, 'अरु नै पठाउन सक्ने भिआइपीहरु भने खै किन हो आफैं आउँथे।'

बाँकेपछि उनी ललितपुरको जिम्मेवारी लिएर आइन्।

२०५१ सालमा कम्युनिस्टको सरकार आयो। त्यो बेला अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री थिए। उषाले सरुवा गर्ने हो भने म दुर्गम क्षेत्र जान्छु भन्ने प्रस्ताव सचिवसँग राखेकी रहिछन्। 

'एक मात्र महिला सिडिओलाई दुर्गम पठाए भर्खरै आएको सरकारको आलोचना हुने डर गृहमन्त्री ओलीलाई लागेछ, उहाँले मलाई कन्भिन्स गर्न धेरै कोसिस गर्नुभयो,' उनी भन्छिन्। 

दुर्गम नै जाने अठोट बनाएकी उषालाई त्यो पूरा गर्नु थियो। 'मेरो मन्त्रालयले मलाई नसोधी पठायो भने, जागिर खानुछ भने पक्कै जान्छु,' उनले गृहमन्त्री ओलीसँग भनेकी थिइन्, 'सुट गरेन भने जागिर नै छोडिदिन्छु। तर, सोध्छ भने म दुर्गम नै जाने हो।'

अन्ततः उनलाई सोलुखुम्बु पठाइयो। त्यसपछि मुस्ताङ र पर्सा पुगिन्। त्यहाँ करिब तीन महिना मात्रै बसिन् उनी। कमल थापा गृहमन्त्री भएपछि उनी दिल्लीको कार्यक्रममा गएका बेला सिरहा सरुवा भइसकेको रहेछ। 

त्यो प्रवृत्ति उनलाई ठिक लागेन। जागिर नै छोडिदिने मनसाय बनाइन्। दुई–तीन महिना त मन्त्रालयमै हाजिरी लगाएर बसिन्। उनी सिरहा नगएपछि काठमाडौंकै लागि सोधियो। काठमाडौं सिडिओ कार्यालयलाई कालेबाजेको सिट भनिएको थियो। उनी भन्छिन्, 'त्यही सम्झेर हुन्छ भनेँ।'

रिटायर्ड हुन केही महिना बाँकी थियो। भुटानी शरणार्थीको समस्या विकराल भएका बेला प्रमाणीकरणका लागि उनलाई टिमको नेतृत्व गर्दै झापा पठाइयो।

त्यहाँ काम गर्न थालेको सात दिन मात्रै भएको थियो, उनको जागिर गयो भनेर 'फ्याक्स'मार्फत सूचना आयो।

भएको के रहेछ भने एउटा पत्रिकाले उनले उमेर सच्याएको लेखेछ। त्यो समाचारलाई उनले वास्ता गरिनन् किनभने उनले उमेर छलेकी थिइन्। उनको फाइल अख्तियार पुगेपछि उनी त्यहीँ गइन्। न्याय मिल्ला जस्तो नभएपछि उनी कागजात लिएर वकिलकहाँ गइन्। र, अदालतमा निर्दोष भएको प्रमाणित गर्न फाइल पेस गरिन्।

'अन्ततः मुद्दा जितेँ। सर्वोच्चले सचिवलाई एक रुपैयाँ जरिवाना तिराउने फैसला सुनायो,' उनी भन्छिन्, 'सचिवज्यु कहिले अख्तियारको आयुक्त त कहिले कहाँको प्रमुख हुने भनेर खबर आउँथ्यो। त्यही जरिवानाका कारण उहाँ आयुक्त हुन पाउनुभएन।'

सरकारी सेवाबाट रिटायर्डपश्चात् पनि २०६४ को निर्वाचनमा निर्वाचन आयोगको आयुक्तमा नियुक्त भइन्। आयुक्त हुने पहिलो महिला पनि उनी नै बनिन्। 'आत्मसम्मान र इमानदारितामा अडिग रह्यो भने कति कुरामा गाह्रो पनि हुने रहेछ। तर, लामो समयपछि त्यसको प्रतिफल देखिँदो रहेछ,' उनको अनुभव छ।

उनलाई लाग्छ, ठाउँले पनि धेरै प्रभाव पार्दो रहेछ। कहिलेकाहीँ सोच्छिन्– विराटनगरमा नभएर जनकपुर वा अन्य कुनै ठाउँमा हुन्थेँ भने के हुन्थ्यो होला? अहिलेसम्म जति गरेँ, जहाँ पुगेँ, त्यत्तिका सफलता पाउँदिन थिएँ कि!

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य आइतबार, असोज २६, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने खतरा छ : सञ्चारमन्त्री खरेल आइतबार, असोज २६, २०८२
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
माओवादीसँगको एकताबारे विवाद हुँदा नेकपा एसको बैठक भोलिका लागि सारियो शनिबार, असोज २५, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
दूतावासहरूमा गएर मन्त्री र पद मागिएको जेनजी २.० समूहको दाबी, असली जेनजीको  बदनाम नगर्न चेतावनी शनिबार, असोज २५, २०८२
राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि जेनजीसँग बैठक सोमबारलाई सर्‍यो शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्