काठमाडौं– आइतबार एउटा दुःखत संयोग भएको छ। दुई जनाले भीरबाट खसेर तथा एक जना खटबाट लडेर ज्यान गुमाएका छन्।
धनुषामाघर बनाउने क्रममा बाँसको खटबाट लडेर गणेशमान चारनाथ नगरपालिका–६ गोदार बस्ने ७० बर्षीय रफिक नदाफको मृत्यु भएको छ । सबैला नगरपालिका–१३ ढोलबजारमा घर बनाउने क्रममा आइतबार बाँसको खटबाट लडेर गम्भीर घाइते भएका नदाफको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
उता रुकुममा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ। बाँफिकोट गाउँपालिका–२ बस्ने ४५ बर्षीय कालिबहादुर खत्री लडेर मृत्यु भएको अवस्थामा फेला परेका हुन्। शनिबार घरबाट अंदाजी ७ घण्टा टाढा रहेको भैसी बाध्ने गोठ असदीको लेकतर्फ गएका उनलाई भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो।
त्यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका–२ चुनीया बस्ने ३० बर्षीय हरीकृष्ण खड्काको लडेर मृत्यु भएको छ। शनिबार घरबाट हिडेका उनी घर नफर्कीएपछि खोजतलास गर्दा आइतबार सोही ठाउँको भिरको बाटोबाट तल खसेर मृत्यु भएको अवस्थामा फेला परेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।