• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

एनसिसीका पूर्वअध्यक्ष शाहविरुद्ध कोरियाको अदालतमा मुद्दा दायर

किन मुद्दा हाले राजेन्द्र मल्लले?
64x64
नेपाल लाइभ बिहीबार, भदौ १९, २०७६  १९:३३
1140x725

सोल (कोरिया)- रकम तिर्न अटेरी गरेको भन्दै एक नेपालीले नेपालीविरुद्ध नै कोरियाको अदालतमा मुद्दा दर्ता गरेका छन्। नेपाली सम्पर्क समिति (एनसिसी) दक्षिण कोरियाका पूर्व अध्यक्ष प्रेम शाहले ४ वर्षअघि लिएको रकम तिर्न अटेर गरेको भन्दै बाजुराका राजेन्द्र मल्लले इलसान अदालतमा मुद्दा दर्ता गरेका हुन्।

व्यावसायिक साझेदार बनाउन भन्दै शाहले पटकपटक गरी आफूसँग १३ लाख ५० हजार नेपाली रुपैयाँ लिएको मल्लले बताएका छन्। अदालतमा मुद्दा दर्ता गर्नुअघि उनले प्रहरीमा उजुरी गरेका थिए। प्रहरीको बयानमा शाहले सबै रकम तिरिसकेको झुटो बयान दिएका थिए। शाहले आफूले नै हवाई टिकट काटेर मल्ललाई नेपाल पठाएको बयान दिए पनि त्यो झुटो साबित भएको थियो। मल्लले आफैले टिकट काटेर नेपाल फर्किएको भन्दै प्रहरीलाई हवाई टिकट नै बुझाएका थिए। 

प्रहरीले शाहलाई पोलिग्राफ टेस्ट गर्ने तयारी गरे पनि उनले अस्विकार गरेका थिए। उक्त उजुरीका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। 

अदालतमा शाह विरुद्धमा दुई मुद्दा दर्ता भएका छन्। पहिलो– व्यवसायमा साझेदार बनाउँछु भन्दै लिएको रकम फिर्ता नगरेको। दोस्रो– कोरियन महिलासँग अदालती विवाह (कोर्ट म्यारिज) गराइदिन्छु भन्दै मल्लबाटै रकम लिएर ठगेको। 

शाहले आफ्नो होटल व्यवसायमा साझेदार बनाएर आम्दानी बराबर गर्ने सहमतिमा रकम लिएको मल्लको दाबी छ। त्यसबेला मल्ल इपिएस कामदार थिए। मेरो भिसा सकिएपछि बिजनेस भिसामा परिणत गराई सँगै व्यवसाय गर्ने भनी शाहले उक्त रकम लिएका हुन्, उनले भने। तर पछि शाहले भिसा परिवर्तन गर्न नसकिने जवाफ दिएका थिए। 

कोर्ट म्यारिजका लागि मल्लले पठाएको २ लाखको रसिद

पाँचवर्षे इपिएस भिसा सकिएर नेपाल फर्किएका मल्लले आफूसँग लिएको रकम फिर्ता गर्न निरन्तर ताकेता गरे पनि फिर्ता नपाएको सुनाए। पैसा फिर्ता गर्नुको साटो शाहले एक कोरियाली महिलासँग कोर्ट म्यारिज गराइदिने भन्दै प्रपञ्च रच्न थाले। शाहले कोरियन महिलाको तस्बिर समेत पठाएर स्विकृति मागेका थिए। उक्त कुरा प्रहरीलाई मल्लले बुझाएको दुवै जनाको फेसबुक वार्तालापबाट खुलेको छ। 

मल्ल कोरियाली महिलासँग कोर्ट म्यारिज गर्न राजी भएपछि शाहलाई २ लाख रुपैयाँ पठाइदिए। त्यसपछि भने शाह नै सम्पर्कविहीन भएको उनी बताउँछन्।

मल्लले निरन्तर आफ्नो पैसाको ताकेता गरेपछि शाहले समयावधि दिँदै झुलाउँदै आएका थिए। ‘हप्तामा तिर्छु। एक महिनामा तिर्छु भन्दै टारे। तर दिएनन्,’ मल्लले नेपाल लाइभसँग भने। 

Ncell 2
Ncell 2
nimb
nimb

मल्लले विदेशमा नेपालीबाट ठगिएकाहरुको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पनि परामर्श लिएका थिए। सिआइबीले कोरियाबाटै न्याय खोज्न सुझाव दिएपछि मल्ल पर्यटक भिसामा कोरिया फर्किए।

उक्त समस्याका विषयमा २ वर्षअघि अर्जुनजंग बहादुर सिंह राजदूत रहँदा सोलस्थित नेपाली दूतावासमा लिखित निवेदन दिए पनि दूतावासले कुनै सुनुवाइ नगरेको मल्लको गुनासो छ।

उक्त मुद्दामा अदालतले शाहले रकम नतिरेको तथा झुटो बोलेको ठहर भएमा तिर्नुपर्ने सम्पूर्ण रकमसहित जरिवाना गरी नेपाल डिपोर्ट गर्ने कानुनी व्यवस्था रहेको मल्लको पक्षमा बहस गरिरहेका वकिलले बताए। 

मल्लले कानुनी उपचारका क्रममा खर्च भएको सम्पूर्ण रकम सहित २० लाख नेपाली रुपैयाँ बराबरको क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन्।

Xtrem

Xtrem
व्यावसायिक साझेदारीका लागि भन्दै गरिएको कागज

पुर्ख्यौली घर बाजुरा भएका शाहका परिवार कैलाली बसाइँ सरेको थियो। इपिएसमार्फत कोरिया गएका उनले भिसा परिवर्तन गरी बिजनेस भिसा गरेका थिए। एनसिसीका एक पूर्व पदाधिकारीले शाह हुन्डी कारोबारमा समेत संम्लग्न रहेको आरोप लगाए। फाजुस्थित कुम्छनमा अन्नपूर्ण रेस्टुरेन्ट सञ्चालनमा ल्याएका उनी हाल उक्त रेस्टुरेन्ट बिक्री गरी मार्ट सञ्चालनको तयारीमा छन्। 

एनसिसी अध्यक्ष हुँदा १ करोड २२ लाख वन हिनामिना
एनसिसी कोरियाका निवर्तमान अध्यक्ष समेत रहेका शाहले मुख्य नेतृत्वमा रहँदा संस्थाको १ करोड २२ लाख वन अनियमितता गरेको एनसिसी कोरियाले जनाएको थियो। 

गत वर्ष अगस्ट २१ मा संस्थाको अध्यक्ष अञ्जु केसीले जारी गरेको विज्ञप्तिमा संस्थाका निवर्तमान अध्यक्षले संस्थाका महत्वपूर्ण कागजातसमेत जफत गरी १ करोड २२ लाख वन रकम संस्थालाई नबुझाएको उल्लेख छ। विज्ञप्तिमा ‘निजलाई ताकेता गरी हिसाब बुझाउन आग्रह गर्दा, आफू समस्यामा रहेको भन्दै आलटाल गरिरहेको र सम्पर्कमा नआएको’ भनिएको छ। 

एनसिसीको विज्ञप्ति

त्यतिबेला पनि शाहले संस्थाले भने जति रकम आफूले हिनामिना नगरेको भन्दै बचाउ गरेका थिए। आफू ३५ लाख वन मात्र तिर्न तयार भएका शाहले एनसिसीले विज्ञप्ति प्रकाशित गरेको एक वर्ष बितिसक्दा पनि संस्थालाई रकम नबुझाएको अध्यक्ष केसीले बताइन्। 

यी दुवै विषयमा प्रतिक्रिया लिँदा शाहले अदालतमा विचाराधीन मुद्दामा आफू नबोल्ने बताए। नेपाली सम्पर्क समितिको आर्थिक हिनामिनाको विषयमा भने आफूले संस्थालाई सबै रकम बुझाइसकेको उनको दाबी छ। 

‘मैले एनसिसी कोरियालाई तिर्नुपर्ने सम्पूर्ण रकम तिरिसकेकाले संस्थासँग कुनै पनि हिसाबकिताब बाँकी छैन, सबै क्लियर भइसक्यो, उनले भने, यस विषयमा संस्थासँग नै सोध्नुस्।’

नेपाल सम्पर्क समिति नेपाली समुदायले कोरियामा गठन गरेको पहिलो संस्था हो। नेपाली दूतावास कोरियामा नभएको समयमा नेतृत्वदायी भूमिका यही संस्थाले निर्वाह गरेको थियो। नेपालीहरुको पासपोर्ट जापान पठाई नवीकरण गर्न यसै संस्थामार्फत सहजीकरण हुने गरेको थियो।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६  १९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत र... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्