इस्लामावाद- पाकिस्तानको उत्तर-पश्चिमी स्वात जिल्लाको एक सैनिक शिविरमा शनिबार राति भएको आतंककारी आक्रमणमा परी कम्तीमा पनि ११ सैनिकको ज्यान गएको छ।
मारिनेमा केही सैन्य उच्च अधिकारी पनि परेका छन्। पाकिस्तानको राष्ट्रिय सेनाले आइतबार बिहान सो जानकारी दिएको हो। उक्त आक्रमणको पाकिस्तानी तालिबानले जिम्मेवारी लिएको छ।
उक्त सैन्य शिविरमा तालिबान विद्रोहीले रातको समय पारेर हमला गरेका थिए। आक्रमणमा परी कैयौं सैनिक गम्भीर घाइते भएका छन्। अस्पताल स्रोतले कैयौं घाइतेको अवस्था अत्यन्तै गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाएको छ।
पाकिस्तानी प्रधानमन्त्री सइद खक्वान अब्बासीले उक्त हमलाको निन्दा गरेका छन्। उनले आक्रमणकारीलाई कानुनी कारबाहीको दायरामा ल्याइने समेत बताएका छन्। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।