• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

प्राइभेट कारमा कसले पुर्‍यायो चिनियाँ ह्याकरलाई होटल? द्वारिकाबाट कहाँ गायब भए २ चिनियाँ?

64x64
नेपाल लाइभ मंगलबार, भदौ १७, २०७६  १८:५३
1140x725

काठमाडौं- नेपालमा भएको एटिएम ह्याकिङ काण्डले बैंकिङ सुरक्षा प्रणालीमा ठूलो खतरा भएको औंल्याएको छ।

बैंकको सिस्टम नै बाइपास गरेर ७ बैंकको १ करोड ८९ लाख रुपैयाँ ह्याक गरी निकाल्दा त्यसको सुइकोसम्म कुनै पनि बैंकले पाउन सकेका थिएनन्। ह्याक भएको अलर्ट नै नभई ठूलो मात्रामा पैसा बाहिरिएपछि राष्ट्र बैंकले समेत चासो राख्दै छानबिन टोली बनाएको छ। 

एटिएम ह्याकिङ प्रकरणमा पक्राउ गरेका फ्रान्सेली नागरिक छु लुई, चिनियाँ नागरिकहरू लिन जैनमेङ, लिओ जाइलेइ, सु लायङगाङ, क्यु युनक्विङ, चेन बिनबिन र मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीमाथि पनि प्रहरीले भने अनुसन्धान सुरु गरेको छ। 

नेपाली नागरिक वा नेपालमा रहेका चिनियाँ नागरिक बिना रातारात एटिएम ह्याक गर्न सम्भव छ/छैन? ह्याक गरेर निकालिएको रकम कुन माध्यमबाट बाहिर पठाउन लागिएको थियो? कसरी ह्याक गर्न सम्भव भयो? यस्ता कुराको अनुसन्धान प्रहरीले गरिरहेको बताएको छ। धेरै कुरा खुल्न बाँकी नै रहे पनि प्रारम्भिक अनुसन्धानका क्रममा भने केही कुरा खुल्न थालेका छन्। 

द्वारिका होटलबाट कहाँ गायब भए २ चिनियाँ?
चिनियाँ मूलका नागरिक दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथमा धेरै पटक ओहोरदोहोर गरिरहेका थिए। निकै शंकास्पद गतिविधि गरेपछि त्यहाँका सुरक्षा गार्डलाई शंका लागेर सम्बन्धित बैंकलाई खबर गरेका थिए। बैंकले शनिबार दिउँसो ४ बजेर १५ मिनेटमा उक्त शंकास्पद गतिविधिबार प्रहरीलाई खबर गरेको थियो।

उक्त खबरपश्चात् महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होबिन्द्र बोगटीको नेतृत्वको टोली दरबारमार्ग पुग्दा साढे ४ बजिसकेको थियो। पैसा निकाल्दै गरेको पाइएपछि प्रहरीले चिनियाँ नागरिक सु लायङगाङलाई पक्राउ गर्यो। 

त्यसबेला उनको हातमा ४५ हजार रुपैयाँको बिटो थियो। प्रहरीले उनको झोलामा २० वटा नक्कली एटिएम फेला पार्‍यो भने खल्तीमा माया मनोहर होटलको रुम नम्बर ६०२ को चाबी फेला पर्‍यो। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रहरीको उक्त गतिविधि बुथकै वरपर लुकेर बसेका चिनियाँले थाहा पाइसकेका थिए। त्यसपछि उनीहरू जति छिटो होटल पुगेर भाग्ने तयारी थिए। 

यता प्रहरी भने चाबी फेला परेपछि पक्कै अरू पैसा पनि निकालेर होटलमा राखेको अनुमान गर्दै ४ बजेर ४५ मिनेटमा माया मनोहर होटल पुगेको थियो। त्यतिबेला ४ जना चिनियाँ नागरिक २ वटा सुटकेश र ३ वटा झोला लिएर तल झर्दै थिए। ‘हामीले उनीहरुले त्यही रोक्यौ र कोठाभित्र लगेर सुटकेश खोलेर हेर्दा ठूलो पैसा फेला पर्‍यो,’ डिएसपी होबिन्द्र बोगटी बताउँछन्। 

प्रहरीले त्यसबेला रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५, अमेरिकी डलर ९ हजार १ सय ८, चिनियाँ युआन १ हजार १९१, कम्बोडियन रियल ५ हजार, र हङकङ डलर ८०, नक्कली भिजा कार्ड १३२ थान, १७ थान सक्कली भिजाकार्ड, कार्ड प्रिन्टर मेसिन एक थान, मोबाइल ६ थान र ल्यापटप एक थान बरामद गरेको थियो। 

दोस्रो तलामा बस्ने ३ जना भने प्रहरी आउनुभन्दा झन्डै ३ मिनेट अगाडि ४ बजेर ४२ मिनेटमा होटलबाट बाहिरिएको सिसी टिभी फुटेजमा देखिन्छ।

होटलबाट बाहिरिएका उनीहरू केशरमहलसम्म पुगेको सिसी टिभी फुटेजमा देखिन्छ। त्यसपछि भने लाइन गएकाले सिसी टिभीले काम गर्दैन। त्यहाँबाट उनीहरू कता गए प्रहरीले पत्ता लगाउन सकेको थिएन।

पछि प्रहरीले ठमेलका सिसी टिभी क्यामेरा हेर्दा उनीहरु तीन जना ठमेलस्थित डेक्सो मनी एक्सचेन्ज छिरेका थिए। जहाँ उनीहरूले २९ लाख ९९ हजार नेपाली रुपैयाँ डलरमा साटेका थिए। अवैध रुपमा डलर साटेको पाइएपछि डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीसमेत पक्राउ परिसकेका छन्। 

त्यसपछि उनीहरुले ठमेलस्थित भिआइपी लाउञ्ज होटलमा करिब आधा घन्टा बिताएको सिसीटिभी फुटेजमा देखिएको छ। त्यसपछि ट्याक्सी लिएर द्वारिका होटलमा छिरेकोसम्म प्रहरीले पत्ता लगाए पनि त्यहाँबाट उनीहरू कहाँ गए भन्ने कुरा पत्ता लाग्न सकेको छैन।

द्वारिका होटलसम्म पुग्नेमध्ये एक थिए, चिनियाँ मूलका फ्रान्सेली नागरिक छु लुई ली। सोमबार विमानस्थलको अध्यागमनबाट उनी पक्राउ परेका छन्। उनी विमानस्थल पुग्नुअघि अन्य २ चिनियाँ नागरिकसँगै नेपालको उत्तरी सीमा नाका केरुङसम्म पुगेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। फरार २ चिनियाँ अझै पक्राउ पर्न सकेका छैनन्।

कसले पुर्‍यायो प्राइभेट कारमा होटल?
शुक्रबार २ बजेर ४५ मिनेटमा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो, ८ जना सम्मिलत चिनियाँ ह्याकरको समूह। विमानस्थलको सुरक्षा जाँच गरिसकेपछि उक्त टोली पार्किङस्थल पुगेको थियो। 

जहाँ ह्याकरको ४ जनाको एक समूह बार्गेनिङ नगरी एउटा ट्याक्सी लिएर हात्तिसारस्थित माया मनोहर बुटिक होटल पुगेको थियो। अर्को ४ जनाको एउटा समूह भने प्राइभेट कारमा उक्त होटल गएको देखिएको छ। तर कारको नम्बर प्रष्ट नदेखिकाले प्रहरीले उक्त कारसम्म पुग्न सकेको देखिँदैन।
 
‘कारको नम्बर खुलेको छैन। त्यो कारले किन चिनियाँलाई ल्यायो? पैसा लियो/लिएन भन्नेबारे केही खुलेको छैन,’ स्रोतले भन्यो। 

झन्डै साढे ३ बजे माया मनोहर होटल पुगेका उनीहरूले सुरुमा एउटै फ्ल्याटमा ३ वटा कोठा मागेका थिए। एउटै फ्ल्याटमा ३ वटा कोठा नभएपछि उनीहरु तेस्रो तलाको २०१ र छैटौं तलाको ६०२ र ६०४ नम्बर कोठामा बसेका थिए। शुक्रबार सोही होटलमा सुतेका उनीहरू शनिबार बिहानबाट एटिएम ह्याक गरेर पैसा निकाल्न थालेका थिए। 

'वी च्याट'को कुराकानी डिलिट
पक्राउ गरेका चिनियाँ र फ्रेन्च नागरिकले वी च्याटमार्फत कुराकानी गर्ने गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको थियो। चिनियाँ नागरिहरू अन्य सामाजिक सञ्जालभन्दा वी च्याट बढी प्रयोग गर्छन्। वी च्याट चिनियाँ सामाजिक सञ्जाल हो। 

अन्य सामाजिक सञ्जालभन्दा बढी सुरक्षित हुने भएकाले उनीहरुले वी च्याट प्रयोग गर्दै आएका छन्। पक्राउ परेका चिनियाँ मुलका फ्रेन्च नागरिकबाट लुकेका धेरै कुरा खुल्ने आशा गरेको प्रहरीले अहिले आफैं रणभुल्लमा परेको छ। 

एक अनुसन्धान अधिकृतले नेपाल लाइभसँग भने, ‘मास्टर माइन्ड मानिएका फ्रेन्चबाट धेरै कुरा खुल्ने आशा गरेका थियौं। तर उनीबाट पनि केही नयाँ रहस्य आउन सकेको छैन। वी च्याटको कुराकानी पनि सबै डिलिट गरेको पाइयो।’ 

मलेसियाबाट आइटी विज्ञ नेपाल आउँदै
एटिएम ह्याक गरेर ठूलो मात्रामा रकम चोरी भएपछि नेपालका बैंकहरू असुरक्षित भएको पाइएको थियो। त्यसपछि तत्कालै नेपाल राष्ट्र बैंकले आकस्मिक बैठक बोलाएर छानबिन गर्न एक समितिसमेत गठन गरेको छ। तर ह्याकिङसम्बन्धी धेरै कुराहरु प्राविधिक भएकाले उक्त समिति पनि धेरै विषय खुट्याउन सकेको छैन।

यता घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले प्राविधिक पाटाहरू केलाउन सकेको छैन। ह्याकरहरूका ल्यापटप, अन्य डिभाइस बरामद गरिए पनि त्यहाँ इन्स्टल भएका सफ्टवेयरबारे प्रहरीसमेत अनविज्ञ छ। ‘हुन त ह्याकिङमा प्रयोग हुने सबै चिज हामीले बरामद गरेका छौं,’ उक्त घटनाबारेमा जानकारी दिँदै एक प्रहरी अधिकारी सुनाउँछन्, ती सबै टेक्निकल कुरा भएकाले हामीले त्यहाँबाट केही पत्ता लगाउन सकेका छैनौं।’

प्राविधिक विषय भएकाले अनुसन्धानमा केही जटिलता रहेको प्रहरीले बताएको छ। यसबारे अनुसन्धान गर्न प्रहरीकै आग्रहमा नेपाल राष्ट्र बैंकले मलेसियाबाट आइटी विज्ञको टोली मगाइसकेको परिसरका प्रवक्ता होबिन्द्र बोगटी बताउँछन्। 

मेलेसियाबाट आइटी विज्ञको टोली काठमाडौं आइसकेपछि उक्त टोली उनीहरूको ल्यापटपमा भएका सफ्टवेयर र बरामद भएका अन्य डिभाइसबारेमा अनुसन्धान गरेपछि कसरी ह्याक गर्न सम्भव भयो भन्ने कुरा बाहिर आउने बताइएको छ।  

ह्याकरको ‘राइट टु साइलेन्स’ नीति, अनुसन्धानमा समस्या
एटिएम ह्याकिङ काण्डमा अनुसन्धान गर्न प्रहरीलाई समस्या देखिएको छ। पक्राउ परेका चिनियाँ र फ्रेन्च नागरिकले ‘राइज्ट टु साइलेन्स’ अर्थात् मौन बस्न पाउने अधिकारको प्रयोग गर्दै आएका छन्। प्रहरीले सोधेका हरेक प्रश्नको उनीहरु जवाफ दिँदैनन्।

एक त प्रहरीलाई भाषाको समस्या छँदैछ। त्यसमाथि पनि चिनियाँले राइज टु साइलेन्स प्रयोग गर्दै नबोलेपछि झनै समस्या हुने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले सुनाए, ‘उनीहरु अंग्रेजी नुबुझ्ने हामी चाइनिज नबुझ्ने। दोभाषेमार्फत् कुरा गर्दा पनि केही बोल्देनन्। अनुसन्धानमा समस्या भइरहेको छ।’

प्रहरीले दोभाषेमार्फत् उनीहरूसँग कुरा गर्ने गरेको भए पनि उनीहरूले बोलेको चिनियाँ भाषा समेत दोभाषेले समेत नबुझ्ने गरेकाले पनि समस्या हुने गरेको छ। ‘नेपाल भित्र पनि धेरै भाषा भए जस्तै उनीहरूले त्यस्तै कुनै एक विशेष ठाउँ तथा जातजातिको भाषा बोल्ने गर्छन्। त्यस्तो भाषा हाम्रो दोभाषेले बुझ्न सक्ने कुरा भएन,’ एक प्रहरीले सुनाए, 'भाषाकै कारण पनि अनुसन्धानमा समस्या छ।’ 

त्यस्तै हिजो मात्रै अध्यागमनबाट पक्राउ परेका फ्रेन्च नागरिकले पक्राउ परेका चिनियाँ नागरिकलाई आफूले चिन्दै नचिनेको दाबी समेत गरेका छन्। एकले अर्कोलाई नचिनेको बताउनु, बोल्दै नबोल्नु, बोले पनि भाषागत समस्या हुनु, धेरै कुरा प्राविधिक विषय भएकाले अनुसन्धान अधिकारीसँग त्यस सम्बन्धमा ज्ञान नहुँदा अनुसन्धानमा समस्या परेको छ।

भारतमा समेत एटिएम बन्द
नेपालका एटिएम ह्याक गरेर रकम निकालिएको घटनाबारे भारतीय रिजर्ब बैंक र भारतीय प्रहरीले नेपाल प्रहरी र नेपाल राष्ट्र बैंकसँग जानकारी लिएका छन्। भारतमा समेत केही दिनअघि एटिएम  ह्याक गरेर ८४ करोडभन्दा बढी रकम चोरी भएको थियो। 

उक्त घटना र नेपालमा भएको घटना मिल्दोजुल्दो देखिएकाले भारतले यसबारे चासो राखेको हो। प्रहरी स्रोतले पनि भारतमा भएका एटिएम ह्याकिङ र नेपालमा भएको ह्याकिङ मिल्दोजुल्दो देखिएकाले एउटै ह्याकरको संलग्नता हुन सक्ने आँकलन गरेको छ। तर भारतमा भएको एटिएम ह्याकिङमा संलग्न कोही पनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।

नेपालमा एटिएम ह्याकिङको खबर आइतबार बाहिरिएपछि नेपाल राष्ट्र बैंकसँग सोधपुछ गरेर भारतले समेत आइतबार केही घन्टा एटिएम सेवा बन्द गरेको थियो। नेपालमा पनि सिस्टम ह्याकिङ भनेको बताइए पनि सुरक्षा संवेदनशीलता भन्दै बैंकहरूले केही घन्टासम्म एटिएम सेवा बन्द गराएका थिए।

अनुसन्धानमा सहयोग हुन्छ  : चिनियाँ दूतावास
चिनियाँ नागरिक पक्राउ परेको खबर बाहिरिएपछि काठमाडौंस्थित चिनियाँ दूतावास पक्राउ परेका आफ्ना नागरिक भेट्न आइतबार राति महानगरीय प्रहरी परिसर टेकु पुगेको थियो। हिरासत पुगेको दूतावासले आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिएको प्रहरीले जनाएको छ।

‘के कसुरमा? किन पक्राउ गरेको? जस्ता प्रश्न दूतावासका कर्मचारीले गरेका थिए,’ प्रहरी स्रोतले भन्यो, ‘हामीले घटनाबारे बताएपछि उहाँहरूले अनुसन्धानमा सघाउन तयार भएको बताएर जानुभयो।’ अनुसन्धानमा दूतावासको प्रेसर नआएको प्रहरीले दाबी गरेको छ।

सम्बन्धित समाचार

एटिएम ह्याक प्रकरण : ३ जना मनी एक्सचेञ्ज सञ्चालक पक्राउ

एटिएम ह्याक प्रकरण : विदेश भाग्न लागेका थप एक चिनियाँ नागरिक अध्यागमनबाट पक्राउ

जोखिममा नेपालको बैंकिङ प्रणाली, ‘स्विफ्ट ह्याक’सँगै ‘एटिएम ह्याक’को चुनौती

५ वटा बैंकका एटिएम ह्याक भएको विषयमा अध्ययन गर्न राष्ट्र बैंकले बनायो टोली

हामीले प्रयोग गर्ने एटिएम कति सुरक्षित?

चिनिया ह्याकरद्वारा ३ बैंकका एटिएमबाट पौने २ करोड चोरीको प्रयास

सम्बन्धित बैंकको एटिएमबाट मात्रै पैसा झिक्न राष्ट्र बैंकको आग्रह

ह्याक हुने डरले अधिकांश बैंकका एटिएम बन्द

नक्कली एटिएम कार्ड प्रयोग गरी नबिल बैंकबाट डेढ करोड निकाल्ने ५ चिनियाँ नागरिक पक्राउ

वाणिज्य बैंकको ‍एटिएमबाट अवैधनिक रुपमा २० लाखभन्दा बढी रकम निकाल्ने एक पक्राउ

 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  १८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्,: गृहमन्त्री सुधनलाई पाँचौ वरीयता, महावीर आठौँमा
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीले लिए पद तथा गोपनियताको सपथ
मन्त्रिपरिषद् बैठकमा डीडीसीका दूध, दहीदेखि चिजसम्मका परिकार
सम्बन्धित सामग्री
देशभर साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो । बिहीबार, फागुन २१, २०८२
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
ताजा समाचारसबै
बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्,: गृहमन्त्री सुधनलाई पाँचौ वरीयता, महावीर आठौँमा मंगलबार, जेठ २६, २०८३
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीले लिए पद तथा गोपनियताको सपथ मंगलबार, जेठ २६, २०८३
मन्त्रिपरिषद् बैठकमा डीडीसीका दूध, दहीदेखि चिजसम्मका परिकार मंगलबार, जेठ २६, २०८३
संसदबारे नयाँ रणनीति बनाउन छलफलमा विपक्षी दल, को-को छन् सहभागी ? मंगलबार, जेठ २६, २०८३
‘पार्टीको प्राथमिकता जनता जोड्ने हुनुपर्छ, नेता मिलाउने होइन’ : गगन थापा मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
कांग्रेसले संसदमा किन गर्‍यो पाँच मिनेट माैनधारण ? मंगलबार, जेठ २६, २०८३
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्