काठमाडौं- नक्कली एटिएम कार्ड प्रयोग गरी नबिल बैंकको एटिएमबाट पैसा निकाल्ने ५ चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौंको दरबारमार्गमा रहेको नबिल बैंकको एटिएमबाट उनीहरुले ठूलो धनराशी निकालेका थिए।
बैंकका अन्य खातावालाको रकम उनीहरुले अनधिकृत रुपमा निकालेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ। उनीहरुको साथबाट झन्डै डेढ करोड रुपैयाँ बरामद गरिएको छ।
सो सम्बन्धमा परिसरले आज दिउँसो पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने बताएको छ। (प्रतिकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।