• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

हामीले प्रयोग गर्ने एटिएम कति सुरक्षित?

64x64
नेपाल लाइभ आइतबार, भदौ १५, २०७६  १५:१३
1140x725

हाम्रो बैंकिङ प्रणाली असुरक्षित भएको हो कि भनेर यसै अनुमानका भरमा भन्न सकिने अवस्था छैन। समस्या कहाँ भएको भनेर विस्तृत अध्ययनपछि मात्रै थाहा हुन्छ। हामीलाई समस्या कहाँबाट भयो, कसरी समस्या देखियो भनेर थाहा नै नभएर बैंकिङ प्रणाली कमजोर छ भनेर भन्न मिल्दैन।

पछिल्ला घटनाको सन्दर्भमा कुन प्रक्रियाबाट र कसरी कारोबार भयो भनेर विस्तृत अध्ययन हुन बाँकी छ। त्यसरी भएका कारोबारमध्ये कार्ड सेवा दिने 'भिजा'ले कुन–कुन कारोबारलाई स्वीकृति (एप्रुभल) दियो भनेर आइसकेको छैन।

भिजाबाट भएका कारोबारको विस्तृत विवरण आइसकेपछि उसले स्वीकृति दिएका र नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले स्वीकृति दिएका कारोबारका विवरण दाँजेर हेरे पनि कहाँबाट कसरी र कसको कमजोरीले समस्या भयो भन्ने कुरा थाहा हुन्छ।

हामीले एटिएमबाट कसरी कारोबार हुन्छ भनेर पनि बुझ्नु जरुरी छ। नेपालका अधिकांश बैंकले आफ्नै एटिएमबाट पैसा झिक्दा आफ्नो स्विचमा नेप्समार्फत कम्युनिकेसन गर्छ। नेपालका अधिकांश बैंकले नेप्स प्रणाली प्रयोग गरिरहेका छन्।

जुन बैंकको एटिएम कार्ड छ सोही बैंकमा प्रयोग गर्दा एटिएम मेसिनमा एटिएम कार्ड राखिसकेपछि सबैभन्दा पहिला त्यो सूचना नेप्समा पठाउँछ। नेप्सले त्यो एटिएम बाहक व्यक्तिको खातामा रकम भएको नभएको विवरण सम्बन्धित बैंकको प्रणाली (स्विच)मा पठाउँछ। यसरी बैंकमा विवरण आइसकेपछि एटिएम मेसिनबाट रकम आउँछ।

अर्को प्रक्रिया भनेको नेप्ससँग आवद्ध नरहेका र आफ्नै स्विच प्रयोग गर्ने बैंकहरुबाट कसरी कारोबार हुन्छ भन्ने हो। त्यस्तो अवस्थामा एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा फरक तरिकाले कारोबार हुन्छ। नबिल बैंकको हकमा उसको आफ्नै स्विच छ। नबिल बैंक नेप्सको प्रणालीसँग आवद्ध छैन। उसको आफ्नै सञ्जाल छ।

नबिल बैंकको एटिएमले आफ्नो स्विचलाई कम्युनिकेसन गर्छ। अनि नबिल बैंकको स्विचले सिधै भिजासँग अमेरिकामा सञ्चार (कम्युनिकेसन) स्थापित गर्छ। त्यसपछि भिजाको स्विचले नेप्ससँग कम्युनिकेसन गर्छ।

नेप्सले फेरि सम्बन्धित बैंकको कोर बैंकिङ सिस्टम (सिबिएस)सँग कम्युनिकेसन गर्छ। खातामा पैसा भए/नभएकोबारे जानकारी माग्छ। त्यसपछि सिबिएसले फेरि नेप्सलाई जानकारी दिन्छ। नेप्सले भिजालाई भन्छ। भिजाले नबिल बैंकको स्विचलाई भन्छ र त्यसपछि उक्त बैंकले आफ्नो एटिएमलाई पैसा दिने/नदिने विषयमा सूचित गराउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

नेप्सका केही कार्डहरु त्योभन्दा बाहिरको प्रणाली चलाइरहेका बैंकहरुमा गएको छ भने त्यस्तो बैंकले भिजालाई खबर गर्छ। तर, एटिएम ह्याक हुँदा भिजाले नेप्सलाई खबर नै नगरेको अथवा सूचना नदिएको पनि हुनसक्छ। भिजाले नेप्सलाई र नेप्सले एटिएमलाई दिनुपर्ने सूचना नेप्ससम्म नआई भिजाले सिधै एटिएमलाई कम्युनिकेट गरेको पनि हुनसक्छ।

नेप्ससँग कम्युनिकेट गरेर त्यसपछि मात्र बैंकको कोर प्रणाली (सिबिए) र त्यहाँबाट एटिएम मेसिनमा जानुपर्ने सूचना भिजाले सिधै एटिएमलाई दिएको पनि हुनसक्छ। यदि नेप्समा आएको हुन्थ्यो भने उसले सम्बन्धित बैंकको सूचना प्रणालीलाई सोधेर मात्र कारोबार गर्थ्यो। तर, भिजाले एटिएम मेसिनलाई सिधै एप्रुभल दिँदा पनि यस्तो समस्या आएको हुनसक्छ।

एउटा सम्भावना भिजाको प्रणालीमा नै कसैले ह्याक गरिदियो भने यसरी पैसा झिक्न सकिने भयो। अर्को सम्भावना भनेको भिजाले त्यहाँबाट नेपालको स्विचमा सूचना त पठायो तर यहाँको स्विचसम्म नपुग्दै बीचमा कसैले ह्याक गरेर वा भाइरसका कारण भिजाको सूचना ठिक छ भनेर बाइपास गरी एटिएमलाई दिएको पनि हुनसक्छ।

अर्को सम्भावना के पनि रहन्छ भने हामीले एटिएमबाट पैसा झिकिसकेपछि त्यसले दिने रसिद त्यही टोकरीमा फाल्छौं। ह्याकरहरुले त्यो रसिदबाट पनि कुनै खातावाल व्यक्तिको सूचना पाउँछ। उक्रत रसिदबाट नम्बर पाएपछि ह्याकरले प्लास्टिकको एटिएम कार्ड बनाउन पनि सक्छन्। एटिएम र बैंक खातासँग सम्बन्धित नम्बरहरु पाउनेबित्तिकै ह्याक गर्न सकिन्छ भन्ने त होइन। तर, त्यस्ता सूचनाले उनीहरुलाई थप सजिलो भने पक्कै हुन्छ।

Xtrem

Xtrem

एकातर्फ नक्कली एटिएम कार्ड पनि बनाउने र अर्कातर्फ सिस्टम नै ह्याक गर्ने गरेको पनि हुनसक्छ। बैंकका कोर बैंकिङ सिस्टम ह्याक भएका छैनन्। नेप्स प्रयोग गर्ने बैंक वित्तीय संस्थामा पनि यो समस्या देखिएको छैन।

नबिल बैंकको एटिएमबाट भएको ठगी कारोबार सन्दर्भमा उनीहरुले भिजाबाट एप्रुभल पाएको देखिन्छ। कोर बैंकिङ सिस्टम ह्याक भएको भए धेरै ठूलो नोक्सानी भइसकेको हुन्थ्यो।

स-सानो एटिएम कारोबारबाट रकम झिकिरहेको देखिए पनि वास्तिवक कति पैसा झिकेको हो भन्ने कुरा भने भिजाको रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ। भिजाले कारोबारका लागि दिएको स्वीकृति र नेप्सले दिएको स्वीकृति एकअर्कासँग मिल्छ/मिल्दैन भनेर जाँच गरेपछि मात्रै थाहा हुनेछ।

कुन–कुन बैंकको कति रकम बराबरको कारोबार भएको छ भन्नेकुरा भने आइसकेको छैन। सिभिल, सानिमा, नबिल, एसबिआई, स्टान्डर्ड चार्टर्डलगायत बैंकहरुले आफ्नो छुट्टै स्विच चलाइरहेका छन् भने १५ वटा बैंक तथा वित्तीय संस्थाबाट स्थापित नेप्सले एक दर्जन हाराहारीमा बैंक तथा वित्तीय संस्थालाई भिजा कार्ड सेवाका लागि होस्टिङ र स्विचिङको काम गर्दै आएको छ।

नेपाल राष्ट्र बैंकले पछिल्लो समय नेपालभरका सबै बैंक तथा वित्तीय संस्थाका लागि एउटै खालको स्विच राख्ने विषयमा पनि काम अगाडि बढाइरहेको छ। भारतमा एउटै स्विच छ। नेप्समा आवद्ध बैंकहरु तथा छुट्टाछुट्टै स्विच प्रयोग गरिरहेका बैंकहरुलाई नेपाल राष्ट्र बैंकले छलफलका लागि बोलाएको छ।

(आइतबार बिहान नेपालको बैंक तथा वित्तीय क्षेत्र एटिएम ह्याकिङको विषयलाई लिएर एकाएक तरंगित बन्यो। राजधानीका ३ वटा बैंकका एटिएमबाट पैसा झिक्दै गरेका ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि यो विषय बाहिर आएको थियो। एटिएम ह्याकिङका विषयमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरसँग नेपाल लाइभका हेमन्त जोशीले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  १५:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस्
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस् बुधबार, असोज १४, २०८३
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित बुधबार, असोज १४, २०८३
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी बुधबार, असोज १४, २०८३
सात उपसचिव बढुवाका लागि सिफारिस (सूची) बुधबार, असोज १४, २०८३
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्