अफ्रिन, उत्तरी सिरियाको अफ्रिनलाई कुर्दिसमुक्त गर्ने अभियानका क्रममा भएको आक्रमणमा परी टर्कीका ७ सेनाको मृत्यु भएको छ। अफ्रिन क्षेत्रमा लामो समयदेखि आतंक मच्चाउँदै आएको कुर्दिस विद्रोही समूहका लडाकुले टर्की सेनाको ट्याकरमाथि आक्रमण गर्दा ५ सेना मारिएका हुन्।
अमेरिकी सेना समर्थित मानव सुरक्षा एकाइको संयुक्त फौजमाथि उत्तरपूर्वी अफ्रिनस्थित सेख हरुजमा आक्रमण हुँदा ती सेना मारिएको टर्कीको सेनाले जनाएको छ। टर्कीको सेनाका अनुसार मारिने बाँकि २ सेनामध्ये एकको अफ्रिनमा भएको अर्को घटनामा तथा अर्का एकको भने टर्कीको सिमाना नजिकै बमबारीमा परी मृत्यु भएको हो।
अफ्रिनमा आफ्ना सैनिकको मृत्यु भएपछि टर्कीका प्रधानमन्त्री बिनाली इलिदिरिमले लडाकु समूहलाई यसको सट्टा दोब्बरभन्दा बढि क्षति हुने गरि कारवाहि गर्ने बताए।
अफ्रिनमा रहेका कुर्दिस वाइपिजी लडाकु समूहलाई हटाउन टर्की सेनाले गत जनवरी २० देखि ‘ओलिव ब्रान्च’ अभियान सुरु गरेको थियो। सो अभियानका क्रममा हालसम्म १४ सरकारी सेनाले ज्यान गुमाइसकेका छन्।
टर्कीले दक्षिण पूर्वी टर्कीमा स्वतन्त्र राज्यको माग गर्दै पछिल्लो ३ दशकदेखि संघर्ष गरिरहेका वाइपिजीलाई आतकंवादी समूह मान्दै आएको छ भने कुर्दिस्तान ओर्कर्स पार्टीलाई राजनीतिमा निषेध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।