• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले शासनको पूर्व संकेत

64x64
किशोर दहाल आइतबार, माघ २१, २०७४  ०६:२४
1140x725

प्रसंग १– माघ १५ गते 'नेपाल चेम्बर अफ कमर्स'का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई एमाले पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गर्दै ओलीले अवैध धनलाई वैध हुन दिनुपर्ने धारणा राखे।

हालको व्यवस्था अनुसार ‘अन्डरग्राउन्ड मनी’ (अवैध धन) बाहिर निस्कन नसकेको भन्दै शुद्धीकरण हुन दिनुपर्ने धारणा राखेका हुन्। ओलीले त्यस्ताे धनलाई लगानी गर्नेतिर सोच्नुपर्ने समेत बताए। अर्थात् कानुनले वर्जित गरेको 'मनी लाउन्डरिङ'को पक्षमा ओलीले आफूलाई उभ्याए।

प्रसंग २– माघ ९ गते एमाले अध्यक्ष निवास बालकोटमा बसेको पार्टीको स्थायी समिति बैठकले सांसद तथा पूर्व डिआइजी नवराज सिलवालबारे आधिकारिक धारणा सार्वजनिक गर्‍यो। अघिल्लो दिन सिलवालको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो।

बैठकपछि एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ- इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छ। बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ।

***

एमालेले सरकारको नेतृत्व गर्ने दिन नजिकिएको छ। सो पार्टीका अध्यक्ष ओली अबका प्रधानमन्त्री बन्ने पक्कापक्की छ। त्यसमा पनि नौ महिने प्रधामन्त्री नभई पाँचवर्षे प्रधानमन्त्रीका रुपमा उनलाई हेर्न थालिएको छ। ओली आगामी संसदको सबैभन्दा ठूलो दलको अध्यक्ष र चुनाव अगाडिदेखि नै प्रधानमन्त्रीका रुपमा चर्चा गरिएका र जनताले अनुमोदन गरेका पात्र पनि हुन्। त्यसैले उनकाे अभिव्यक्ति, भेटघाट र मौनतामा समेत मानिसले आगामी सरकारको ढाँचाको पूर्वानुमान लगाउनु स्वाभाविक हो।

तर, एमालेले शुभ संकेत दिइरहेको छैन।

'मनी लाउन्डरिङ' को विषयमा ओलीको अभिव्यक्ति विगतको प्रतिबद्धतासँग बाझिएको पूर्व अर्थसचिव रामेश्वर खनाल बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

'संविधान बनाउने बेलामा भोट माग्ने बेलामा समाजवाद भन्ने', खनालले प्रश्न गरे, 'तर नीति भने केही व्यक्तिको पक्षपोषण हुने खालको ल्याउन खोज्ने?'

धनी मानिसलाई कर नतिराउने र उनीहरुको कालोधनलाई सेतो बनाउने कार्य संविधान विपरीत भएको उनको ठम्याइ छ। दलहरुसँगै र उनीहरु निकटका व्यवसायीसँग भएका कालोधनलाई आफ्नो सरकार भएकै बेला सेतो बनाउने अभिप्राय हुनसक्ने शंका छ, खनालको।

'विगतमा पनि यस्तो भएको छ। तर, त्यतिबेलाको परिस्थिति र अहिलेको परिस्थितिबीच फरक छ। पञ्चायतकालमा राज्य विरुद्ध संघर्ष गरेका बेला मानिसले चाहेर पनि कर तिर्न सकेन। त्यो अवैधानिक हुँदै आयो। विगतमा माओवादी युद्धको बेलामा पनि त्यस्तै भयो। त्यतिबेलाको प्रयास ठीकै मान्न सकिन्छ। राज्यकै विरुद्ध सामूहिक क्रान्ति भइरहेको बेला राज्यको प्रणालीमा आएर कर नतिर्नु अस्वाभाविक होइन। त्यतिबेला सम्पत्ति शुद्धीकरणको प्रयास पनि ठीकै मान्न सकिन्छ। तर विगतमा पनि गरिएको थियो भनेर अहिले नियमित राजनीति चलिरहेको बेलामा पनि त्यस्तै नीतिको वकालत गर्नु बेइमानी हो', खनालले भने।

कालोधन नै भए पनि लगानी बढ्छ र विकासका कामहरु हुन्छन् भने सकारात्मक धारणा राख्नुपर्ने कतिपयको भनाइप्रति पनि खनालले आपत्ति जनाए। 

'जसले गलत काम गरेर कालो धन थुपारिरहेको छ, उसैलाई झन् धनी बनाउनलाई अवसर दिन मिल्दैन', खनाल भन्छन्, 'त्यस्ता धन त जफत गरेर सरकारले लगानी गर्ने हो नि!' 

जसले कालोधन जम्मा पार्‍यो, उसैलाई लगानी गर्न दिनुपर्छ भन्नु उग्र पुँजीवादी सोच भएको उनको तर्क छ। त्यस्ता सोचले धनी र गरिबको खाडल बढाउन सहयोग गर्ने उनी बताउँछन्।

अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत नीति बनाउने हो भने हामीले उत्तर कोरियाकै अवस्था भोग्नुपर्ने खनाल बताउँछन्। अन्तर्राष्ट्रिय व्यापार चौपट हुने र हाम्रो बैंकिङ प्रणालीबाट पैसा पठाउन नपाउने उनले थपे। 

'अहिले नै पनि नेपाललाई कालोसूचीमा राख्नुपर्ने बाहिरी दबाव छ, कारण यहाँ आउने कैयौं पैसा सही तरिकाको छैन', उनले भने, 'झन् सरकारले नै त्यस्तो नीति बनायो भने विश्व अर्थतन्त्रबाट अलग्गिएर बस्नुपर्छ। त्यसले आम नागरिकलाई दुःख थप्नेछ।'

ओली अभिव्यक्तिलाई उनको आगामी कार्यकालको 'ब्लु–प्रिन्ट'का रुपमा लिने समेत छन्। त्यसबाट नेपाललाई कर नतिर्नेहरुको स्वर्गभूमि बनाउने वा स्वयं ओली नै कालाबजारी र तस्करहरुको प्रभावमा परिसकेका त होइनन् भन्ने शंका उठ्न थालेको छ। पहिलो पटक सरकारको नेतृत्व गर्दा उनी नेतृत्वको सरकारले तेल आपूर्ति गराइदिने कालाबजारीलाई धन्यवाद दिएको धेरै वर्ष बितेका छैनन्। दोस्रो कार्यकालको मुखमा कालोबजारी अनुकूलका प्रस्ताव आउनु संयोग मात्रै नहुन सक्छ।

दाताको पैसाले दैनिकी गुजारिरहेको देश हो, नेपाल। अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुलाई समेत इमानदारीपूर्वक पालना गर्दै आएको छ। यदि ओलीले भनेजस्तो भइदियो भने त्यसबाट निम्तन सक्ने प्रतिकूलतामा उनी सचेत नभएको बुझ्न सकिन्छ। दक्षिण छिमेकी मुलुक भारतले जहिल्यै सुरक्षाको चिन्ता व्यक्त गरिरहेको हुन्छ। यस्तो अवस्थामा आपराधिक कृत्यमा सहयोग पुग्नसक्ने अवैध धनको खुला प्रयोगले ल्याउने सामरिक अविश्वासलाई भावी प्रधानमन्त्रीले ध्यान नदिनु आश्चर्यजनक छ।

ओली नेतृत्वको सरकारका अर्थमन्त्री तथा एमाले उप–महासचिव विष्णु पौडेल आफूहरु कुनै पनि ढंगले कालो धनलाई शुद्धीकरण गर्ने अपराधकर्महरुका खिलाफमा भएको र भइरहने बताउँछन्। 

'नेकपा एमाले नै 'एन्टी मनी लाउन्डरिङ' बिल बनाउन र त्यसलाई पारित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टी हो', नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'हामी यो कानुनको प्रभावकारी कार्यान्वयनको पक्षमा छौं।' 

अहिले यो कानुन कार्यान्वयन नभएको र सम्पत्ति शुद्धीकरणका अपराध कर्महरु हुने गरेकाले त्यस्ता क्रियाकलापलाई सम्पूर्ण रुपमा निर्मुल गर्ने उनले बताए। यो नै आफ्नो पार्टीको 'फर्मल पोजिसन' भएको उनले थपे।

'अध्यक्ष कमरेडले हामीले बनाएको कानुन प्रभावकारी ढंगले कार्यान्वयन भएन, प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ भन्ने कुरामा जोड दिनुभएको हो भन्ने बुझेको छु', उनले भने। 

अर्को प्रसंग, सिलवालको पक्षमा व्यक्त गरिएको विज्ञप्तिलाई ख्याल गरौं। आइजिपी नियुक्ति सम्बन्धी मुद्दामा सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) कागजपत्रमा कीर्ते भएको फैसला गर्दै अनुसन्धान गर्न भनिएको छ। सोही फैसलाका आधारमा उनी विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।

यस्ता अनुसन्धानमा सघाउनु जोकसैको कर्तव्य हो। त्यसमा पनि पूर्व प्रहरी अधिकारी भएका कारण सिलवालको सहयोग त अपेक्षित नै थियो। तर, उनले फरार भएर अनुसन्धानमा असहयोग गरिरहेका छन्। सिलवालले प्रहरीले गर्ने अनुसन्धानमा सहयोग पुर्याउनेछन् र आफ्ना दाबी प्रमाण पेश गर्नेछन् भन्ने धेरैको बुझाइ थियो। तर, त्यसो भएन।

बरु उनी एमालेकै अप्रत्यक्ष सहयोगको सहारामा सामाजिक सञ्जालमार्फत सरकार विरुद्ध खनिएका छन्। त्यसैलाई मलजल गरिरहेको छ, एमालेले।

एमाले सचिव योगेश भट्टराई त प्रहरीलाई असहयोग होइन, सहयोग नै गरेको दाबी गर्छन्।

'सिलवाललाई अदालतमा बोलाइयो भने त्यहाँ हाजिर हुन्छन्', उनले प्रश्न गरे, 'सांसद जस्तो मान्छे जसले जहाँ बोलाउँछ त्यहाँ गइहाल्ने हो र?'

उनले थप प्रश्न गरे, 'कस्ता-कस्ता डनलाई, दुई नम्बरी काम गर्नेहरु, माफियाहरुलाई इन्टरपोलले सूचना दिनुनपर्ने, त्यसमा पुलिसले पहलकदमी लिनुनपर्ने, एउटा सामान्य केसमा पुलिसले पत्र काट्दैमा जानुपर्ने?'

सिलवाल एमालेबाट निर्वाचित सांसद भएका कारण यो प्रक्रियामा सो पार्टीको चासो अस्वाभाविक होइन। तर, कानुनी प्रक्रियमा सघाउँदा वा पहल गर्दा एमालेकै परिपक्वता देखिन्थ्यो। चुनावबाट ठूलो दल भएको पार्टीप्रतिको आम अपेक्षा पनि यही थियो।

तर, दुर्भाग्य! आफ्ना सांसदलाई कानुनी प्रक्रियामा सहयोग गर्न बाध्य बनाउनुको साटो 'जनताको अभिमतलाई अपमानित' भनेर निर्णय गर्‍यो। यसको अर्थ हो, उनले चुनाव जितिसकेका कारण अब उनीमाथिको अनुसन्धान अस्वीकार्य छ।

सिलवाल एमालेकै सांसद भएका कारण र आगामी सरकार पनि एमालेकै बन्ने पृष्ठभूमिमा उसले  उनीमाथि लागेको आरोपको छानबिन हुनै नपाउने वा गर्नुहुँदैन भन्ने आशय ठूलो पार्टीले राख्छ भने त्यसले आगामी दिनहरु शुभ नभएको संकेत गर्छ।

सरकारको नेतृत्वकर्ता हुने निश्चितताको हिसाबले एमालेले दिने सन्देश नि:सन्देह लोकतान्त्रिक, अन्तर्राष्ट्रिय मूल्य मान्यता र प्रतिबद्धतामा आधारित, कानुनको समान प्रयोगमा आधारित हुनुपर्छ।

देशलाई समृद्ध बनाउने अभियान बोकेको भनिएको दल निश्चित स्वार्थ समूहको घेरामा अल्झिने र उसकै फाइदामा मुलुकलाई अराजकतामा फसाउनेतर्फ अग्रसर भइदियो भने त्यसका 'साइड इफेक्ट' पक्कै पनि दुःखदायी हुनेछन्। एमाले सोही बाटोतिर मोडिएको संकेत मिल्न थालेको छ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  ०६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्