जनकपुर- समाजवादी पार्टी नेपालको मधेस प्रदेश समितिले विभिन्न विभाग प्रमुख र जिल्ला इन्चार्जहरुको टुङ्गो लगाएको छ। जनकपुरमा बसेको प्रदेश कमिटीको बैठकबाट ११ विभाग र आठै जिल्लाका इन्चार्जको टुङ्गो लगाएको हो।
पार्टी स्कुल तथा प्रशिक्षण विभागमा रामपृत पासवान, स्थानीय तह विभागमा सुशील कुमार यादव, कार्यालय व्यवस्थापन समितिमा उर्मिला साह, संगठन विभागमा शम्भु झा, प्रचारप्रसार तथा प्रकाशन विभागमा दिनेश यादव र युवा तथा विद्यार्थी विभागमा ज्ञानेन्द्र यादवलाई तोकिएको छ।
यस्तै कृषि तथा सहकारी विभागमा रामकैलास यादव, आर्थिक विभागमा रेणु यादव, महिला विभागमा उषा यादव, समाजिक सेवा विभागमा रामअशिष यादव र ट्रेड युनियन विभागमा ओमबाबु गुप्तालाई जिम्मेवारी दिइएको छ।
पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा क्रमशः सिंहासन साह, रामबाबु यादव, ब्रिजकुमार यादव, राजेश सिंह, सरोज सिंह कुशवाहा, रामअशिष यादव, बादल यादव र सत्यनारायण यादवले इन्चार्जको जिम्मेवारी पाएका छन्। सह-इन्चार्जको रुपमा बारामा उषा यादव, रौतहटमा बिरेन्द्र यादव, सर्लाहीमा पन्चरामलो तामाङ, महोत्तरीमा रमेश यादव, सिरहामा मनोज सिंह र सप्तरीमा रामाकान्त चौधरीलाई चयन गरिएको छ। पर्सा र धनुषामा सह-इन्चार्ज तोकिएको छैन।
बैठकबाट ६ जनालाई प्रदेश कमिटीमा मनोनितसमेत गरिएको छ। मनोनित हुनेहरुमा लक्ष्मी महतो (महोत्तरी), चन्देश्वर महतो (धनुषा), रामनरेश यादव (महोत्तरी), अशोक कुमार यादव (सर्लाही), अब्दुल कलाम फुलबाबु (रौतहट) र मोजेबुल रहमान (महोत्तरी) छन्। प्रदेश कमिटीमा केही सदस्य अझै मनोनित गर्न बाँकी रहेको एक नेताले जानकारी दिए।
पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य र प्रदेश अध्यक्ष विजयकुमार यादवको अध्यक्षतामा आइतबार बैठक बसेको थियो। करिब पाँच घण्टा चलेको उक्त बैठकमा समसामयिक विषयमा प्रदेश अध्यक्ष यादवले प्रतिवेदन प्रस्तुत गरेका थिए।
पार्टी अध्यक्ष उपेन्द्र यादवले वर्तमान परिस्थिति र संगठन विस्तार विषयमा मन्तव्य राखे। बैठकमा संघीय सरकार छाड्ने र राष्ट्रिय जनता पार्टीसँग एकता गर्ने विषयमा कुनै छलफल नभएको एक पदाधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।