दाङ– नेपाल प्रहरीका महानिरिक्षक प्रकाश अर्याललाई गृहजिल्ला दाङमा शनिबार अभिनन्दन गरिएको छ। नेपाल पत्रकार महासंघ दाङ र नागरीक समाज दाङले संयुक्त रुपमा अभिनन्दन गरेका हुन्।
घोराहीको भरपुरका स्थायी बासिन्दा अर्यालले प्रहरी प्रमुखका रुपमा जिल्ला र जिल्लावासीको सान बढाएको र प्रहरी प्रमुखका रुपमा शान्तिपूर्वक महत्वपूर्ण निर्वाचनहरु सम्पन्न गराएको भन्दै अभिननन्द गरिएको हो।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, नागरीक समाज दाङका सचिव चन्द्रराज पन्त, पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष सुशिल गौतमले फुलमाला र खादा ओढाएर अर्याललाई नागरीक अभिनन्दन गरेका हुन्।
कार्यक्रममा बोल्दै आईजिपी अर्यालले दाङको जनताको माया र सद्भावले नै आफु प्रहरी संगठनको प्रमुखसम्म पुग्न सफल भएको बताए।
कार्यक्रममा उनले दाङ प्रदेश नम्बर ५ को राजधानीका लागि उपयुक्त भएको र सोही कारण प्रदेश कार्यालय स्थापना गरिएको उनको भनाई थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।