एजेन्सी– पाकिस्तानका एक मन्त्रीले गोली हानेर श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेका छन्। पाकिस्तानका प्रदेशमन्त्री मिर हजर खान बिजरानीले पारिवारीक विवादमा सुरुमा श्रीमती फारिहा रजाकको हत्या गरेको र पछि आत्महत्या गरेको पाकिस्तानको प्रहरीले जनाएको छ।
शुक्रबार बेलुका दुवै जना मृत भेटिएका थिए। प्रारम्भिक अनुसन्धान रिपोर्टअनुसार दुवैलाई एउटै पेस्तोलबाट चलाइएको गोली लागेको छ। श्रीमतीलाई उनले ३ राउण्ड गोली हानेका थिए। पछि आफ्नो टाउकोमा गोली हानेका थिए।
उनी पाकिस्तानी पिपल्स पार्टीका प्रभावशाली नेता हुन्। उनको पत्नी रजाक पत्रकारका रुपमा कार्यरत थिइन्। मन्त्रीको घरमा काम गर्ने कामदारहरुले दुई जनाबीचको झगडा आफुहरुले सुनेको गोली प्रहारको घटना नेदेखेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।