काठमाडौं- नेपाल राष्ट्र बैंकले चिनियाँ ह्याकरले नेपालका तीनवटा वाणिज्य बैंकबाट १ करोड ६८ लाख ५४ हजार ७ सय २० रुपैयाँ झिकेको जनाएको छ।
राष्ट्र बैंकले प्रभु बैंक, नबिल बैंक र हिमालयन बैंकको एटिएमबाट सो रकम झिकिएको जानकारी गराएको हो।
नेपाल प्रहरीले गरेको पत्रकार सम्मेलनमा राष्ट्र बैंकका प्रतिनिधिले ३ वटा बैंकबाट यो रकम अनाधिकृरुतपमा झिकिएको जानकारी गराएका हुन्।
पत्रकार सम्मेलनमा उपस्थित नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले ५ पटकसम्म एटिएम प्रयोग भएको हुनसक्ने बताएका छन्।
तस्बिरमा हेर्नुहोस् पक्राउ परेका ५ ह्याकर




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।