वीरगञ्ज– युवा उद्यमी विश्वकरण जैन आफ्नो उद्यमसँगै राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा उत्तिकै चासो र जानकारी राख्छन्। व्यवसायले 'न्यु लुक्स' कस्मेटिकका प्रमुख रहे पनि उनी विश्व र देशमा हुने सबै घटनाक्रमलाई चासोका साथ हेरिरहेका हुन्छन्।
वीरगञ्जका रैथाने जैन औद्योगिक घरानाका युवा उद्यमी समेत हुन्। आफ्ना बालबालिकाका लागि वीरगञ्जमै उच्च शिक्षाको उचित प्रबन्ध हुनुपर्छ, आफ्नो माटो छाडेर जाने होइन, यही माटोमा केही गर्नुपर्छ भन्ने मान्यता राख्ने उनी स्थानीय निकाय निर्वाचनलाई समेत नजिकबाट नियालिरहेका छन्।
निर्वाचनसँगै चन्दा आतंक व्यापारीका लागि टाउको दुखाइ हुने गर्छ। तर, उनी यसपटक कुनै पनि उम्मेदवारबाट चन्दा आतंक खेप्नु नपरेको बताउँछन्। उनलाई चिन्ता छ, वीरगञ्ज महानगरको नेतृत्वको होडबाजीमा रहेका उम्मेदवारले विकास, आर्थिक उन्नति र राजनीतिक स्थायित्वका विषयमा भने दीर्घकालीन र ठोस योजना ल्याउन सकेनन्।
वीरगञ्जको आर्थिक, सामाजिक, राजनीतिक र औद्योगिक सुरक्षाका सवालमा विश्वकरण जैनसँग उनकै निवासमा नेपाल लाइभका लागि रुपेश श्रेष्ठले गरेको भिडियो वार्ता:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।