काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता हितमान शाक्यले बिद्यार्थी मोर्चाको एकताका बाँकी काम छिट्टै सम्पन्न गरिसक्ने बताएका छन् ।
अनेरास्ववियुको कार्यालयको उद्घाटन गर्दै बिद्यार्थी मोर्चाको इन्चार्ज समेत रहेका नेता शाक्यले बिद्यार्थी मोर्चाको एकताका बाँकि काम भदौ भित्र सक्ने बताएका हुन्।
पार्टी एकीकरणपछि पनि अलग–अलग कार्यालय चल्दै आएको अनेरास्ववियुको दुवै कार्यालय बिहीबारबाट एउटै भएका छन् । तत्कालिन अनेरास्ववियु क्रान्तिकारीको कार्यालय रहेको कार्यालय अब अनेरस्वियुको कार्यालय हुने भएको छ ।
बिहीबार भएको कार्यक्रममा अनेरास्ववियु संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले पदभार ग्रहण पनि गरेका छन्। कार्यालयको उद्घाटनमा इन्चार्ज शाक्यले एकता प्रक्रियाको बाँकी काम सम्पन्न गर्न एकता प्रक्रियाको समस्या र सम्भावनामा छलफल चलिरहेकोले छिट्टै टुंगोमा पुग्ने बताए।
पदभार ग्रहण पछि संयोजक महर र सहसंयोजक तामाङले एकताको एकताको बाँकी काम सम्पन्न गरेर संगठन स्ववियु निर्वाचनको तयारीमा जुट्ने बताए।
साझा कार्यालय उद्घाटन र पदभार ग्रहण कार्यक्रममा तत्कालिन अनेरास्वियु र अनेरास्ववियु क्रन्तिकारीका पूर्व अध्यक्षहरु सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।