• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा इटहरीमा भाँडभैलो : कार्यालयमा तालाबन्दी, समानान्तर कमिटी गठनको तयारी

64x64
नेपाल लाइभ बिहीबार, भदौ १२, २०७६  १४:५६
1140x725

इटहरी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इटहरीमा भाँडभैलो सुरु भएको छ। नेकपा इटहरीको पार्टी नेतृत्व अलोकतान्त्रिक ढंगबाट अगाडि बढेको भन्दै युवा नेताहरुले इटहरी कार्यालयमा तालाबन्दी गरेका छन्।

पूर्व एमाले क्षेत्रीय कमिटी सदस्य सुजन लामाको नेतृत्वमा युवा संघ सुनसरीका पूर्व जिल्ला सदस्य राजेश राई लगायतका युवाहरुले तालबन्दी गरेका हुन्। 

इटहरीको नगर कमिटी अपारदर्शी र मापदण्डविपरीत अगाडि बढेको भन्दै तालाबन्दी गरिएको सूचनामा उल्लेख छ। इमानदार र प्रतिबद्ध कार्यकर्तालाई उपेक्षा गरेर गरिएको समायोजनको निर्णय सच्याउन र मापदण्ड पुगेका कार्यकर्तालाई नगर कमिटीमा राख्न माग गरिएको छ। त्यस्तै मनलाग्दी ढंगले गरिएको समायोजन प्रक्रियामा नेताहरुले कार्यकर्तासामु आत्मालोचना गर्न पनि उनीहरुले माग गरेका छन्।

दुई ठूला पार्टी एक हुँदा शक्तिशाली बन्नुपर्नेमा झन् कमजोर बनाउने काम भएकोले आन्तरिक संघर्ष गर्नुपरेको तालाबन्दीको नेतृत्व गरेका लामा बताउँछन्। पार्टीमा योगदान पुर्‍याएकालाई भन्दा नेताको आशीर्वाद पाएकालाई पदमा पुर्‍याइएकाले विरोध गरेको उनको भनाइ छ। 

'मुख्य कारक नगर सचिव दंगाल'
नेकपा इटहरी नगर कमिटी गठन भएको दुई महिना पूरा हुन नपाउँदै भाँडभैलो सुरु भएको हो। लामो समयदेखि पार्टीमा योगदान पुर्‍याएका नेता कार्यकर्तालाई उपेक्षा गरिएको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको छ। त्यसको मुख्य कारकको रुपमा नवगठित नगरसचिव काशिनाथ दंगाललाई आरोप लगाइएको छ।

नेकपाका एक नेताका अनुसार अब केही दिनमै समानान्तर कमिटी गठन हुन लागेको छ। हालको इटहरी नगर कमिटीसँग असन्तुष्ट पक्षले समानान्तर कमिटी गठनको तयारी थालेको हो। तालाबन्दीलाई त्यसैको सुरुवातको रुपमा लिइएको ती नेताले बताए।

हालका नगर कमिटी सचिव दंगालको अस्वभाविक पदोन्नतिप्रति असन्तुष्ट समूहले छुट्टै कमिटी गठनको तयारी थालेको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

दुई वर्षको अन्तरालमा दंगालको वडा कमिटी मनोनीत सदस्यदेखि नगर सचिवसम्मको यात्रालाई लिएर स्थानीय नेताहरु रुष्ट देखिन्छन्। २०७४ सालमा तत्कालीन नेकपा एमालेको वडा नम्बर ५ को वडा सदस्य रहेका उनी एक वर्षको अन्तरालमा नगर कमिटीको सचिवालय सदस्यमा मनोनीत भएका हुन्।

प्रदेश १ इन्चार्ज भीम आचार्यसँगको पारिवारिक साइनोकै कारण उनको पदोन्नति चाँडो भएको असतुष्ट समूहको बुझाइ छ। वडा कमिटीमा उनका अध्यक्ष रहेका वीरेन्द्र गौतम अहिले पदविहीन छन्। दंगाल भने जनता माध्यमिक विद्यालयको सञ्चालक  समिति अध्यक्षसमेत रहेका छन्।

अहिले उनी भीम आचार्यको गुट स्थापित गराउन लागि परेको नेकपाका नेताहरु बताउँछन्। हाल नेकपा इटहरीका अध्यक्ष र सचिवको कार्यशैलीलाई लिएर पूर्व एमाले र पूर्व माओवादी सम्बद्ध युवाहरुको छुट्टै टिम बन्दै गएको छ। जसको नेतृत्व पूर्व माओवादीका युवा नेता मदन चुँडालले गरिरहेका छन्। हालको नेतृत्वले अब पनि यो माहोललाई मत्थर पार्ने कोसिस नगरे असामान्य अवस्था आउन सक्ने असन्तुष्ट समूहका एक नेताले बताए। 

विवादको जरो
गत साउन १४ गते जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समितिको निर्वाचनको मिति तोकिएको थियो। सर्वसम्मत  समिति गठन गर्ने सर्वदलीय निर्णय भयो। नेकपा, नेपाली कांग्रेस, राप्रपा र समाजवादी पार्टी नेपालबीच भद्र सहमति पनि भयो। जसमा नेकपाको तर्फबाट उनै दंगालले वार्ता समितिको नेतृत्व गरेका थिए। नेकपाले अध्यक्ष चाहेमा दिन सकिनेमा अन्य दलहरु राजी थिए। 

तर उनै दंगालले अध्यक्ष कांग्रेसलाई लिन आग्रह गर्दै आफूहरु उपाध्यक्षमा चित्त बुझाउने गरी सहमति जनाए। त्यसपछि सर्वदलीय प्यानल तयार भयो। नेपाली कांग्रेसले अध्यक्ष पाउने गरी भएको सहमतिप्रति नेकपाको अर्को खेमाले असन्तुष्टि जनायो। जसको नेतृत्व नेकपाका नेता रेवतीरमण भण्डारीले गरेका थिए। पूर्व संविधानसभा सदस्य समेत रहेका भण्डारी पार्टीले जिम्मेवारी दिए आफू अध्यक्ष हुने दाउमा थिए। 

उनकै भनाइका आधारमा केही समयअघि नेकपाको तर्फबाट जनता क्याम्पसको अध्यक्ष आफू बन्ने सहमति भएको थियो। तर आफू अध्यक्ष बन्ने भएपछि अर्काथरी नेताहरु रोक्न लागिपरेको उनी बताउँछन्।

नगरसचिव काशिनाथ दंगाल

दंगाल नेतृत्वको वार्ता समितिले साउन ८ गते नै कांग्रेसलाई अध्यक्ष दिने सहमति गरिसकेको थियो। त्यसको विरुद्धमा भण्डारीले छुट्टै उम्मेदवारी घोषणा गर्ने बताए। त्यसपछि पुन: नेकपाको आन्तरिक बैठक बस्यो। जसले भण्डारीलाई अध्यक्ष मानेर जाने सहमति बन्यो। भण्डारीलाई अध्यक्ष बनाउनैपर्ने लबिङमा प्रदेश १ का सांसदसमेत रहेका अर्का नेता लिलम बस्नेत लागिपरे। उनले आफै निजी कार्यकक्षमा छलफल राखेर कुनै पनि हातलमा भण्डारीलाई अध्यक्ष बनाउन दबाब सिर्जना गरे। 

त्यसले नेकपाभित्रको समीकरण नै परिवर्तन गरिदियो। उनै बस्नेतले नेपाली कांग्रेसलाई पनि भण्डारीलाई अध्यक्ष स्विकार्ने वातावरण बनाए। त्यसपछि कांग्रेसको तर्फबाट अध्यक्ष बन्न लागेका विश्वप्रसाद रिजालले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसले पनि भण्डारीलाइ स्विकार गरेको घोषणा गर्‍यो। 

पार्टीको आधीकारीक टोलीले गरेको निर्णयको विरुद्धमा लागेको भन्दै दंगालले भण्डारीलाई कारबाही गर्ने चेतावनी दिए। त्यसपछि झनै ध्रुवीकरण बढ्यो। पार्टी बैठकमै उनले दिएको धम्कीका कारण भण्डारी पक्षका नेता कार्यकर्ता रुष्ट देखिन थाले। 

दंगाल नेकपा प्रदेश १ कमिटीका इन्चार्ज भीम आचार्य निकट हुन् भने भण्डारी र आचार्य एक-अर्काका विरोधी। दंगालले उनै आचार्यको निर्देशनमा भण्डारीलाई रोक्न लागिपरेको युवा नेताहरुको बुझाइ छ। स्थानीय नेता र कार्यकर्ताको समर्थन पाएका भण्डारी अन्तत: सञ्चालक समितिमा निर्वाचित भए। सर्वदलीय सहमतिका आधारमा उनी अध्यक्ष भइसकेका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
‘वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ’ : राष्ट्रपति पौडेल
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले
सम्बन्धित सामग्री
जावलाखेलमा रास्वपा सांसदका लागि प्रशिक्षण सुरु पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा सक्षम सांसद, सशक्त संसद् संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम राखेको हो। शनिबार, वैशाख २६, २०८३
‘वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ’ : राष्ट्रपति पौडेल मनमोहन स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । शनिबार, वैशाख २६, २०८३
ताजा समाचारसबै
जावलाखेलमा रास्वपा सांसदका लागि प्रशिक्षण सुरु शनिबार, वैशाख २६, २०८३
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल शनिबार, वैशाख २६, २०८३
‘वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ’ : राष्ट्रपति पौडेल शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
प्रधान न्यायाधीश सिफारिसविरुद्ध दायर तीन रिट निवेदन सर्वोच्चद्वारा दरपिठ शुक्रबार, वैशाख २५, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्