काठमाडौं– सांसद सरिता गिरीले नेपालको संविधान २०७२ ले आफूमाथि विभेद गरेको भन्दै पद अस्वीकार गरेकी छिन्। नेपाल भुटान सांसद मैत्री समूहको संयोजकमा मनोनित उनले संसदको विशेष समयमा बोल्दै अस्वीकार गरेकी हुन्। अंगिकृत नागरिकको राजनीतिक अधिकार कटौती भएको बताउँदै उनले पद नलिने घोषणा गरेकी हुन्।
उक्त पद आफ्नो दायित्व र विशेष सम्मानका रुपमा बुझेको बताउँदै उनले भनिन्, 'संविधानको धारा २८९ ले गरेको विभेदका कारण त्यो पदका लागि म स्वयं आफूलाई अनुपयक्त ठान्छु।'
आफूले पञ्चायतकालमा नागरिकता प्राप्त गर्दा, २०४६ सालको संविधान र जनआन्दोलनपछि बनेको अन्तरिम संविधानमा आफ्नो अधिकार अरु नेपाली नागरिक सरह नै रहेको उनले बताइन् । तर नेपालको संविधान २८९मा आफ्नो अधिकार कटौती गरेकले मानसिक रुपमा विभाजन महशुस गरेको बताइन्।
नेपाल आफ्नो देश र घर रहेपनि अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न सजिलो महशुस नगर्ने बताइन्।
संविधानको धारा २८९ मा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनीत वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनु पर्ने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।