काठमाडौं– नेपाली नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक यही अधिवेशन पास गर्न सांसदले माग गरेका छन्। सांसदद्वय विन्दा पाण्डे र हृदयश त्रिपाठीले शुन्य समयमा बोल्दै यस्ता माग गरेका हुन्।
बिहीबार संसदको शुन्य समयमा बोल्दै सांसद विन्दा पाण्डेले विधेयक पास वा नागरिकताको वैकल्पिक व्यवस्था गर्न माग गरिन्।
नागरिकता विधेयक एक वर्षदेखि टुंगोमा पुग्न नसक्नुको कारण माग गर्दै उनले भनिन्, 'नागरिकता सम्बन्धी विधेयक यही अधिवेशनमा पास गर्ने पहल होस् । समय लाग्ने हो भने शिक्षा, स्वास्थ्य, पेशा व्यवसाय गर्न वैकल्पिक व्यवस्था गरियोस्।'
संविधानले कसैले राज्यविहीन हुनु नपरोस् भन्ने परिकलेपना अन्तर्गत संशोधन हुनुपर्ने नागरिकता ऐनमा ढिलाइ हुँदा नेपाली नागरिकका सन्तानले विभिन्न समस्या खेप्नु परेको बताइन्।
उनले भनिन्, 'सवैको पहिचान सुनिश्चत गर्न विशेष पहल होस्।' यसैगरी सांसद हृदयश त्रिपाठीले उक्त विधेयकलाई टुंगोमा नपुर्याउँदा कार्यक्षमतामाथि नै प्रश्न उठेका बताए । उनले समितिका सदस्य सांसदतर्फ इंगित गर्दै भने, 'राज्य व्यवस्थाका विद्वान साथीहरुले ब्रहमाण्डका कुरामा छलफल गर्नुभयो । तर, संविधान अनुकूल नागरिकता ऐन बनाउन सक्नुभएन।'
नागरिकता विधेयक एक वर्षदेखि संसदको राज्य तथा सुशासन समितिमा उक्त विधेयकमा छलफल भइरहेको छ। तर, अंगीकृत नागरिकताका विषयमा सहमति नहुँदा अघि बढ्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।