• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

न्याय नपाएकी राष्ट्रपति र भिडको मनोविज्ञान

64x64
नेपाल लाइभ सोमबार, भदौ ९, २०७६  १५:००
1140x725

म के लेखौं!

रवि लामिछानेको साथमा छु लेखौं वा शालिकराम पुडासैनीको। मारिएका रहेछन् शालिकराम भने उनले न्याय पाउनुपर्छ। अपराधमा संलग्नलाई कारबाही हुनुपर्छ। निर्दोष रहेछन् रवि भने उनलाई कतिसम्म्म दुःख दिन मिल्छ? क–कसले दु:ख दिन मिल्छ? र, कति दिनसम्म दुःख दिन मिल्छ?

म यस्तो देशको नागरिक हुँ, जहाँ न्याय नपाएकी राष्ट्रपतिको शासन छ। उनै राष्ट्रपतिलाई पनि पोल्दो हो भतभती, दुःख लाग्दो हो। तर, दासढुंगामा उनका श्रीमान्‌लाई कसले खसायो, अनुसन्धानमा उनको पनि केही सिप लागेन। नेपालमा कम्युनिज्मको व्याख्या गर्न सक्ने र बिजारोपपण गर्ने साहसी नेता मदन भण्डारी मारिए। समयले उनकै परिवारको सदस्यलाई देशकै सबैभन्दा उच्च पद र जिम्मेवारी दियो। यति हुँदा पनि उनले न्याय पाएनन्। उनलाई प्रिय नेता मान्ने र उनकै फोटोमा माला लगाएर काम सुरु गर्ने दलको हातमा न्यायालयको बागडोर छ। यति हुँदासम्म पनि मदनले न्याय पाएनन्। 

यो अवस्थामा म के लेखौं- मदन भण्डारीको साथमा छु लेखौं या रवि लामिछानेको?

भ्रष्टाचारको दलदलमा देश फसेकै हो। यहाँ प्रत्येक दिन गन्न नसकिने भ्रष्टाचार हुन्छन्। देख्न नभ्याउने भ्रष्टाचार हुन्छन्। लेखेर वा बोलेर पार नलाग्ने भ्रष्टाचार हुन्छन्। कति त यतिसम्म भ्रष्टाचारी रहेछन्, जसविरुद्ध लेख्न पनि मिल्दैन र बोल्न पनि। आँट गर्दा के हुन्छ भन्ने प्रश्नको उत्तर रवि र शालिकराम हुन्। 

जनताले प्रधानमन्त्रीको काखमा विश्वासले टाउको राखेर निदाउन सकेनन्। दूधे बालकले रिसाएको बेला आमाको काख छाडेर बाबुको काखमा सरेजसरी जनता रविको काखमा सरे। रवि जनप्रिय देखिए, सरकार सुन्नै नसकिने गरी आलोचित भयो। 

म शालिकरामले गरेका रिपोर्टहरुको फ्यान हुँ। र, रविले गरेका राम्रा कामको दिवाना। मलाई कार्यक्रम प्रस्तोताका रुपमा रविको शैली उति मन पर्दैन। तर, रविले उठाएका विषय र काम गर्ने तौरतरिकाले भने लोभ्याइहन्छ। मानिसले गर्ने भरोसा र विश्वास रविका हतियार हुन्। जो, भ्रष्टाचार गरेर वा बदमासी गरेर पाइन्न। रविले कमाए, शालिकराम गुमाए।

यो अवस्थामा म के लेखौं- सरकारको पक्षमा छु लेखौं वा लेखिदिऊँ- अनुसन्धानमा कोही बाधक नबनौं।

Ncell 2
Ncell 2

मैले लेखिहाले भने पनि पढ्दा न तपाईंको चित्त बुझ्छ न लेख्दा मेरो नै। मैले यसो लेख्दै गर्दा मलाई राम्ररी थाहा छ, अनुसन्धानमा कसैले औंलो उठाउने अधिकार राख्दैन। तर, न्यायालयसँग विश्वास मरेपछि स्वाभाविक प्रश्नहरु उठ्छन्। मैले त योसम्म बुझ्न सकिनँ, सरकार अनुसन्धानचाहिँ केको गर्दैछ। शालिकरामको हत्या वा आत्महत्या खुट्याउन? आत्महत्याका कारक रवि हुन् भन्ने विषय पहिल्याउन? वा अरु नै केही। यो जरुरी छैन अनुसन्धानका प्रत्येक विषय जनस्तरमा आइपुगून्। तर, यो जरुरी छ अनुसन्धान कानुनसम्मत हुनुपर्छ। 

म यस्तो देशको नागरिक हुँ, जहाँ सरकारको सधैं विरोध गर्नुपर्छ भन्ने सिकेर हुर्किएँ। त्यो सरकार जो सुकैको होस्। जसले देश हाँक्ने बागडोर समाते पनि विरोध गर्ने परिपाटीमा हुर्किएँ। मलाई सरकार अप्रिय लाग्छ, सरकारको विपक्षी प्रिय। यतिबेला यस्तै लाग्ने भिड सडकमा पनि छ। मलाई यसो लाग्नुमा संयोग मात्र पनि हुन सक्छ। तर, यो अवधिमा सरकारले म र म जस्तालाई विश्वास दिलाउन सकेन। 

न्यायमा परेका उजुरी किन प्रहरी कार्यालयमा किन दर्ता हुँदैनन् र रविको कार्यालय पुग्छ? कसैले ठगेको कुरा किन उजुरी नगरी रविलाई सुनाइन्छ? काम उठाउने सरकारभन्दा प्रश्न उठाउने रवि कसरी समाजका प्रिय भए?

हुनलाई चाहिँ सरकार अधुरो भयो। सुनकाण्डमा अधुरो, निर्मला हत्याकाण्डमा पनि अधुरो। अन्य थुप्रै घटनामा अधुरो। न्याय पाउने आशा आशामै सीमित भयो। सरकारका सायदै काम होलान्, जसलाई हेरेर आशा गर्न सकियोस् कि यसपटक चाहिँ न्याय हुनेछ।

यस्तो अवस्थामा म के लेखौं- सरकारको पक्षमा छु, न्यायालयको पक्षमा छु वा रविको!

सरकार भन्छ- न्यायालय छ, प्रहरी छ र प्रशासन पनि। दुरदराजकी बेचिएकी चेली यी सबै छाडेर किन रविलाई फोन गर्छिन्? मलाई उद्धार गर्नुहोस् भनेर रविसँग किन गुहार माग्छिन्? विदेशमा दुःख पाएका नेपाली किन सरकारी निकायभन्दा रविकहाँ धाउन सुरक्षित मान्छन्? अन्यायमा परेका उजुरी किन प्रहरी कार्यालयमा किन दर्ता हुँदैनन् र रविको कार्यालय पुग्छ? सञ्चारकर्म गर्दै गरेका रविलाई किन समाजले विश्वास गर्छ र प्रहरी वा प्रशासन ठान्छ? कसैले ठगेको कुरा किन उजुरी नगरी रविलाई सुनाइन्छ? रवि हुनुमा एक हिसाबले किन समाज ढुक्क मान्छ? काम उठाउने सरकारभन्दा प्रश्न उठाउने रवि कसरी समाजका प्रिय भए?

समाजमा हुने गरेका सानाठूला अपराध प्रहरीसँग कम र रविसँग बढी ठोकिन्छन्। कतिपय प्रतिनिधि घटना रविले समाधान पनि गरेका छन्। जबरजस्ती गर्न खोज्ने शिक्षक रविको फन्दामा परे। ती छात्राले प्रहरीलाई उजुरी गरेर शिक्षक ठेगान लगाउन पनि सक्थिन्। कानुनी बाटो पनि त्यही हो। तर, ती बालिकालाई प्रहरीको विश्वास लागेन। आफ्नो बहादुर दाजुलाई सुनाएजसरी रविलाई कार्यालय नै पुगेर मनको आगो निभाइन्, पीडा पोखिन्। रविले अपराध हुन दिएनन्। 

म के लेखौं- भाइरल बनाइएको रविको पक्षमा छु लेखौं वा उही रविको पक्षमा छु लेखौं; जो भाइरल हुनुपूर्व जे थिए। कि यस्तो लेखौं- म न्यायालय वा प्रहरीको पक्षमा छु, जो अन्धकारमा न्यायको सपना देखाउँदैछ।

हुन सक्छ यी र यस्ता घटनाले रवि विश्वासका पात्र भए। म रविको पक्ष वा विपक्षमा छैन। अपराध कसैले गर्न हुँदैन भन्ने पक्ष मेरो हो। त्यो अपराध कहीँ न कहीँ रविले गरेका रहेछन् भने उनी कुनै हालतमा छुट्नु हुँदैन। कानुनबमोजिम कारबाही भोग्नैपर्छ। निर्दोष रहेछन् भने धेरै दुःख दिनु हुँदैन। 

रवि त्यस्तो विशेष मान्छे होइनन्, जोसँग देवत्व छ। उनी आम मान्छे हुन्। होला, दुःखी मनहरुमा मल्हम लगाउने उनको आदत छ। पीडा देख्न नसक्ने आँखा छ। होला, भ्रष्टाचार न्यूनीकरण होस् भनेर कामना गर्छन्। तर, दक्षिण भारतीय सिनेमाको नायक रवि हुँदै होइनन्। जो भिडले भन्दा बढी सरकारले बनाउँदैछ, न्यायालयले बनाउँदैछ, प्रहरी र प्रशासनले बनाउँदैछ। 

यो बेला म के लेखौं- भाइरल बनाइएको रविको पक्षमा छु लेखौं वा उही रविको पक्षमा छु लेखौं; जो भाइरल हुनुपूर्व जे थिए। कि यस्तो लेखौं- म न्यायालय वा प्रहरीको पक्षमा छु, जो अन्धकारमा न्यायको सपना देखाउँदैछ।

म यस्तो बहादुर प्रधानमन्त्रीको देशको नागरिक हुँ, जुन देशमा भारतले नाकाबन्दी गर्दा प्रधानमन्त्री झुकेनन्। डटेर सामना गरे, शिर उँचो राखे। त्यतीबेला सम्पूर्ण नेपाली गर्वले प्रधानमन्त्रीको नाम लिन्थे। आफ्नो प्रधानमन्त्रीत्वकालको पहिलो इनिङ, सानदार बिताए। गौरव गर्न लायक बिताए। र, नेपालीको छाती चौडा बनाइदिए। 

यतिबेला उनै प्रधानमन्त्री केपी ओली प्रधानमन्त्रीको कुर्सीमा दोस्रो इनिङ बिताइरहेका छन्। सरकारमा सानदार इन्ट्री मारेका उनले बिस्तारै आफ्नो शाख घटाउँदै ल्याए। नागरिकले उनमा जुन विश्वास गरेका थिए र सपना देखेका थिए क्रमशः घट्दैछ। अझ कतिपय विधेयक, अपराधका घटना तथा उनले जनाएको प्रतिबद्धताले त यस्तो बनाइदियो नागरिकले उनमा विश्वास नै गर्न छाडे। उनी दोस्रोपटक पनि प्रिय नै रहिरहन सकेनन्। गर्वले बनाएको चौडा छाती आलोचनाको मालाले पुरिदियो। 

समयले यस्तो बनाइदियो जनताले प्रधानमन्त्रीको काखमा विश्वासले टाउको राखेर निदाउन सकेनन्। उनी मातहतका न्यायालय, प्रहरी र प्रशासनकको त कुरै छाडौं। यति नै बेला चर्चित टेलिभिजनकर्मी रवि षड्यन्त्र जस्तो देखिने घटनामा मुसिए। दूधे बालकले रिसाएको बेला आमाको काख छाडेर बाबुको काखमा सरेजसरी जनता रविको काखमा सरे। रवि जनप्रिय देखिए, सरकार सुन्नै नसकिने गरी आलोचित भयो। 

सरकारले यस्तो काम गरोस्, पीडितले प्रहरीलाई खबर गरुन्। दुःख पाएका नागरिक प्रहरी वा प्रशासनसँग सुरक्षित मानून्। जसकारण भोलि कोही पनि नागरिक रवि वा रविजस्तै सञ्चारकर्मीको टेबलमा गएर न्यायको भिख माग्नु नपरोस्।

शालिकराम आत्महत्या प्रकरणपछि मिडिया दुई धारमा बाँडिए। मूलधारका मिडिया चुप रहे, केही मिडिया बोले भने अमूर्त विश्लेषण मात्र बोले। बाँकी मिडिया हाउस आफूअनुकूल विश्लेषण गर्नमा व्यस्त रहे। सडकमा देखिएको भिडको आडमा युट्युबर 'पत्रकार' भए। भ्युअर्स बटुल्न नसक्नेहरुका लागि यो प्रकरण अवसर सिद्ध भयो। शीर्षक एउटा कन्टेन्ट अर्को, अधिकांश खुराक यस्तै भेटिए। पत्रकारितामा पनि नयाँ विषय थपियो, सेन्टिमेन्ट वा आफ्नो विचार समाचारको विषय होइन। तर, कतिपय मिडियाले यसैलाई समाचार बनाए। 

घटनालाई नजिकबाट स्पर्श गरेका अधिकारीहरु प्रत्येक अन्तरवार्तामा आफ्नो कुरा फेरिरहेका छन्। यसै पनि माहोल रविको पक्षमा छ। सडक तातिरहेको छ। यो बेला कुनै पनि मिडियाले भिडलाई एक थोपा पनि शीतलता दिन सकेको छैन। ताकि भिडले महसुस गरोस्, अनुसन्धान भइरहेको छ। 

न्याय नपाएकी राष्ट्रपति र थुप्रै अनुसन्धान बीचमै छाडेको सरकारलाई मेरो यति मात्रै अनुरोध छ, अब काम गर्ने बेला आयो। जनताको सेन्टिमेन्टसँग जोडिएका रवि सरकारलाई बाटो हुन सक्छ। काम यस्तो गरौं, भोलि पीडितले प्रहरीलाई खबर गरुन्। दुःख पाएका नागरिक प्रहरी वा प्रशासनसँग सुरक्षित मानून्। जसकारण भोलि कोही पनि नागरिक रवि वा रविजस्तै सञ्चारकर्मीको टेबलमा गएर न्यायको भिख माग्नु नपरोस्।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ?
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस्
सम्बन्धित सामग्री
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
पार्टीमा आफ्नो जिम्मेवारी ख्याल गर्न गगन थापालाई डा. प्रकाशशरण महतको सुझाव बिहीबार, पुस १०, २०८२
बालेनलाई भेट्न पुगे डा. बाबुराम भट्टराई बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा आज पेशी बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्