• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

न्याय नपाएकी राष्ट्रपति र भिडको मनोविज्ञान

64x64
नेपाल लाइभ सोमबार, भदौ ९, २०७६  १५:००
1140x725

म के लेखौं!

रवि लामिछानेको साथमा छु लेखौं वा शालिकराम पुडासैनीको। मारिएका रहेछन् शालिकराम भने उनले न्याय पाउनुपर्छ। अपराधमा संलग्नलाई कारबाही हुनुपर्छ। निर्दोष रहेछन् रवि भने उनलाई कतिसम्म्म दुःख दिन मिल्छ? क–कसले दु:ख दिन मिल्छ? र, कति दिनसम्म दुःख दिन मिल्छ?

म यस्तो देशको नागरिक हुँ, जहाँ न्याय नपाएकी राष्ट्रपतिको शासन छ। उनै राष्ट्रपतिलाई पनि पोल्दो हो भतभती, दुःख लाग्दो हो। तर, दासढुंगामा उनका श्रीमान्‌लाई कसले खसायो, अनुसन्धानमा उनको पनि केही सिप लागेन। नेपालमा कम्युनिज्मको व्याख्या गर्न सक्ने र बिजारोपपण गर्ने साहसी नेता मदन भण्डारी मारिए। समयले उनकै परिवारको सदस्यलाई देशकै सबैभन्दा उच्च पद र जिम्मेवारी दियो। यति हुँदा पनि उनले न्याय पाएनन्। उनलाई प्रिय नेता मान्ने र उनकै फोटोमा माला लगाएर काम सुरु गर्ने दलको हातमा न्यायालयको बागडोर छ। यति हुँदासम्म पनि मदनले न्याय पाएनन्। 

यो अवस्थामा म के लेखौं- मदन भण्डारीको साथमा छु लेखौं या रवि लामिछानेको?

भ्रष्टाचारको दलदलमा देश फसेकै हो। यहाँ प्रत्येक दिन गन्न नसकिने भ्रष्टाचार हुन्छन्। देख्न नभ्याउने भ्रष्टाचार हुन्छन्। लेखेर वा बोलेर पार नलाग्ने भ्रष्टाचार हुन्छन्। कति त यतिसम्म भ्रष्टाचारी रहेछन्, जसविरुद्ध लेख्न पनि मिल्दैन र बोल्न पनि। आँट गर्दा के हुन्छ भन्ने प्रश्नको उत्तर रवि र शालिकराम हुन्। 

जनताले प्रधानमन्त्रीको काखमा विश्वासले टाउको राखेर निदाउन सकेनन्। दूधे बालकले रिसाएको बेला आमाको काख छाडेर बाबुको काखमा सरेजसरी जनता रविको काखमा सरे। रवि जनप्रिय देखिए, सरकार सुन्नै नसकिने गरी आलोचित भयो। 

म शालिकरामले गरेका रिपोर्टहरुको फ्यान हुँ। र, रविले गरेका राम्रा कामको दिवाना। मलाई कार्यक्रम प्रस्तोताका रुपमा रविको शैली उति मन पर्दैन। तर, रविले उठाएका विषय र काम गर्ने तौरतरिकाले भने लोभ्याइहन्छ। मानिसले गर्ने भरोसा र विश्वास रविका हतियार हुन्। जो, भ्रष्टाचार गरेर वा बदमासी गरेर पाइन्न। रविले कमाए, शालिकराम गुमाए।

यो अवस्थामा म के लेखौं- सरकारको पक्षमा छु लेखौं वा लेखिदिऊँ- अनुसन्धानमा कोही बाधक नबनौं।

nimb
nimb
Ncell 2
Ncell 2

मैले लेखिहाले भने पनि पढ्दा न तपाईंको चित्त बुझ्छ न लेख्दा मेरो नै। मैले यसो लेख्दै गर्दा मलाई राम्ररी थाहा छ, अनुसन्धानमा कसैले औंलो उठाउने अधिकार राख्दैन। तर, न्यायालयसँग विश्वास मरेपछि स्वाभाविक प्रश्नहरु उठ्छन्। मैले त योसम्म बुझ्न सकिनँ, सरकार अनुसन्धानचाहिँ केको गर्दैछ। शालिकरामको हत्या वा आत्महत्या खुट्याउन? आत्महत्याका कारक रवि हुन् भन्ने विषय पहिल्याउन? वा अरु नै केही। यो जरुरी छैन अनुसन्धानका प्रत्येक विषय जनस्तरमा आइपुगून्। तर, यो जरुरी छ अनुसन्धान कानुनसम्मत हुनुपर्छ। 

म यस्तो देशको नागरिक हुँ, जहाँ सरकारको सधैं विरोध गर्नुपर्छ भन्ने सिकेर हुर्किएँ। त्यो सरकार जो सुकैको होस्। जसले देश हाँक्ने बागडोर समाते पनि विरोध गर्ने परिपाटीमा हुर्किएँ। मलाई सरकार अप्रिय लाग्छ, सरकारको विपक्षी प्रिय। यतिबेला यस्तै लाग्ने भिड सडकमा पनि छ। मलाई यसो लाग्नुमा संयोग मात्र पनि हुन सक्छ। तर, यो अवधिमा सरकारले म र म जस्तालाई विश्वास दिलाउन सकेन। 

न्यायमा परेका उजुरी किन प्रहरी कार्यालयमा किन दर्ता हुँदैनन् र रविको कार्यालय पुग्छ? कसैले ठगेको कुरा किन उजुरी नगरी रविलाई सुनाइन्छ? काम उठाउने सरकारभन्दा प्रश्न उठाउने रवि कसरी समाजका प्रिय भए?

हुनलाई चाहिँ सरकार अधुरो भयो। सुनकाण्डमा अधुरो, निर्मला हत्याकाण्डमा पनि अधुरो। अन्य थुप्रै घटनामा अधुरो। न्याय पाउने आशा आशामै सीमित भयो। सरकारका सायदै काम होलान्, जसलाई हेरेर आशा गर्न सकियोस् कि यसपटक चाहिँ न्याय हुनेछ।

यस्तो अवस्थामा म के लेखौं- सरकारको पक्षमा छु, न्यायालयको पक्षमा छु वा रविको!

सरकार भन्छ- न्यायालय छ, प्रहरी छ र प्रशासन पनि। दुरदराजकी बेचिएकी चेली यी सबै छाडेर किन रविलाई फोन गर्छिन्? मलाई उद्धार गर्नुहोस् भनेर रविसँग किन गुहार माग्छिन्? विदेशमा दुःख पाएका नेपाली किन सरकारी निकायभन्दा रविकहाँ धाउन सुरक्षित मान्छन्? अन्यायमा परेका उजुरी किन प्रहरी कार्यालयमा किन दर्ता हुँदैनन् र रविको कार्यालय पुग्छ? सञ्चारकर्म गर्दै गरेका रविलाई किन समाजले विश्वास गर्छ र प्रहरी वा प्रशासन ठान्छ? कसैले ठगेको कुरा किन उजुरी नगरी रविलाई सुनाइन्छ? रवि हुनुमा एक हिसाबले किन समाज ढुक्क मान्छ? काम उठाउने सरकारभन्दा प्रश्न उठाउने रवि कसरी समाजका प्रिय भए?

समाजमा हुने गरेका सानाठूला अपराध प्रहरीसँग कम र रविसँग बढी ठोकिन्छन्। कतिपय प्रतिनिधि घटना रविले समाधान पनि गरेका छन्। जबरजस्ती गर्न खोज्ने शिक्षक रविको फन्दामा परे। ती छात्राले प्रहरीलाई उजुरी गरेर शिक्षक ठेगान लगाउन पनि सक्थिन्। कानुनी बाटो पनि त्यही हो। तर, ती बालिकालाई प्रहरीको विश्वास लागेन। आफ्नो बहादुर दाजुलाई सुनाएजसरी रविलाई कार्यालय नै पुगेर मनको आगो निभाइन्, पीडा पोखिन्। रविले अपराध हुन दिएनन्। 

म के लेखौं- भाइरल बनाइएको रविको पक्षमा छु लेखौं वा उही रविको पक्षमा छु लेखौं; जो भाइरल हुनुपूर्व जे थिए। कि यस्तो लेखौं- म न्यायालय वा प्रहरीको पक्षमा छु, जो अन्धकारमा न्यायको सपना देखाउँदैछ।

हुन सक्छ यी र यस्ता घटनाले रवि विश्वासका पात्र भए। म रविको पक्ष वा विपक्षमा छैन। अपराध कसैले गर्न हुँदैन भन्ने पक्ष मेरो हो। त्यो अपराध कहीँ न कहीँ रविले गरेका रहेछन् भने उनी कुनै हालतमा छुट्नु हुँदैन। कानुनबमोजिम कारबाही भोग्नैपर्छ। निर्दोष रहेछन् भने धेरै दुःख दिनु हुँदैन। 

रवि त्यस्तो विशेष मान्छे होइनन्, जोसँग देवत्व छ। उनी आम मान्छे हुन्। होला, दुःखी मनहरुमा मल्हम लगाउने उनको आदत छ। पीडा देख्न नसक्ने आँखा छ। होला, भ्रष्टाचार न्यूनीकरण होस् भनेर कामना गर्छन्। तर, दक्षिण भारतीय सिनेमाको नायक रवि हुँदै होइनन्। जो भिडले भन्दा बढी सरकारले बनाउँदैछ, न्यायालयले बनाउँदैछ, प्रहरी र प्रशासनले बनाउँदैछ। 

यो बेला म के लेखौं- भाइरल बनाइएको रविको पक्षमा छु लेखौं वा उही रविको पक्षमा छु लेखौं; जो भाइरल हुनुपूर्व जे थिए। कि यस्तो लेखौं- म न्यायालय वा प्रहरीको पक्षमा छु, जो अन्धकारमा न्यायको सपना देखाउँदैछ।

म यस्तो बहादुर प्रधानमन्त्रीको देशको नागरिक हुँ, जुन देशमा भारतले नाकाबन्दी गर्दा प्रधानमन्त्री झुकेनन्। डटेर सामना गरे, शिर उँचो राखे। त्यतीबेला सम्पूर्ण नेपाली गर्वले प्रधानमन्त्रीको नाम लिन्थे। आफ्नो प्रधानमन्त्रीत्वकालको पहिलो इनिङ, सानदार बिताए। गौरव गर्न लायक बिताए। र, नेपालीको छाती चौडा बनाइदिए। 

यतिबेला उनै प्रधानमन्त्री केपी ओली प्रधानमन्त्रीको कुर्सीमा दोस्रो इनिङ बिताइरहेका छन्। सरकारमा सानदार इन्ट्री मारेका उनले बिस्तारै आफ्नो शाख घटाउँदै ल्याए। नागरिकले उनमा जुन विश्वास गरेका थिए र सपना देखेका थिए क्रमशः घट्दैछ। अझ कतिपय विधेयक, अपराधका घटना तथा उनले जनाएको प्रतिबद्धताले त यस्तो बनाइदियो नागरिकले उनमा विश्वास नै गर्न छाडे। उनी दोस्रोपटक पनि प्रिय नै रहिरहन सकेनन्। गर्वले बनाएको चौडा छाती आलोचनाको मालाले पुरिदियो। 

समयले यस्तो बनाइदियो जनताले प्रधानमन्त्रीको काखमा विश्वासले टाउको राखेर निदाउन सकेनन्। उनी मातहतका न्यायालय, प्रहरी र प्रशासनकको त कुरै छाडौं। यति नै बेला चर्चित टेलिभिजनकर्मी रवि षड्यन्त्र जस्तो देखिने घटनामा मुसिए। दूधे बालकले रिसाएको बेला आमाको काख छाडेर बाबुको काखमा सरेजसरी जनता रविको काखमा सरे। रवि जनप्रिय देखिए, सरकार सुन्नै नसकिने गरी आलोचित भयो। 

सरकारले यस्तो काम गरोस्, पीडितले प्रहरीलाई खबर गरुन्। दुःख पाएका नागरिक प्रहरी वा प्रशासनसँग सुरक्षित मानून्। जसकारण भोलि कोही पनि नागरिक रवि वा रविजस्तै सञ्चारकर्मीको टेबलमा गएर न्यायको भिख माग्नु नपरोस्।

शालिकराम आत्महत्या प्रकरणपछि मिडिया दुई धारमा बाँडिए। मूलधारका मिडिया चुप रहे, केही मिडिया बोले भने अमूर्त विश्लेषण मात्र बोले। बाँकी मिडिया हाउस आफूअनुकूल विश्लेषण गर्नमा व्यस्त रहे। सडकमा देखिएको भिडको आडमा युट्युबर 'पत्रकार' भए। भ्युअर्स बटुल्न नसक्नेहरुका लागि यो प्रकरण अवसर सिद्ध भयो। शीर्षक एउटा कन्टेन्ट अर्को, अधिकांश खुराक यस्तै भेटिए। पत्रकारितामा पनि नयाँ विषय थपियो, सेन्टिमेन्ट वा आफ्नो विचार समाचारको विषय होइन। तर, कतिपय मिडियाले यसैलाई समाचार बनाए। 

घटनालाई नजिकबाट स्पर्श गरेका अधिकारीहरु प्रत्येक अन्तरवार्तामा आफ्नो कुरा फेरिरहेका छन्। यसै पनि माहोल रविको पक्षमा छ। सडक तातिरहेको छ। यो बेला कुनै पनि मिडियाले भिडलाई एक थोपा पनि शीतलता दिन सकेको छैन। ताकि भिडले महसुस गरोस्, अनुसन्धान भइरहेको छ। 

न्याय नपाएकी राष्ट्रपति र थुप्रै अनुसन्धान बीचमै छाडेको सरकारलाई मेरो यति मात्रै अनुरोध छ, अब काम गर्ने बेला आयो। जनताको सेन्टिमेन्टसँग जोडिएका रवि सरकारलाई बाटो हुन सक्छ। काम यस्तो गरौं, भोलि पीडितले प्रहरीलाई खबर गरुन्। दुःख पाएका नागरिक प्रहरी वा प्रशासनसँग सुरक्षित मानून्। जसकारण भोलि कोही पनि नागरिक रवि वा रविजस्तै सञ्चारकर्मीको टेबलमा गएर न्यायको भिख माग्नु नपरोस्।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्