• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, असार ७, २०८२ Sat, Jun 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
नेपालकै बाटोबाट यसरी पुगिन्छ कैलाश मानसरोवर (भिडियो)
64x64
नेपाल लाइभ शुक्रबार, भदौ ३०, २०७४  १९:२८
1140x725


कैलाश मानसरोवर पृथ्वीको स्वर्गको रुपमा परिचित छ। भगवान् शिवको बासस्थानको रुपमा रहेको कैलाश समुद्र सतहबाट ६ हजार ६ सय ३८ मिटरको उचाइमा अवस्थित छ।

चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवर ४ हजार ५ सय ९० मिटरको उचाइमा पर्छ। 

नेपाल, भारत, जर्मन, रसिया र  युक्रेन लगायत संसारभरका हजारौं भक्तजनहरु कैलाश मानसरोवरको दर्शनका लागि जाने गरेका छन्। हिन्दु, बौद्ध, जैन  लगायत विभिन्न समुदायका धर्मालम्बीहरुको आस्थाको धरोहरको रुपमा रहेको कैलाश मानसरोवरको दर्शन गर्नाले जिन्दगीमा जानेर वा नजानेर गरेका सबै पापहरु मेटिने र शरीरमा भएका सबै रोगहरुबाट मुक्ति पाइने धार्मिक विश्वास छ।

हिन्दुहरुको पवित्र धर्म ग्रन्थ रामायणमा गरिएको बयान अनुसार मानसरोवरमा स्नान गर्ने र कैलाशको परिक्रमा गर्ने व्यक्ति सिधै ब्रह्मलोकमा पुग्न सक्छ भन्ने आम विश्वास छ। 

मानसरोवरको पानीलाई स्पर्श मात्रै गर्न सके पनि मोक्ष प्राप्ति हुन्छ भन्ने मानिन्छ। यही मान्यताका कारण जिन्दगीमा एक पटक कैलाश मानसरोवरको दर्शन गर्नु आवश्यक छ भन्ने हिन्दु मान्यता रहेको छ। 

कैलाश मानसरोवरमा पुग्ने जो कसैको इच्छा हुन सक्छ। तर, पुग्न त्यति सहज भने छैन।

आफूसँग मन भएर मात्रै कैलाश मानसरोवरको यात्रा गर्न कठिन छ। त्यसका लागि धन पनि चाहिन्छ। मन र धन भयो भने पनि स्वास्थ्य र मौसमको साथ पनि जरुरी छ। मौसममा भइरहने फेरबदलका कारण यात्रा प्रभावित हुने सम्भावना धेरै रहन्छ। 

कैलाश मानसरोवरको यात्राका लागि भक्तजनहरुले पछिल्लो वर्षहरुमा नेपालकै रुट प्रयोग गर्ने गरेका छन्। पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जबाट हुम्लाको सिमिकोट रुट निक्कै चल्तीमा आउन थालेको छ।  

Ncell 2
Ncell 2

नेपालगन्जमा रहेको होटेल सिद्धार्थले कैलाश मानसरोवरको यात्रामा जाने भक्तजनहरुको विशेष सुविधाहरु उपलब्ध गराउँदै आएको छ।

भारतका विभिन्न सहरबाट काठमान्डौ हुँदै नेपालगन्ज पुग्ने अधिकांश भक्तजन नेपालगन्जको होटेल सिद्धार्थमा एक रात बिताएर नेपालगन्जबाट करिब ४५ मिनेटको हवाइ उडानबाट सिमिकोट पुग्ने गर्छन्।

सिमिकोटबाट करिब २० मिनेटको उडानपछि हिल्सा पुग्न सकिन्छ। हिल्सा चीनको सीमावर्ती क्षेत्रमा पर्छ। हुम्ला जिल्लामा पर्ने हिल्सा कर्णाली नदीको किनारा हो।

ताक्लाकोट समुद्र सतहबाट धेरै उचाइमा पर्ने हिमाली क्षेत्र भएकाले त्यहाँ पुग्ने यात्रुलाई हाई अल्टिच्युट अर्थात् लेक जाग्न लाग्ने समस्या देखिन्छ। त्यसका लागि एक दिन ताक्लाकोटमा आराम गरेर मौसममा अनुसार आफूलाई अभ्यस्त पारेपछि मात्रै अगाडिको यात्रा प्रारम्भ गर्नुपर्छ।

कैलाश एउटा हिमाल हो भने मानसरोबर ताल। मानसरोवर तालमा स्नान गरी र कैलाशको परिक्रमा गर्न सके जीवनमा मुक्ति प्राप्त हुन्छ भन्ने मान्यता छ। कैलाशको यात्राका सबैभन्दा उपयुक्त समय बैसाखदेखि असारसम्म हो।

पछिल्ला वर्षहरुमा असोजसम्म पनि भक्तजनहरु त्यहाँ पुग्ने गरेका छन्। भगवान् शिव कैलाशमा बस्ने र मानसरोवरमा सपरिवार स्नान गर्ने गरेको धार्मिक विश्वास छ। भारतको कर्नाटका, केरल, आन्ध्रप्रदेश, गुजरात, मध्यप्रदेश, महाराष्ट्रका धेरै भक्तजनहरु कैलाश मानसरोवरको यात्रामा जाने गरेका छन्।

चिनियाँ क्षेत्रमा पर्ने हिल्सामा इमिग्रेशन क्रलियर गरेपछि करिब ४० मिनेटको  बस यात्रापछि  ताक्लाकोट पुग्न सकिन्छ। ताक्लाकोटबाट करिब एक घन्टाको यात्रापछि मानसरोवर तालमा पुग्न सकिन्छ। मानसरोवर तालदेखि करिब २० मिनेटको बस यात्रापछि यमद्वार पुन सकिन्छ। हिँड्न नसक्ने बिरामी तथा वृद्धवृद्धाहरुले यमद्वारबाटै कैलाशको दर्शन गरेर फर्कन्छन् भने हिँड्न सक्नेहरु पैदल तथा घोडा हुँदै कैलाशको बेस क्याम्प अर्थात् दार्चेन पुग्छन्।

दार्चेनबाट ७ किमि यात्रा गरेर भ्याली अफ गड अर्थात्  तारबुच्चे पुग्न सकिन्छ। तारबुच्चे ६/७ किलोमिटर यात्रा गरेपछि  डेरापुकमा पुग्न सकिन्छ। अधिकांश भक्तजनहरु डेरापुकमा बास बस्छन्। डेरापुक समुद्री सतहबाट करिब ४ हजार ९ सय मिटरको उचाइमा पर्छ। डेरापुकबाट करिब २२ किलोमिटरको यात्रापछि जजुलपुक पुग्न सकिन्छ। जजुलपुकबाट ५ किलोमिटर पैदल त्यसपछि गाडीमा १५ मिनेटको यात्रापछि तारचेन पुग्न सकिन्छ।

तारचेन पुगेसँगै कैलाश परिक्रमा पूरा हुन्छ। ३ दिनको करिब ५३ किलोमिटर लामो यात्रा पूरा भएसँगै कैलाश मानसरोवरको यात्रा पूरा हुन्छ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले मनायो स्थापना दिवस
तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकका परिवारलाई रास्वपाले तीन लाख सहयोग गर्ने
कारागारबाट रवि लामिछानेले भने, ‘रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे’ (पूर्णपाठ)
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपाले मनायो स्थापना दिवस शनिबार, असार ७, २०८२
तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकका परिवारलाई रास्वपाले तीन लाख सहयोग गर्ने शनिबार, असार ७, २०८२
कारागारबाट रवि लामिछानेले भने, ‘रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे’ (पूर्णपाठ) शनिबार, असार ७, २०८२
सुदूरपश्चिम रोयल्सले गर्यो ६ खेलाडीलाई रिटेन शनिबार, असार ७, २०८२
सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च ४२ प्रतिशत मात्रै शनिबार, असार ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा शुक्रबार, असार ६, २०८२
दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिँड्दैन : महेश बर्तौला
दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिँड्दैन : महेश बर्तौला शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
टी–२० सिरिज: अन्तिम खेलमा स्कटल्यान्डसँग नेपाल ३४ रनले पराजित शुक्रबार, असार ६, २०८२
टस जितेको स्कटल्यान्डले ब्याटिङ रोज्यो, नेपालको प्लेइङ–११ मा एक परिवर्तन शुक्रबार, असार ६, २०८२
सुदूरपश्चिम रोयल्सले गर्यो ६ खेलाडीलाई रिटेन शनिबार, असार ७, २०८२
इजरायली आक्रमणमा इरानको न्युक्लियर सेन्टरमा क्षति शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्