नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ भदौ ७ शनिबार | Saturday, August 24, 2019 १९:५४:०० मा प्रकाशित

काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू 

१) सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतीपूर्ण बन्दै गएको कार्यबाहक प्रधानमन्त्री पोखरेलको भनाई, हडप्ने प्रवृत्ति पार्टी भित्रै पनि देखिएको संकेत

२) सरकार सफल भए मात्र संघीयता र गणतन्त्र सुदृढ हुने पर्यटन मन्त्री भट्टराईको भनाई, दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्य लिइएकाले विकास र समृद्धिले फड्को मार्ने दाबी

३) टीकापुर घटनाले ४ वर्ष पूरा गरेको सम्झनामा ३ दिने राष्ट्रिय सम्मेलन सुरु, विभिन्न जिल्लाका ५ हजारभन्दा बढीको सहभागिता

४) इङ्गलिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई हराउँदै एस्टन भिल्ला २–० गोल अन्तरले विजयी, तेस्रो खेलमा ३ अंक जोड्न सफल/तालिकामा ११औं स्थान प्राप्त

५)र, भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको ६६ वर्षको उमेरमा निधन, महत्वपूर्ण मित्र गुमाएको भन्दै प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

पूरा समाचार भिडियोमा