• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

खाडीमा दासताको सिकार नेपाली कामदार : अध्ययन

64x64
नेपाल लाइभ शनिबार, भदौ ७, २०७६  २१:१६
1140x725

काठमाडौं- नेपाली कामदार विदेशी भूमिमा दासताको सिकार हुनुपरेको एक अध्ययनले देखाएको छ। विश्वव्यापी आधुनिक दासतासूचक 'ग्लोबल स्लेभरी इन्डेक्स (जिएसआई)-२०१८' ले सार्वजनिक गरेको अध्ययन अनुसार नेपालका ठुला रोजगार गन्तव्य  राष्ट्रमा नै जोखिमपूर्ण श्रममा खटिनुपर्ने बाध्यता रहेको छ। जोखिमपूर्ण श्रममा बाध्यकारी अवस्थामा काम गर्नुपर्ने परेको सो अध्ययनको निष्कर्ष छ। 

वैदेशिक रोजगारीका सन्दर्भमा अधिकांश पीडितले एउटा काम भनेर अर्को काममा लगाइदिने रोजगारदाताले यातना दिने, तथा जर्बजस्ती श्रममा लगाउने समस्या रहेको पाइएको अध्ययनमा उल्लेख छ। 'वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये ९७ प्रतिशत नेपाली नागरिक जाने प्रमुख पाँच खाडी राष्ट्र कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कुवेतमा बाध्यकारी श्रमको जोखिममा रहेको छन्,' अध्ययनमा उल्लेख छ। 

सो अध्ययन अनुसार साउदीमा ४४ दशमलव ३ प्रतिशत नेपाली कामदार दासत्व तथा जबर्जस्ती श्रमको जोखिममा रहेको देखाएको छ। कुवेतमा ४५ दशमलव ९ प्रतिशत नेपाली बाध्यकारी श्रम तथा दासत्वको जोखिममा छन्। कुवेतपछि मलेसियामा ३९ दशमलव २ प्रतिशत नेपाली दासत्वको जोखिममा रहेको ग्लोबल स्लेभरी इन्डेक्सले देखाएको छ।कतारमा ३७ दशमलव ७ र संयुक्त अरब इमिरेट्समा २६ दशमलव ८ प्रतिशत नेपाली दासत्वको जोखिममा रहेको सो प्रतिवेदनले उल्लेख गरेको छ। 

नेपालका करिब १ लाख ७७ हजार मानिस बाध्यकारी श्रममा रहेको सो इन्डेक्सले उल्लेख गरेको छ। वैदेशिक रोजगारीमा गएका करिब ४४ प्रतिशत नेपाली आधुनिक दासताको शिकार हुनुपरेको अध्ययनले देखाएको छ। बाध्यकारी श्रममा रहेका अधिकांश व्यक्ति वैदेशिक रोजगारीमा गएका व्यक्ति नै भएको  उल्लेख छ। 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर दैनिक १ हजारभन्दा बढी युवा कामको खोजीमा विदेशिने गरेका छन्। जसमध्ये पनि मलेसिया, कतार, साउदी, युएई, कुवेत, बहराइन, ओमान लगायत विभिन्न खाडी मुलुक मा सबैभन्दा बढी नेपाली कामदारहरु पुग्ने गरेका छन्। कामको खोजिमी विदेशिने ५० प्रतिशतभन्दा बढी नेपाली युवा अदक्ष छन्। सपको अभावमा जबर्जस्ती श्रम तथा दासत्वको जोखिममा रहेर काम गर्न बाध्य छन्।

जबर्जस्ती श्रम
खाडी मुलुकमा फ्री-भिसा र फ्री-टिकटको नीतिसँगै म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएको छ।

वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तानाका अनुसार सरकारले फ्री-भिसा, फ्री-टिकट नीति अघि सारेसँगै व्यवसायीले सोचे अनुरुप कामदारका डिमान्ड ल्याउन सकेका छैनन्। जसले गर्दा गन्तव्य मुलुकमा नेपाली कामदारहरुका अवसर खुम्चँदै गएको उनको भनाइ छ। यसकारण म्यानपावर कम्पनीबाट भन्दा पनि अनौपचारिक र व्यक्तिगत माध्यमबाट खाडी जाने कामदारको संख्या बढेको पाइएको छ। दलालमार्फत वैदेशिक रोजगारीमा जाने कामदारहरु समस्यामा पर्ने क्रम पनि उत्तिकै बढिरहेको छ। 

२०७३ चैत २० गते घरेलु कामदारका रुपमा खाडी जान रोक लगाएसँगै नेपालबाट ठूलो संख्यामा घरेलु कामदारका रुपमा जाने महिला कामदार अन्य गैह्रकानुनी माध्यमबाट विदेशिन थालेका छन्। तर यसलाई रोक्न सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन सकेको छैन। यसकारण पनि बेचबिखन, जर्बजस्ती श्रम र दासताको सिकारमा नेपाली कामदारको जोखिम बढ्दै गएको पाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समय समाजमा बदलिँदो आर्थिक भूमिकाका कारण नेपालीहरू जस्तोसुकै जोखिमपूर्ण कामका लागि पनि विदेशिन बाध्य छन्। महिला कामदारको अवस्था पनि त्यस्तै छ। अतः घरेलु कामदारमाथिको निषेधात्मक व्यवस्था खारेज गरी सुरक्षित रोजगारीको ग्यारेन्टी गर्न जरुरी रहेको श्रम विज्ञ डा गणेश गुरुङ बताउँछन्। 

‘घरेलु कामदारमाथि बन्देजका बावजुद पनि नेपाली कामदार विदेश जाने क्रम बढिरहेको छ। अझ भारत हुँदै गैरकानुनी माध्यमबाट नेपाली कामदार वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेकाले उनीहरु जोखिममा पर्ने सम्भावना समेत बढ्दै गएको छ। घरेलु काममा नेपाली कामदार पठाउन रोक लगाउने सरकारको निषेधात्मक नीतिको सान्दर्भिकता छैन,' श्रमविज्ञ गुरुङले नेपाल लाइभसँग भने।

करार अवधि सकिएपछि पनि श्रम गर्न बाध्य
साउदी, कतार, मलेसिया, कुवेतलगायत देशमा रहेका नेपाली दूतावासबाट प्राप्त जानकारी अनुसार श्रमिकहरु कामको करार भन्दा फरक काममा लगाउने गरिएको छ। रोजगारदाताहरुबाट श्रमिकहरुलाई अमानवीय व्यवहार गरिने अवस्था छ। उनीहरु रोजगारदाताको अमानवीय व्यवहारका कारण रोजगार काम छाडेर भाग्ने गरेका छन्। 

न्याय पाउन कठिन 
यसरी दासत्व तथा जबर्जस्ती श्रम शोषणको सिकार बनेका नेपाली कामदारलाई न्याय पाउन कठिन रहेको अर्को अध्ययनले उल्लेख गरेको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा कुल २ हजार १ सय २९ जना पीडित व्यक्तिहरुले विभागमा उजुरी गरेका थिए। जसमध्ये १ हजार २३ वटा उजुरीलाई विभाग आफैले सम्बोधन गरी समाधन गरेको तथ्यांकले देखाउँछ। सोही अवधिमा  १ हजार १ सय ६ उजुरीहरुको (१ सय ८८ संस्थागत तथा ९ सय १८ व्यक्तिका विरुद्ध गरिएका उजुरीहरु) सम्बोधन हुन नसकेको राष्ट्रिय मानव अधिकार आयोगले टिप्पणी गरेको छ। 
 
सन् २०१७ मा पिपुल फोरम नामक संस्थाले सेवा प्रदान गरेका १ हजार ४ सय ६६ उजुरीमध्ये ८७ प्रतिशत पुरुष पीडित तथा १३ प्रतिशत महिला पीडितहरु रहेको जनाएको छ। उजुरीका प्रकृति हेर्दा ७५ प्रतिशत एजेन्ट तथा व्यवसायीले आफूलाई झुक्याएको र ठगी गरेको भनी कानुनी सहायताका लागि आएका थिए। १७ प्रतिशत उजुरी विदेशमा अलपत्र वा अप्ठेरोमा परेकालाई स्वदेश फिर्ती भन्दै कानुनी सहायताका लागि आएका थिए।  त्यस्तै ४ प्रतिशतले आफ्नो पासपोर्ट नियन्त्रणमा लिएकोर ४९ प्रतिशतले झुक्याएको भन्दै उजुरी लेखाएका थिए। 

कुन जिल्लाबाट बढी विदेसिन्छन् युवा? 
वैदेशिक रोजगारीमा सबैभन्दा बढी युवाहरु जाने जिल्लाहरुमा धनुषा, झापा, महोत्तरी, मोरङ र सिराहा  रहेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार यी जिल्लाबाट सबैभन्दा ठूलो संख्यामा युवाहरु वैदेशिक रोजगारीका लागि खाडी जाने गरेका छन्।  

वार्षिक १ हजारभन्दा बढी महिला कामदार वैदेशिक रोजगारीमा जाने जिल्लाहरुमा चितवन, झापा, काठमाडौं, इलाम, काभ्रे, मकवानपुर, मोरङ्ग, नुवाकोट, सिन्धुपाल्चोक र सुनसरी रहेका छन्। त्यस्तै व्यक्तिगत श्रम स्विकृति लिएर धेरै वैदेशिक रोजगारीमा वार्षिक (१० हजार भन्दा बढी ) कामदार जाने जिल्लाहरुमा धनुषा, झापा, महोत्तरी, मोरङ्ग, नवलपरासी, रुपन्देही, सिराहा रहेका छन्।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  २१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
अन्नपूर्णको तेश्रो जित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्