प्रमाण नष्ट गराउन सक्ने सम्भावना देखिएको भन्दै संसदको सुशासन तथा अनुगमन समितिले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई निलम्बन गर्न पत्र लेखेको छ।
समितिले आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै छानबिन प्रक्रिया निश्कर्षमा नपुगेसम्मका लागि खड्कालाई निलम्बनमा राख्न भनेको छ।
समितिका सभापति मोहन सिह राठोरले सुशासन समितिले गत २५ गते नै पत्र पठाएको भएता पनि जवाफबारे अनभिज्ञता प्रकट गरे।
तर, खड्काले अहिले पनि निगमको कार्यकारी निर्देशकको हैसियतमा काम गरिरहेका छन् ।
पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर सुशासन समितिले गरेको थियो। आपूर्ति मन्त्रालयकै छानविनले पनि अनियमितता भएको ठहर गरेको थियो। त्यस्तै, उपभोक्ता हित संरक्षण समितिद्वारा गठित उपसमितिले स्थलगत अध्ययनपछि खड्कालाई दाेषी ठहर गर्दै प्रतिवेदन दिएको थियो।
समितिले खड्कालाई लेखेको चिठी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।