• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

यो युवाको युग हो, युवा उद्यमशीलता सरकारको प्राथमिकतामा छ

64x64
नेपाल लाइभ बिहीबार, साउन ३०, २०७६  २०:५४
1140x725

उद्यमशिलताको ‘इको सिस्टम’भित्र आउने विषयमा चाहे व्यक्ति हुन्, चाहे परिवार हुन्, चाहे ती संगठित संस्था नै किन नहुन्, चाहे ती समाजका सामुदायिक, सामाजिक, धार्मिक संस्था नै किन नहुन्, उद्यमशीलता विकासमा तिनिहरूको भूमिका कति प्रबल हुन्छ भन्ने विषय बुझ्न जरुरी छ। हाम्रो समाजको सरचनाले सामाजिक परिपाटीले ल्याएका पेशागत कतिपय विभाजनको कारण हाम्रो उद्यमशिलतामा कही कतै कठिन भएको छ, की भन्ने तर्क गरिनु स्वभाविक हो। 

शिक्षा प्रणालीले हामीलाई डिग्री मात्रै उत्पादन गर्छ। त्यसले हामीलाई ज्ञान दिन्छ, सीप दिन्छ। ज्ञान र सीपले हामीलाई कस्तो प्रभाव पार्छ। अनि शिक्षाले सधै अन्वेषणको परिपाटी विकास गर्दै लैजान्छ। अनी एक पटक सिकेको सीप सधैको लागि प्रयाप्त हुन्छ भन्ने कुरा होइन। अहिलेको कुरा भनेको लाइफटाइम लर्निङ हो। इन्नोभेसन हो। त्यो भनेको लाइफ स्किल हो। यी सबै कुरा छलफलमा आउँछन होला। आज म संस्थागत रुपमा भएका बजार, परिवार, राजनीतिको विषयमा जान्न। 

म अर्थमन्त्री भएको हुँदा व्यवसायिकताको विकास गर्न व्यवसायिक संगठन जस्तो हुनुपर्दछ, त्यसको इको सिस्टम त्यसको गभर्नेन्सको इको सिस्टम, अपरेसन लेभलमा समन्वय अथवा सहकार्यको सम्वन्ध कस्तो हुन्छ, संघीय सरकारले के गर्दैछ? प्रदेश सरकारले के गर्दैछ? स्थानीय सरकारले के गर्दैछन्? र हामीले के गर्नु पर्ने हो?  यी विषयमा म मेरो अनुभवको कुरा यहाँहरुलाई राख्न चाहन्छु। 

हामीले गर्न खोजेको केही कुरा सेयर गर्न चाहन्छु। शिक्षा प्रणालीको ट्रान्सफरमेसन कसरी गर्न लागेका छौं। अहिलेको मुलधारको शिक्षा भनेको साधारण शिक्षा नै हो। साधारण शिक्षा केही हदसम्म व्यवसायिक शिक्षामा जाँदैछ। अब हामीले वैज्ञानिक र प्राविधिक धारको शिक्षालाई विकास गरेर लानु छ। शिक्षा सँगसँगै सीपको विकास गर्न आवश्यक छ। एउटा व्यवसाय गर्न सक्ने सीपको लागि इन्टर्नसिपको माध्यमबाट नै भएपनि उद्यमी बनाउने वातावरण बनाउन आवश्यक छ।

शिक्षाको पाठ्यक्रम परिवर्तनदेखि विद्यालयको भौतिक संरचना परिवर्तनसम्म तथा शिक्षाको दरबन्दी मिलान, शिक्षा ऐन, विज्ञान प्रविधिमा नयाँ ऐन ल्याउने देखि विद्यार्थीलाई पढ्दा नै कुनै औद्योगीक प्रतिष्ठानमा सिकाउन लैजाने व्यवस्था गर्नु पर्छ। प्रतिष्ठानमा नभएको खण्डमा उद्योगमा भएपनि लैजानु पर्छ। यसले पढेको कुरालाई व्यवहारमा उतार्न जरुरी छ। 

नेपालमा भएकामध्ये आधा उद्योग अनौपचारिक क्षेत्रमा छन्।

कुनै पनि रुपान्तरणको पहिलो शर्त भनेको विज्ञान प्रविधि नै हो। यसको संरचनागत परिवर्तन आवश्यक छ। शिक्षासँग अनुसन्धान पनि आवश्यक पर्छ। हाम्रोमा लगानी कम छ। त्यति मात्रै हैन, उत्प्रेरणाको पनि कमी छ। अहिले हामीले गर्न खोजेको उच्च शिक्षामा जाँदा बढी बैज्ञानिक विकासको कुरामा बढी ध्यान दिन सकुन् भनेर बजेट विनियोजन गर्दा नै उच्च शिक्षामा जोड दिइएको छ। प्राध्यापकलाई पठन पाठनको विकल्पको रुपमा अनुसन्धानमा लगाउने, ठोस अनुसन्धानमा लगाउने नीति रहेको छ। केही कृषि र उद्योग तर्फको उद्यमशीलताको कुरा आएको छ। 

सामान्य व्यवसाय, आर्थिक व्यवसाय अघि बढाउन सक्ने, रोजगारी सृजना गर्न सक्ने सम्भावना छ। कृषिको आधुनिक रुपमा कसरी अघि बढाउने, युवा हलो जोत्न जाने की, परम्परागत कृषि गर्ने हो की भन्ने हो। अब युवापुस्तालाई कृषिमा पनि रोजगारी सृजना गर्न आवश्यक छ। यो विषय हामीले बजेटमा पनि समावेश गरेका छौं। अहिलेका अनुदान प्रभावकारी रुपमा कार्यावयन छैनन्। त्यो हामीले महशुस गरेका छौं। बाध्यकारी निर्णय गर्न सकेका छैनौ, लक्षित वर्गमा पनि पुर्‍याउन सकेका छैनौं। अबको हाम्रो प्रयास भनेको युवा तथा महिलालाई आकर्षिक गरेर उद्यमको विकास गर्ने नै हो। यसबाट कृषि क्षेत्रको वरिपरी अत्यन्तै धेरै उद्यमशिलताको अवसर सृजना हुने छ। नेपालमा २ तिहाई साना तथा मझौला उद्योग रहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा भएकामध्ये आधा उद्योग अनौपचारिक क्षेत्रमा छन्। धेरै उद्यमी अनौपचारिक हुँदा तपाईहरुले राज्यमा गरेको योगदानको थाहा पनि हुँदैन। तपाईलाई सहयोग गर्न राज्यले चिन्दा पनि चिन्दैन। आम्दानी गरेको भए कर लिएर राज्यले नयाँ व्यवसाय गरौ भनेर पनि सक्दैन। अहिले हामीले अनौपचारिकलाई औपचारिक गर्ने काम गरेका छौं। त्यसको लागि नयाँ व्यवसाय गर्दा सफल हुनुभयो। कोही हुने क्रममा हुनुहुन्छ। हुँदै गर्दा कानून पढनुभएन, ढंग पुर्‍याउनुभएन तर कानूनसम्मत ढंगले नगरेको कामले तपाई कही न कही कानूनको दायरामा आँउनै पर्छ। आंशिक रुपमा मुनाफा भएपनि नयाँ किसिमले कुनै व्यवसाय गर्न खोज्नुभएको छ भने समस्या हुन्छ। राज्य पनि कानूनले नै हो चल्ने भनेको त। 

एक पटकको लागि मैले के व्यवस्था गरेको छु भने यदि तपाईले झुक्किएर वा नजानेर कुनै किसिमले अनौपचारिक व्यवसाय गर्नु भएको छ भने कर प्रणालीमा दर्ता भएर सम्बन्धित निकायबाट स्वीकृत लिनु भएको छैन भने अब औपचारिक हुनको लागि मौका रहेको छ। त्यसको फाइदा उठाउनु होला। यो अवसरको सदुपयोग गर्नु होला। प्रणाली नबुझेर गरेको असल मनसायले गरेको काम रहेछ भनेर राज्यले हेर्छ। 

प्रणाली नबुझेर गरेको असल मनसायले गरेको काम रहेछ भनेर राज्यले हेर्छ। 

Xtrem

Xtrem

नयाँसँग सीप हुँदैन, सिड पुँजी हुँदैन। परिवारले मान्छ कि मान्दैन यसले के गर्न लागेको हो भन्ने हुन्छ। २–५ लाखको अभावमा व्यवसाय गर्न सक्नुभएन भने, राम्रो तपाईको बिजनेश आउनेवाला छ भने त्यसलाई हामीले सहयोग गर्न पर्ने हामी सहयोग गर्छौ। गत वर्षको बजेटमा च्यालेन्ज फण्ड आयो कार्यान्वयन गर्न सकिएन। यो वर्ष कार्यविधि बनेको छ। त्यसलाई मन्त्रिपरिषद्बाट पास गरेर अर्को महिनाबाट हामी कार्यान्वयनमा ल्याँउदै छौं। त्यो फण्ड भनेको तपाईलाई सरकारले थोरै पैसा दिएको खण्डमा राम्रो काम गर्न सक्नुहुन्छ भनेर सिड मनी दिने हो। त्यसबाट प्रतिस्पर्धा गरेर जाने हो भने अवार्ड गर्न सक्छौ। इन्नोभेटिभलाई सिड मनी दिन सकिन्छ। कार्यकारी पुँजीमा अनुदानको विषयमा थप छलफल गर्नुपर्छ। 

यो व्यवस्था सरकारले गरेको छ। यसमा बैंकले गर्ने काममा अनकानी भएको छ। सुस्त पनि भएको छ। चाहे त्यो स्वरोजगार कर्जा होस् चाहे शैक्षिक कर्जा नै किन नहोस् वा धितोकर्ता, महिला उद्यमी, भूकम्प नै किन नहोस कृषि बाहेक अरुमा खासै छैन्।  अबको प्रयास ५ प्रतिशत भन्दा कम व्याज तिरेर तपाईले त्यो पैसा पाउन सक्नुहुन्छ। तपाईलाई सिड पुँजी र सुहुलियत ब्याजमा पैसा पाइन्छ। यसले व्यवसाय अघि बढाउन सहयोग पुग्छ। 

बैंकको साथीलाई मेरो अनुरोध छ की तपाईहरुको केही सामाजिक उत्तरदायित्व हुन्छन, त्यसो हुनाले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको रुपमा लिनु भनेको छु। नैतिक दबाबले नपुगे अरु दबाब पनि छन्। त्यो अपनाउन नपरोस्। सरकार हस्तक्षेप गर्न चाँहदैन। बैंकलाई स्वतन्त्र रुपमा चल्न दिँदै गर्दा पनि सम्झाउनु नै पर्ने रहेछ। बैंक वित्तीय संस्थाले १ प्रतिशत मात्रै सहुलियत पूर्ण कर्जामा मागेका हुन्। ३० खर्बको १ प्रतिशत भनेको ३० अर्ब हुन्छ। त्यो ३० अर्ब ५ लाखको दरले बाँडे ६० हजार जनाले त्यो कर्जाको लाभ लिन सक्छन्। मलाई ६० हजार जनाको लिस्ट चाहिएको छ। म त्यसमा अनुगमन गर्छु। उत्प्रेरित गर्छौं। भएन भने राज्यले आफ्नो भूमिका निर्वाह गर्छ। सेवाक्षेत्रमा हामी इनोभेटिभ भएर अघि बढ्न सक्छौं। 

होम स्टे चलाएर धेरै परिवार चलेका छौं। हामी पर्यटन वर्ष मनाउँदै छौं। शहरमा आउने पर्यटकलाई गाँउमा लाने कुरा गर्दैछौं। म अली बढी सहकारीलाई जोड दिन्छु। त्यो सामाजिक काम गर्ने संस्था हो। त्यसमा मुनाफा न्यायिक वितरण हन्छ। सहकारी मोडलको उद्यमलाई प्राथमिकतामा राखेका छौं। २५ देखि ५० प्रतिशत अनुदानको कुरा छ। तपाईहरु मिलेर सहकारीको मोडलमा आउने हो भने सहुलियत बढ्छ। यसले पुँजी निर्माण हुन्छ। राज्यले पनि तपाईलाई सम्मान गर्छ। 

स्थायी लेखा नम्बर लिएर व्यवसाय गर्ने र नलिई  गर्नेको बीचमा प्रतिस्पर्धा हुँदैन। फेयर बिजनेश गर्नेलाई अनफेरले समस्या नहोस् भन्ने अपेक्षा छ। सबैलाई मेरो अनुरोध सहकार्य गरौं। यो युवाको युग हो। हामीले गर्ने सहयोग सदैव रहन्छ।
(अर्थमन्त्री खतिवडाले राष्ट्रिय युवा परिषदले आयोजना गरेको युवा उद्यमी कार्यक्रममा गरेको सम्बोधनको सम्पादित अंश)
 

प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  २०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्