काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको भूमिका निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन्।
शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले भने, 'पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरूको भूमिका निष्पक्ष हुन सकेको छैन। नेपालको राजसंस्था निश्पक्ष र कुनैपनि पार्टीमा आबद्ध नभएकोले राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न सक्छ।'
अध्यक्ष जबराले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले राष्ट्रपति शीतलनिवास नजिकै रहेको प्रहरी तालिम केन्द्रको जग्गा पनि सोखको लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरेको भन्दै आपत्ति जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।