काठमाडौं- आधिकारिक ट्रेड युनियन खारेज गर्न लागिएको भन्दै नेपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ।
बालकृष्ण खाँडले विज्ञप्तिमार्फत आधिकारिक ट्रेड युनियन खारेज गर्न लागिएको जनाएका छन्। ‘राष्ट्रको आर्थिक एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका श्रमिक कर्मचारीहरुको हक हितलाई कुण्ठित गर्ने अभिप्रायले ट्रेड युनियन खारेज गर्नु अत्यन्त दु:खद पक्ष हो,’ विज्ञप्तिमा उनले उल्लेख गरेका छन्।
ट्रेड युनियन खारेज कांग्रेसलाई स्विकार्य नहुने जनाउँदै खाँडले प्रस्ताव अघि नबढाउन सरकारलाई सचेत बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।